आर्टीफिसियल इन्टेलीजेन्सको प्रयोगवाट आर्थिक विकासमा टेवा पुग्ने समेत ग्लोवल साउथको निश्कर्ष रहेको छ । रसिया युक्रेन युद्ध र इजरायल हमासको भिडन्तको दस्तुर दक्षिण गोलार्द्धका मुलुकहरूको अर्थतन्त्रले चुक्ता गरिरहेको समेत प्रस्तोताहरूले प्रस्तुत गरेको देखिन्छ । पश्चिमा शक्ति केन्द्रहरूको सामरिक होडवाजीको पराकम्पन्न दक्षिण गोलार्द्धले व्यहोर्नु पर्ने पिडा रहेको समेत शिखर सम्मेलनको ठहर रहेको छ । वातावरणीय समस्या लगायत विभिन्न मुद्दाहरू सहकार्य गर्दै उक्त शिखर सम्मेलनको प्रतिवद्धता जाहेर गरेको छ ।
विपिन देव
विकासको मापदण्ड अनुसार संसार दुई भागमा विभक्त रहेको छ । उत्तर गोलार्द्धमा अमेरिका, युरोप र जापानलगायत विकसित मुलुकहरू रहेका छन भने दक्षिण गोलार्द्धका मुलुकहरू आर्थिक मापदण्डअनुसार पिछडिएको देखिन्छ । दक्षिण गोलार्द्धमा एसियाका केही मुलुकहरू लगायत, अफ्रिकी र ल्याटीन अमेरिकाका मुलुकहरू पर्दछ । संसारका ८८ प्रतिशत जनसंख्या दक्षिण गोलार्द्धमा वसोवास गर्दछन् । सन २०२२, १२ र १३ जनवरीमा दक्षिण गोलार्द्धका मुलुकहरूको शिखर सम्मेलनको अनुष्ठान भारतले गरेको थियो । तदउपरान्त सन २०२३, १७ नोबेम्वरमा समेत भारतले दक्षिण गोलार्द्धका मुलुकहरूको शिखर सम्मेलन आयोजना गरेको थियो । यही परम्परालाई निरन्तरता दिदै सन् २०२४, १७ अगष्टमा भारतले दक्षिण गोलार्द्ध (ग्लो वल साउथ) को शिखर सम्मेलनको अनुष्ठान सम्पन्न गरेको छ ।
उक्त शिखर सम्मेलनमा ग्लोवल साउथका १२३ वटा मुलुकहरूको सहभागिता रहेको छ । चीन र पाकिस्तान सो शिखर सम्मेलनमा सहभागि भएको छैन । वास्तवमा ग्लोवल साउथको शिखर सम्मेलनले भू-राजनीतिलाई प्रचुर मात्रामा प्रभावित गरेको देखिन्छ । भारतले जी-२० को अध्यक्षता गर्दा त्यसको प्रारुप तयारी गर्ने सन्र्दभमा ग्लोवल साउथका १२५ वटा राष्ट्रसंग सम्वाद गरेका थिए । सम्वोधनका सन्र्दभमा भारतीय प्रधानमन्त्री मोदीले जी-२० को शिखर सम्मेलनमा जी-२० को आवाजलाई ध्वनित गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । तदनुरुप ग्लोवल साउथको अभिमतलाई कदर गर्दै अफ्रिकी युनियनलाई जी-२० मा सभागिता गर्न भारतीय नेतृत्व सफल समेत भएका थिए ।
सन् २०२४ को शिखर सम्मेलनमा चीन सहभागिता नहुनु आफैमा अर्थपूर्ण रहेको छ । चीनले भारतलाई क्षेत्रीय शक्तिको रूपमा मात्र स्वीकार गरेको देखिन्छ । अर्थात् भारतीय नेतृत्वमा चीन सहभागिता हुने गरेको छैन । चीनले संयुक्त राष्ट्र भित्र नै जी ७७ को ग्रुप निर्माण गरेको छ । सो छातामुनी चीनले दक्षिण गोलार्द्धका मुलुकहरूसंग सम्वाद गर्ने गरेको छ । चीनले इण्डोप्यासिफक नीतिलाई खारेज गरेको छ । इण्डोप्यासिफीकलाई पूर्ण रूपले पश्चिमा शक्तिहरूको सामरिक गठवन्धनको रूपमा चीनले लिएको छ । आर्थत् इण्डोप्यासिफीक अन्र्तगत अमेरिकाको सक्रियता चीनलाई पॉच्य भएको छैन । इण्डोप्यासिफीक नीतिलाई सामरिक रूपले जवाफ दिन चीनले एसिया प्यासिफीक समिट पटक पटक अनुष्ठान गरेको देखिन्छ ।
सन् २०२४ को ग्लोवल साउथको शिखर सम्मेलनमा वङगलादेशको राष्ट्र प्रमुखको रूपमा डा. मोहमद युनिसको सहभागिता अर्थपूण रहेको छ । वङगलादेकमा हिन्दु अल्पसंख्यमा भइरहेको हमला र दमन प्रति भारत वङगलादेशको दौत्य सम्वन्ध चिसिने सम्भावना देखिएको छ । उर्जा लगायत पूर्वाधार विकासमा भारतले वङगलादेशमा १० विलियन अमेरिकी डलर भन्दा अधिक लगानी गरेको छ भने वङगलादेशको उद्योग भारतको कच्चा पर्दाथमा निर्भर रहेको छ । भारत सेना सम्वन्ध चिसिन वित्तिकै वङगलादेशको अर्थतन्त्रमा प्रतिकुल असर पर्ने डा. युनुसले महशुुस गरेको देखिन्छ ।
यही परिवेशमा ग्लोवल साउथ सम्मेलनको माध्यमवाट भारतसंग सहकार्य गर्ने डा. युनुसको अभिव्यक्ति रहको छ । सन् २०२४ को शिखर सम्मेलनमा भारतले ग्लोवल साउथको लागि रोडम्याप तयार गरेको देखिन्छ । ग्लोवल साउथको मुलुकहरू विच ज्ञान र विज्ञानको अनुभुवलाई साटासाट गर्न एउटा नौलेज सेन्टर (ज्ञान केन्द्र) को स्थापना गरिएको छ । संकल्पको रूपमा भारतले २५ मिलियन अमेरिकी डलरको धनराशी समेत लगानी गरेको छ । दक्षिण गोलार्द्धविच व्यापारलाई अभिवद्धि गर्न वितरण प्रणालीलाई चुस्त र दुरुस्त बनाउन दक्षिण गोलाद्र्धका मुलुकहरू विच सहमति कायम भएको छ । भारतले डिजिटल प्रविधिमा प्राप्त गरेको अभूतपूर्व सफलतालाई साझेदारी गर्न सहमति देखाएका छन् ।
दक्षिण गोलार्द्धका शिखर सम्मेलनमा पश्चिमा पू‘जी, प्रविधि र रणनीतिले गरिव र पिछडिएका मुलुकहरू आक्रान्त रहेको समेत ठहर गरेका छन् । वर्तमान परिवेशमा सामाजिक सञ्चालनको वागडोर पश्चिमा शक्तिको हातमा रहेको छ । प्रजातान्त्रिक प्रणालीद्वारा चयन भएको सरकारलाई समेत सामाजिक सञ्चालनको अस्त्रले अपदस्त गराउने प्रचलन र अभ्यास अफ्रिका लगायत दक्षिण एसियामा समेत भएको छ । सांकेतिक भाषामा बङगलादेशलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । अर्थात मानव अधिकार लगायत अनेकौं मुद्दाहरूको आवरणमा पश्चिमा शक्तिहरू आफ्नो दवदवालाई बढाउन दक्षिण गोलार्द्धमा हस्तक्षेपकारी भूमिका खेलिरहेको ग्लोवल साउथका नेतृत्वहरूको ठहर रहेको छ ।
यस अर्थमा डलरको प्रभावलाई न्यूनीकरण गर्न विकल्पको वाटो खोज्नु पर्ने समेत उक्त शिखर सम्मेलनको बुझाई रहेको छ । विकल्पको रूपमा भारतद्वारा निर्मित यू.पि.ए. (पेमेन्ट सिस्टम)लाई विश्व व्यापारिकरण गर्न समेत सो शिखर सम्मेलनमा सम्वाद भएको छ । तदनुरुप १२ भन्दा अधिक मुलुकहरू यू.पि.ए. प्रविधिलाई अङगिकार समेत गरेको छ । ग्लोवल साउथका मुलुकहरूबीच भारतले प्रयोग गरेको स्वास्थ्य नीतिप्रति समेत व्यापक छलफल भएको देखिन्छ । विद्युत्तियकरणको प्रयोगको माध्यमवाट स्वास्थ्य सेवालाई सहज बनाउन भारतले आफ्नो अनुभव र प्रविधि दक्षिण गोलार्द्धका मुलुकहरू उपलब्ध गराउन सहमत भएका छन् ।
आर्टीफिसियल इन्टेलीजेन्सको प्रयोगवाट आर्थिक विकासमा टेवा पुग्ने समेत ग्लोवल साउथको निश्कर्ष रहेको छ । रसिया युक्रेन युद्ध र इजरायल हमासको भिडन्तको दस्तुर दक्षिण गोलार्द्धका मुलुकहरूको अर्थतन्त्रले चुक्ता गरिरहेको समेत प्रस्तोताहरूले प्रस्तुत गरेको देखिन्छ । पश्चिमा शक्ति केन्द्रहरूको सामरिक होडवाजीको पराकम्पन्न दक्षिण गोलार्द्धले व्यहोर्नु पर्ने पिडा रहेको समेत शिखर सम्मेलनको ठहर रहेको छ । वातावरणीय समस्या लगायत विभिन्न मुद्दाहरू सहकार्य गर्दै उक्त शिखर सम्मेलनको प्रतिवद्धता जाहेर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्