यर्थातमा चीनिया कम्युनिष्ट पार्टीको सैद्धान्तीक प्रस्तावना अनुसार तिब्वतमा अवासीय विद्यालयको माध्यमबाट नयॉ पुस्ताको मानसपटलबाट धर्म र संस्कृती प्रतिको मोहलाई जरोदेखि उखाल्न सरकारी नीति रहेको छ । अमेरिकी चूनावी महासंग्राममा चीनको दक्षिण सांगरको नीति, ताइवान नीति र तिब्वतको नीतिले प्रचूर ठाउँ लिएको छ ।
विपिन देव
२१ औं सत्ताब्दीको विभिन्न तनाव क्षेत्रहरू रहेको छ । युक्रन र गाजा जस्ता तनाव क्षेत्रहरू कुरूक्षेत्रमा परिर्वतित भइसकेको छ । वर्तमान परिवेशमा कुरूक्षेत्र धर्मक्षेत्रको रूपमा परिभाषित भएको छैन । शक्ति संग्राममा मानवीय मूल्य मान्यताहरूको मानर्मदन भइरहेको छ । संसारका तनाव क्षेत्रहरूमध्ये ताइवान, तिब्वत, दक्षिण चीन सागर्लगायत गलबानसमेत रहेको नाजकारहरूको बुझाइ रहेको छ । अमेरिकी चूनावमा एसियाली राजनीतिक भाष्यले अधिक चर्चा पाएको देखिन्छ ।
चीनप्रतिको नीतिमा रिपब्लिकन र डेमोक्याटको आक्रमकता कमी देखिएको छैन । अमेरिकी चूनावमा अमेरिकाको ताइवान नीति र तिब्वत नीतिमा व्यापक चर्चा परिर्चचा भइरहेको छ । तिब्वत सम्बन्धी विधेयकमाथि अमेरिकी काङ्ग्रेसमा व्यापक छलफल भएको थियो । दलाई लामासंग सम्वाद गर्न अमेरिकाले चीनलाई दवाव दिँदै आएको छ । सन् २०२४ जुलाई १२ मा अमेरिकी राष्ट्रपति जन वाइडेनले अमेरिकी काङ्ग्रेसद्वारा पारित ‘तिब्वत एक्ट’ लाई अनुमोदन गरेको छ । “तिब्वत एक्ट” को माध्यमबाट अमेरिका चीनलाई सामरिक दवाव दिएको देखिन्छ । अमेरिकी दवावका विभिन्न आयामहरू देखिन्छ ।
भारतका हिमाचल प्रदेशमा सन् १९५९ देखि आश्रम लिएका तिब्वतका धर्मगुरू दलाई लामासंग सम्वाद गर्न अमेरिकी काङ्ग्रेसका पूर्वसभामुख न्यान्सी पलोसीका नेतृत्वमा अमेरिकी काङ्ग्रेसका मूर्धन्य प्रतिनिधिमण्डल भारत यात्रा गरेका थिए । चीनले तिब्वतको मामिलामा अमेरिकी नीतिप्रति खेद प्रकट गर्दै आएको छ । चीन–अमेरिका सम्बन्ध र भारत–चीन सम्बन्धमा तिब्वत मुद्दाले अहम ठाऊँ लिएको हुन्छ । वास्तवमा तिब्वतलाई मानव सभ्यता र संस्कृतीको केन्द्रको रूपमा चिनिन्छ । एक सताब्दीदेखि ९औं सताब्दीसम्म तिब्वतमा पार लुङको शासन पद्धति थियो । ८ सय वर्षसम्म चलेको यार लुङ शासनमा ४० वटा राजाहरू भएका थिए ।
पहिलो राजाको नाम न्यात्री सेम्पो थिए । न्यात्री सेम्पो वौद्ध खलक भएको तिब्वतेलीहरू दावी गरेका छन् । तिब्वतमा चौथो सताब्दीमा नै वौद्ध धर्म विकसित भइसकेको थियो । ७ औं सताब्दीको सौंग सिंह गोम्पो तिब्वतमा प्रभावशाली राज्य थिए । वास्तवमा सौंग सिंहको विवाह चीनिया राजकुकारीसंग भएको कारणले नै गर्दा तिब्वत र चीन विच साइनो गासियो । तिब्वतेली आफुलाई सभ्य र ज्ञानीको रूपमा परिचय दिदै आएको छ । तिब्वतेलीहरू आफुलाई चौ (गुरू) र चीनियालाई यौन (शिष्य) भनेर बुझेको हुन्छ । इतिहासको हरेक आरोह र अवरोहमा तिब्वतले मानव सभ्यतालाई अहिंसा र आर्दशको पाठ सिकाएको देखिन्छ ।
तर सन् १९५० जुनमा चीनले तिब्वतलाई कब्जा गर्दा त्यसको भू(राजनीतिक पराकम्पन चीन भारत सम्बन्ध र चीन पश्चिमा सम्बन्धमा पनि झलकिएको छ । हजारौ वर्षको पुरानो सभ्यता र संस्कृतीको सम्वाहक चीन र भारत विच सन् १९५० मा नै सीमा जोडिएको देखिन्छ । सन् १९५० जुनमा माऔको विषेश निर्देशमा चीनिया सैनिकहरू तिब्वतलाई कब्जा गर्दा भारतले तिब्वतमा पाइरहेको विषेश अधिकार स्वखलित भयो । चीनले १७ बुदे सम्झौताद्वारा तिब्वत चीनको अभिन्न अङ्ग भनेर घोषणा गर्यो । तिब्वत र भारत विच हजारौं वर्षदेखि सीमा र सीमाना जोडिएता पनि कुनै पनि वोर्डर समस्या देखिएको थिएन । दुई देशहरूले आफ्नो सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा सैनिक समेत राखेको थिएन ।
तत्कालिन समयमा तिब्वतका आधि जनता भिक्षु नै थिए । अर्थात् युद्ध र संग्राम प्रति तिब्वतेलीको कुनै आकर्षण थिएन । भारतका पूर्वराजदुत दिलीप सिन्हा भर्खरै एक पुस्तक “इमपेरीकल गेम इन तिबवत” प्रकासित” गरेका छन् । उक्त पुस्तको माध्यमबाट दिलीप सिन्हाले तिब्वतको सेरोफेरोमा भारत अमेरिका चीन विचको त्रिकोणात्मक सम्बन्धलाई दृष्टिगौचर गरेका छन् । भारतलाई सामरिक दवावमा राख्न तिब्वतसंग जोडिउको भारतीय सीमा क्षेत्र गलवान, तवाङ लगायत अरुणाचल क्षेत्रसंग चीनले सैन्य भण्डारण बढाएको छ । अर्को पूर्व राजदुत निरुपमा रावले “प्रयाकर्चड हिमालय” भन्ने पुस्तक प्रकासित गरेकी छिन् ।
उक्त पुस्तको माध्यमबाट भारतको तिब्वतेली नीति लचकिलो भएको र चीनिया शैली तिब्वत प्रति कठोर भएकोले गर्दा भारत चीन सीमा विवाद बल्झिएको ठहर अले शोध सहित प्रमाणित गरेकी छिन् । तर अमेरिकी चूनावमा तिब्वतेली मुद्दाको पराकम्पन हुनुका विभिन्न आधारहरू छन् । वुद्ध धर्मसंग सहानभुति राख्ने मतदाताको संख्या अमेरिकामा अधिक रहेको छ । उनीहरूको दलाई लामा प्रति सदभाव र आदर रहेको छ । ती मतदाताहरूको सदभाव र सहानभुक्तिलाई चूनावमा पू‘जीकृत गन तिब्वतेली मुद्दा अमेरिकी चूनावमा उठान गरिएको छ ।
चीनको रसिया, उत्तर कोरीया र इरान बढ्दो सम्बन्ध प्रति अमेरिका लगायत पश्चिमा राष्ट्रहरू संवेदनशिल रहेको देखिन्छ । प्रजातन्त्र र मानव अधिकारको आवरणमा चीनलाई दवावमा राख्न ताइवान र तिब्वतको मुद्दामा मलजल गर्न पश्चिमा छापाखानाहरू उद्वेलित देखिएको छ । यर्थातमा चीनिया कम्युनिष्ट पार्टीको सैद्धान्तीक प्रस्तावना अनुसार तिब्वतमा अवासीय विद्यालयको माध्यमबाट नयॉ पुस्ताको मानसपटलबाट धर्म र संस्कृती प्रतिको मोहलाई जरोदेखि उखाल्न सरकारी नीति रहेको छ । अमेरिकी चूनावी महासंग्राममा चीनको दक्षिण सांगरको नीति, ताइवान नीति र तिब्वतको नीतिले प्रचूर ठाउँ लिएको छ ।
प्रतिक्रिया दिनुहोस्