ओएन्डएम सर्वेक्षण समितिको प्रतिवेदनको आधारमा मन्त्रिपरिषदले सचिवमा १, सहसचिवमा ११, उपसचिवमा ३३, शाखा अधिकृतमा ६२ र नायव सुब्बामा ४ दरबन्दी स्वीकृत भएको छ । परराष्ट्र सेवाअन्तर्गत थपिएको सहसचिवको दरबन्दीमध्ये ५ वटा परराष्ट्र मन्त्रालयमै रहनेछ । पदपूर्तिपछि मन्त्रालयमा सहसचिवको संख्या १७ हुनेछ । यसबाहेक नेपाली दूतावास जेनेभा, महावाणिज्य दूतावास जेद्दा र न्युयोर्कका लागि ३ सहसचिवको दरबन्दी सिर्जना गरिएको छ । स्थापना हुन लागेको महावाणिज्य दूतावास लसएन्जलस, टेक्सास र दुबईका लागि एक/एक सहसचिवको दरबन्दी सिर्जना गरिएको छ ।
काठमाडौं, कात्तिक १ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत १ सय ११ दरबन्दी थप गरेको छ । असोज २१ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावका आधारमा सो संख्यामा कर्मचारीको दरवन्दी थप गर्ने निर्णय गरेको हो ।
संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण समितिको प्रतिवेदनको आधारमा मन्त्रिपरिषदले सचिवमा १, सहसचिवमा ११, उपसचिवमा ३३, शाखा अधिकृतमा ६२ र नायव सुब्बामा ४ दरबन्दी स्वीकृत भएको छ ।
सरकारले परराष्ट्र मन्त्रालयका साथै विदेशी मुलुकमा रहेको दूतावास, वाणिज्यदूतको कार्यालय, कन्सुलर कार्यालयलगायतका निकायमा पठाउने गरी तोकेरै परराष्ट्र, प्रशासन, न्याय, लेखा सेवाअन्तर्गत राजपत्रांकित प्रथम र द्वितीय श्रेणीसहितको दरबन्दी सिर्जना गरेको हो ।
परराष्ट्रले तयार गरेको कर्मचारीको कार्यबोझलगायतका विषयमा अध्ययन नगरी ठूलो संख्यामा दरबन्दी स्वीकृत गर्न नहुने भन्दै ओएन्डएम सर्वेक्षण समितिका सदस्य अर्थ मन्त्रालयका उपसचिव गौरी उपाध्याय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रूपनारायण खतिवडाले भने लिखित असहमति जनाउनु भएको थियो । संस्थागत निर्णय मान्ने तर व्यक्तिगत ‘रिजर्भेसन’ रहने सर्तमा उपाध्याय र खतिवडाले ओएन्डएम सर्वेक्षण प्रतिवेदनमा हस्ताक्षर गरेको बताउनु भएको छ ।
संघीय मन्त्रालयका सचिव भरतमणि सुवेदी पनि सबै प्रक्रियामा सहमति गरेर विज्ञापनका लागि स्वीकृत दरबन्दी लोक सेवा आयोगमा पठाउने समयमा अनुपस्थित हुनुभएको थियो । आयोगमा पठाइएको पत्रमा संघीय मामिलाका निमित्त सचिव प्रकाश दाहालको हस्ताक्षर रहेको छ ।
दरबन्दी थपपछि यसअघिको रिक्तमा समेत गरेर आयोगले परराष्ट्र सेवाअन्तर्गत सहसचिव १४ र उपसचिव ४१ जनाका लागि बुधबार विज्ञापन निकालेको छ । शाखा अधिकृतमा थपिएका ६२ र नायब सुब्बाका नयाँ ४ दरबन्दीमा मंसिरको अन्तिम सातादेखि आयोगको कार्यसूचीअनुसार विज्ञापन सार्वजनिक हुनेछ । परराष्ट्र सेवाका १३ र लेखा समूहका दुई गरी नायब सुब्बाका १५ दरबन्दी भने कटौती गरिएको छ ।
परराष्ट्र सचिव सेवा लम्सालले प्रधानमन्त्री, परराष्ट्र मन्त्रीलगायत सबैले आवश्यकता महसुस गरेरै कर्मचारीको दरबन्दी थप्ने निर्णय भएको जानकारी दिनुभयो । ‘परराष्ट्रलाई लामो समयदेखि कर्मचारीको खाँचो थियो । अहिले धेरै नेपाली नागरिक बाहिर हुनुहुन्छ ।
मुलुकले रेमिट्यान्स पाइरहेको छ तर कर्मचारीको अभावमा उहाँहरूलाई सेवा–सुविधा राम्रोसँग दिन सकिएको छैन,’ सचिव लम्सालले भन्नुभयो, ‘५–६ वर्ष अघिदेखि नै कर्मचारीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गर्नुपर्ने महसुस भएको हो । सबै परराष्ट्र मन्त्रीले कर्मचारी दरबन्दी थप्ने मनसाय राख्दाराख्दै निर्णय गर्न ढिलाइ भएकाले अहिले हतारहतारमा गरेजस्तो देखिएको हो ।’
परराष्ट्र सेवाअन्तर्गत थपिएको सहसचिवको दरबन्दीमध्ये ५ वटा परराष्ट्र मन्त्रालयमै रहनेछ । पदपूर्तिपछि मन्त्रालयमा सहसचिवको संख्या १७ हुनेछ । यसबाहेक नेपाली दूतावास जेनेभा, महावाणिज्य दूतावास जेद्दा र न्युयोर्कका लागि ३ सहसचिवको दरबन्दी सिर्जना गरिएको छ । स्थापना हुन लागेको महावाणिज्य दूतावास लसएन्जलस, टेक्सास र दुबईका लागि एक/एक सहसचिवको दरबन्दी सिर्जना गरिएको छ ।
कहाँ–कहाँ थपिए ?
सरकारले पोर्चुगलको राजदूत बनाउने गरी राजपत्रांकित विशिष्ट श्रेणीमा १ दरबन्दी सिर्जना गरेको छ । परराष्ट्र सेवाअन्तर्गत थपिएको सहसचिवको दरबन्दीमध्ये ५ वटा परराष्ट्र मन्त्रालयमै रहनेछ । पदपूर्तिपछि मन्त्रालयमा सहसचिवको संख्या १७ हुनेछ ।
यसबाहेक नेपाली दूतावास जेनेभा, महावाणिज्य दूतावास जेद्दा र न्युयोर्कका लागि ३ सहसचिवको दरबन्दी सिर्जना गरिएको छ । स्थापना हुन लागेको महावाणिज्य दूतावास लसएन्जलस, टेक्सास र दुबईका लागि एक/एक सहसचिवको दरबन्दी सिर्जना गरिएको छ ।
उपसचिवतर्फ परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग, राहदानी विभागमा दरबन्दी थप गरिएको छ । यस्तै, नयाँदिल्ली, वासिङ्टन डीसी, कोलम्बो, बेइजिङ, लिस्बन, तेल अविव, कायरो, मस्कोमा रहेका दूतावासका लागि उपसचिवको दरबन्दी सिर्जना गरिएको छ । टेक्सास, लस एन्जलस र दुबईको महावाणिज्य दूतावासका लागि पनि १÷१ उपसचिव थप गरिएको छ । स्थायी नियोग न्युयोर्कमा कानुनतर्फ १ उपसचिव थपिएको छ ।
परराष्ट्र मन्त्रालयमा रहने गरी ४७ र कन्सुलर विभागका लागि ३ शाखा अधिकृतको दरबन्दी थप गरिएको छ । यस्तै, नेपाली दूतावासहरू दोहा, टोकियो, पेरिस, बर्लिन, क्यानबेरा, न्युयोर्क, ओटावा, लिस्बन, ढाका, दुबई, टेक्सास र लस एन्जलसमा एक/एक जना रहने गरी १२ शाखा अधिकृत थप गरिएको छ ।
नेपाली दूतावास रियादका लागि एक जना लेखा अधिकृत थपिएको छ । महावणिज्य दूतावास लस एन्जलस, टेक्सास र दुबई तथा लिस्बनमा एक/एक जना गरी ४ नायव सुब्बाको दरबन्दी थप गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्