जनता टाइम्स

१६ असार २०८२, सोमबार १०:३७

कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडौं, १५ असार । कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २०१ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यस आसपास अरू स्थानमा पनि ‘धेरै भारी’ पानी परेको छ । वर्षा भइरहेको स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

२४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।