काठमाडौं, भदौ ५ । सत्तारुढ नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले तीन वटै तहको निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने एजेण्डालाई आफ्नो बटमलाइन बनाएको छ ।
संगठनको केन्द्रदेखि तल्लो तहसम्म छलफल गरेपछि अनेमसंघले ५० प्रतिशत महिला उम्मेदवारको अडानसहित आफ्नो अभियान अघि बढाएको अध्यक्ष टुकाभद्रा हमालले बताउनु भयो ।
वडा र टोल तहसम्म गरिरहेको संगठन विस्तारलगायतका कार्यक्रम र आन्तरिक सम्मेलनहरूमा संघले जनसंख्याको आधारमा पुरुषसरह ५० प्रतिशत समान सहभागिताको मुद्दालाई प्राथमिकतासहित आफ्नो एजेन्डा बनाएको जानकारी दिएको छ । ‘
संघले आयोजना गरेको देशभरका वडा र टोलसम्मका कार्यक्रम र सम्मेलनहरूमा हामीले जनसंख्या अनुपातकै आधारमा महिलालाई अबको चुनावमा ५० प्रतिशत सहभागिता गराएर समान अवसर दिनुपर्ने विषयलाई उठाइरहेका छौँ,’ संघको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष हमालले भन्नुभयो, ‘तर, पार्टीमा त्यो अवसर लिनका लागि सदस्यता विस्तार अभियान ५० प्रतिशत महिला पुर्याउने लक्ष्यसहित काम गरिरहेका छौँ ।’
अनेमसंघकी तात्कालिन अध्यक्ष बिद्यादेवी भण्डारी (पूर्वराष्ट्रपति) को चट्टानी अडानका कारण ३३ प्रतिशत महिला सहभागिताको उपलब्धी भएको थियो । महिला सहभागिताको मुद्धा उठाउने भण्डारी राष्ट्रपतिको जिम्मेवारी उत्कृष्ट रुपमा पूरा गरी फर्किसक्नु भएको छ ।
अनेमसंघले भण्डारीकै पदचाप पच्छ्याउँदै अव सवै तहको निर्वाचनमा बरावरी उम्मेदवारीको मुद्धा अघि बढाएको हो । संगठन विस्तारमार्फत लक्ष्य पूरा गर्न अग्रसर भएको अवस्थामा मात्र समान सहभागिताको एजेन्डाले पूर्णता पाउने भन्दै हमालले अबको निर्वाचनसम्म प्रस्ट योजना र सक्रियताका साथ त्यस दिशामा अग्रसर हुन महिला संघका नेता–कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।
संगठनको बटमलाइन सुनाउँदै अध्यक्ष हमालले भन्नुभयो, ‘आगामी निर्वाचनबाटै तीनै तहको निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्छ । केन्द्रदेखि टोलसम्म हामी यो एजेण्डालाई दृढताका साथ लैजान्छौं । यो अभियानमा सवैको साथ पनि चाहन्छौं ।’
समानताको लक्ष्य पूरा गर्न पार्टीले पाएको मतको आधा सदस्य बनाउने गरी संघ अगाडि बढेको भन्दै उहाँले त्यसपछि मात्र ५० प्रतिशत अधिकार लिन नेतृत्वलाई बाध्य पार्न सकिने बताउनु भयो । ‘समानताको लक्ष्य पूरा गर्ने हो भने पार्टीले प्राप्त गरेको मतको आधा सदस्य बनाउन सबै तहका कमिटी परिचालित हुनुपर्छ, तब मात्र नेतृत्वलाई पनि घेराबन्दी गर्न सकिन्छ भन्दै आएका छौँ,’ अध्यक्ष हमालले भन्नुभयो ।
सरकारले संशोधन गर्न खोजेको निर्वाचन कानुन विधेयक तथा दुई ठूला दल कांग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको एजेन्डातर्फ पनि संघको ध्यान केन्द्रित भइरहेको जानकारी दिँदै उहाँले ती विषयहरूमा अन्य महिला संगठनहरूसँगसमेत सहकार्य गरेर अगाडि बढ्ने सोचका साथ सञ्जाल स्थापित गर्न खोजिएको जानकारी दिनुभयो । हमालले पार्टीले अगाडि सारेको मिसन– ८४ को लक्ष्य पूरा गर्न टोल तहदेखि नै सदस्यता विस्तारका लागि देशभर महिला सशक्तीकरण अभियान चलाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा अनेमसंघका नेतृहरुले सञ्चार माध्यममा आउने समाचार महिलामैत्री नभएको गुनासो पनि गर्नुभयो । अनेमसंघले गाउँ गाउँमा गएर महिलाका गम्भिर मुद्धामा बहस चलाईएपनि सञ्चारमाध्यममा भने प्राथमिकतामा नपरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सवै तहको निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवारसहित महिला सहभागिताको एजेन्डामा अनेमसंघ एक ढिक्का भएर अघि बढे आफूहरुले पनि साथ दिने बताउनुभयो ।
एजेन्डा उठाउने तर बिचैमा छोडने प्रबृत्तिलाई भने कुनैपनि हालतमा सहयोग गर्न नसकिने अध्यक्ष बस्नेतले प्रष्ट पार्नुभयो । उहाँले अनेमसंघका नेतालाई सुझाब दिदै आफनो कामको प्रचार आफैले गर्नुपर्ने र प्रचारको अहिलेको शैली बुझ्नुपर्ने बताउनुभयो ।
सञ्चार माध्यमले समाचारको खोजि गरिरहेको अवस्थामा आफूले गरेको काम दर्शक श्रोतासम्म पुगोस भन्ने चाहना हुनेले फोटो र साना समाचार आफैले पठाउनुपर्ने उहाँको सुझाब थियो ।
उहाँले ‘महिलाबाहेक सवैतिर पूग्ने अनेमसंघ र समाचार बाहेक सवै काम गर्ने प्रेस चौतारी नेपालका सदस्यका कारण कतिपय स्थानमा कामको प्रचार हुन नसकेको भन्दै त्यस्ता अनेमसंघ र चौतारीका नेता सच्चिनु पर्ने बताउनुभयो ।
‘महिलाबाहेक सवैतिर पुग्ने अनेमसंघ र समाचारबाहेक सवैतिर काम गर्ने प्रेस चौतारीका नेता–कार्यकर्ता रहेसम्म हामी दुई संगठनबीच भेट भएन, हामी सच्चिएर अघि बढेसँगै आज भेट भयो, अव पुरानो त्यो रोगको उपचार गरेर दुवै संगठन आफ्नो मुल काममा केन्द्रित भएर साझा रुपमा अभियान अगाडि बढाउन हामी तयार छौं,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
कार्यक्रममा प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले समाचारको महत्वलाइृ ध्यान दिनुपर्ने बताउनु भयो । महिला सहभागिताका मुद्धा, जलवायु परिर्वतनले महिलाको जीवनमा परेको प्रभावका मुद्धा, सञ्चारमाध्यमले भोगेका दुखका मुद्धा उठाउन सके सवै पक्षलाई फाइदा पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका सल्लाहकार निर्मला शर्माले पहिलाको तुलनामा अहिले महिलाका मुद्धा सञ्चार माध्यमले उचित स्थान दिन थालेको महसुस आफूलाइृ भएको बताउनु भयो । शिक्षा, स्वास्थ्य राजनीतिमा महिलाको अवस्था सुधार हुँदै गएको भन्दै अव ५० प्रतिशतका लागि सवै एकजुट भएर आवाज उठाउनुपर्ने बताउनु भयो । उहाँले महिलाहरु आफ्नो मुद्धामा प्रष्ट भएको अवस्थामा ५० प्रतिशत उम्मेदवार र सहभागिताको बिषयलाई कसैले रोक्न नसक्ने भन्दै दृढतापुर्वक पार्टीका नेतादेखि सवैसँग बहश गर्न सुझाउनु भयो ।
कार्यक्रममा अनेमसंघकी उपाध्यक्ष सर्मिला कार्की, सुमित्रा बिसी, महासचिव पेम्बा लामा, उपमहासचिव शान्ति अधिकारी, प्रचार तथा प्रकाशन विभाग प्रमुख कालिका पाठकलगायतका नेतृहरुले प्रचार अभियानलाई नयाँ ढंगले व्यवस्थित गर्दै अनेमसंघ समानताको एजेन्डा पूरा गर्ने दिशामा अगाडि बढ्ने जानकारी दिनुभयो ।
उहाँहरुले आफूहरुको एजेण्डा महिलाको मात्र नभई समग्र देशको भएको भन्दै सघाउन सवैसँग अपिलसमेत गर्नुभयो । यस्तै प्रेस चौतारी नेपालका उपमहासचिव शुरोजंग पाण्डे, नेतृहरु नितु पण्डित, कमला पन्थी, निमा काफ्ले, कबिता अधिकारी, निता सापकोटा, सम्झना पौडेल, मनुका कुँवरलगायतले ५० प्रतिशत उम्मेदवारको मुद्धामा खुट्टा नकमाउन सुझाव दिनुभएको छ ।
कार्यक्रममा अनेमसंघ केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख कालिका पाठकले प्रचार अभियानलाई नयाँ ढंगले व्यवस्थित गर्दै अनेमसंघ समानताको एजेन्डा पूरा गर्ने दिशामा अगाडि बढ्ने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रचार बिभागकी उपप्रमुख सिर्जना आचार्यले नेपाली मिडियामा महिलाका मुद्धालाई समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्