काठमाडौैं, भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र एमालेलाई चौतर्फी आक्रमणको प्रयास भइरहेको जनाउँदै प्रतिवाद गर्नुपर्ने अवस्था आएको निश्कर्ष सुनाउनु भएको छ । एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठकमा यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
आफ्नो नेतृत्वको सरकार बनेको छोटो समयमै विभिन्न अराजकतावादी तत्वले सरकार आफू, पार्टी र सरकारलाई बदनाम गर्ने, चरित्र हत्या गरी आक्रमण सुरु गरेकाले प्रतिवाद गर्नूपर्ने बताउनु भयो ।
उहाँले निकै गम्भीर ढंगबाट षडयन्त्र भइरहेको भन्दै सतर्कता अपनाउन सचिवालय सदस्यलाई निर्देशनसमेत दिनुभएको छ । केन्द्रीय कार्यालय च्यासलमा आ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले माओवादी र पूर्वराजावादी दलहरु मुलुकमा अराजकता सिर्जना गरेर फाइदा लिने षडयन्त्रमा लागेको तथा अराजकतावादी शक्ति सक्रिय रहेको तथ्यांक पनि राख्नुभएको सचिवालयका एक सदस्यले जनताटाइम्स डटकमलाई बताए ।
‘योजनावद्ध रुपमै चरित्र हत्या गर्ने र अन्य खालको आक्रमण गर्ने काम भइरहेको छ । बिनाकारण आक्रमण गर्न थालिएको छ, यसको प्रतिवाद गर्नुपर्ने अवस्था रहेको छ,’ सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै ती सदस्यले भने, ‘केही अराजकतावादी शक्ति र केही पार्टीले सरकार र एमालेमाथि आक्रमण सुरु गरेका छन । । नेतृत्वको चरित्र हत्या गर्ने, सरकारमाथि आक्रमण गर्ने र मुलुकमा अराजकता फैलाउने शक्तिहरु सक्रिय छन ।’
प्रधानमन्त्री ओलीको अराजक गतिबिधिप्रति भने सरकार सचेत रहेको जानकारी पनि बैठकमा गराउनु भएको छ । ‘अराजकता गतिविधि नियन्त्रण गर्न सरकार सजग नै छ । पार्टीको तर्फबाट पनि सचेतता अपनाउन आवश्यक छ । त्यस्ता गतिविधिको प्रतिवाद गर्न जरुरी छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
मुलुकका दुई ठूला दलको सहकार्यसँगै बनेको आफू नेतृत्वको सरकारले राम्रो सुरुवात गर्न खोजेपनि अवरोध सिर्जना गर्ने काम भइरहेको र अवरोध चिरेर परिणाम निकाल्न प्रयासरत रहेको जानकारी पनि उहाँले दिनुभएको छ । सरकार अघि बढ्न कुनै समस्या नभएको भन्दै आगामी दिनमा परिणाम निकाल्न सरकार सशक्त रुपमा प्रस्तुत हुने पनि प्रधानमनत्री ओलीको भनाइ थियो ।
सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिका कार्ययोजनाको प्रस्ताव पेश गर्नुभएको छ । एमाले सरकारमा गएपछि बदलिँदो राजनीतिक परिस्थितिमा एक वर्षभित्र पार्टीले गर्ने कार्यक्रम समेटेर कार्ययोजना प्रस्तुत गरिएको हो ।
पार्टी संगठनलाई गतिशील बनाउने, सदस्यता वितरणलाई तीब्रता दिने, सदस्यता नवीकरणलाई चुस्त बनाउने, केन्द्रदेखि स्थानीय तहसम्म नियमित बैठक गर्ने, प्रदेश र जिल्ला तहमा देखिएका अन्तरसंघर्ष, मतभेदलाई तुरुन्तै हल गर्नेलगायत कामलाई कार्ययोजनमा समेटिएको छ ।
वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिन एमालेले भदौ १८ र १९ गते पालिटब्युरो बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्