अमेरिका, कात्तिक २० । विश्वभरि नै निकै चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान नेपाली समय अनुसार मंगलबार साँझबाट सुरू भएको छ । अमेरिकी जनताले मतदान स्थानमै गएर मत दिनेक्रम केही समयअघिबाट सुरु भएको हो ।
करिब आठ करोड अर्थात आधा मतदाताले भने यसअघि नै मतदान गरिसकेका छन । अमेरिकामा मतदान केन्द्रमा आफै उपस्थित भएर मत दिनुभन्दा अगावै हुलाकमार्फत आफ्नो मतपत्र पठाउन सकिन्छ । यसपालिको निर्वाचनको दौडमा डेमोक्र्याटिक डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन । अरू केही उम्मेदवारहरू पनि छन । तर उनीहरूप्रति मतदाताको समर्थन नगन्य छ ।
अमेरिकी मत सर्वेक्षणहरूले यो निर्वाचनमा अमेरिकी इतिहासकै सबभन्दा कडा टक्कर हुने देखाएका छन । राष्ट्रव्यापी मत सर्वेक्षणहरूले ह्यारिस र ट्रम्पबीच एक प्रतिशतभन्दा कमको मतान्तर देखाएका छन । र, निर्वाचनको अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान कसैले लगाउन सकेका छैनन । जसको पक्षमा पनि परिणाम जान सक्छ भन्ने सम्भावनाका कारण पनि अमेरिकामा मात्र होइन, विश्वभरि नै आज भइरहेको निर्वाचनलाई चासोपूर्वक हेरिएको छ ।
अमेरिकी राष्ट्रपति मतदाताले दिएको पुपलर मतका आधारमा चुनिँदैन । अर्थात अमेरिकाभरि जसले धेरै मत ल्यायो, त्यही व्यक्ति नै राष्ट्रपति चुनिन्छ भन्ने छैन। अमेरिकामा फरक निर्वाचन प्रणाली छ । अमेरिकामा जसले २७० वा त्यो भन्दा धेरै ‘इलेक्टोरल कलेज’ जित्यो, त्यही नै व्यक्ति राष्ट्रपति चुनिन्छ । अमेरिकी इतिहासमा अहिलेसम्म पपुलर मत धेरै ल्याएर पनि २७० इलेक्टोरल कलेज जित्न नसकेका कारण पाँच जना उम्मेदवार राष्ट्रपति हुनबाट बञ्चित भएका छन ।
अहिलेसम्म अमेरिकामा ४६ पटक राष्ट्रपतिको निर्वाचन भइसकेको छ । पछिल्लो पटक सन २०१६ मा हिलारी क्लिन्टन, सन २००४ मा एल गोरले धेरै पपुलर मत ल्याएका थिए । तर डेमोक््याटिक पार्टीको यी दुवै उम्मेदवार राष्ट्रपति निर्वाचनमा २७० इलेक्टोरल कलेज प्राप्त गर्न नसकेका कारण पराजित भए । दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा रहेका बेला एउटाले पपुलर मत जिते पनि अर्कोले धेरै इलेक्टोरल कलेज प्राप्त गरेर राष्ट्रपति निर्वाचित निर्वाचित हुने सम्भावना रहन्छ ।
के हो इलेक्टोरल कलेज ? कसरी चुनिन्छ ?
अमेरिकामा ५० वटा राज्य छन । प्रत्येक ५० राज्यबाट दुई जना दरले सिनेटर चुनिन्छन । तर हाउस अफ रिप्रेजेन्टेटिभमा जनसंख्याको आधारमा प्रत्येक राज्यले सदस्यहरू चुन्छन । जस्तै, अहिले अमेरिकामा सबभन्दा धेरै जनसंख्या रहेको क्यालिफोर्नियाबाट हाउसमा ५२ जना सदस्य चुनिन्छन ।
सानोमध्येको राज्य मेनबाट दुई जना मात्र चुनिन्छन । यसरी सबै ५० राज्य र राजधानी डिसीबाट हाउसमा जम्मा ४३८ जना सदस्य निर्वाचित हुन्छन । १०० जना सिनेटर र यिनै ४३८ सदस्यको संख्या जोड्दा ५३८ हुन्छ । राष्ट्रपति निर्वाचित गर्ने कलेजको संख्या पनि यसकै आधारमा ५३८ हुन्छ । यसको ५० प्रतिशतभन्दा धेरै संख्या अर्थात २७० संख्या जसले पुर्याउँछ, ऊ नै राष्ट्रपति निर्वाचित हुन्छ ।
अमेरिकामा प्रत्येक राज्यका मतदाताले राष्ट्रपतिका उम्मेदवारहरूलाई मत दिन पाउँछन । अनि त्यो राज्यमा जसले धेरै मत ल्यायो, त्यही उम्मेदवारले सो राज्यमा जित हासिल गरेको मानिन्छ । त्यसपछि सो राज्यबाट इलेक्टोरल कलेजमा जाने सबै प्रतिनिधिहरू त्यही उम्मेदवारका पक्षधर चुनिन्छन ।
प्रतिक्रिया दिनुहोस्