राजावादीहरूको तीनकुने उपद्रवले गणतन्त्रवादीहरूलाई गला मिलाउने वातावरण बनाइदिएको छ । यो त्यो घटनाको सकारात्मक साइड इफेक्ट हो । नेमकिपा सुप्रिमो नारायणमान बिजुक्छेले भनेजस्तो कुनै प्रकारको ‘हेडमास्टर’ पनि सार्वभौम जनतालाई अब चाहिन्न भन्नेमा के पी ओलीदेखि माधव नेपालसम्म देउबादेखि महन्त ठाकुरसम्म एकै कित्तामा उभिनु नेपाली लोकतन्त्रको सुन्दर पक्ष हो ।
निर्मल भट्टराई
नेपाली जनतामा फैलिएको निराशालाई सिरानी बनाएर करिब दुई दशक अगाडि उन्मूलन भएको राजतन्त्रको भूत सल्बलाई रहेको अवस्थामा गत चैत १५ गते उनीहरूबाट तीनकुने आसपासका क्षेत्रमा अनपेक्षित, आतताायी एवम् आपराधिक घटना घटाइयो । उक्त घटनामा परी दुईजना होनहार नेपाली युवाले ज्यान गुमाउन पुगे भने करोडौंको भौतिक क्षति हुन पुग्यो। पूर्व राजा ज्ञानेन्द्रको निर्देशनमा घटेको सो घटनाले नेपालका लोकतन्त्रवादी शक्तिलाई झस्काएको छ । ०६२-६३को तुमुलकारी आन्दोलनले इतिहासको गर्भमा फालेको निरङ्कुश राजतन्त्र पुनस् ब्युँझाउने दुस्प्रयास स्वरुप भएको यो घटनाले नेपालको राजनीतिलााई नयाँ मोडमा पुर्याएको छ ।
गणतन्त्रवादी शक्तिलाई शिक्षा
सत्ताकेन्द्रित राजनीतिमा आँखा चिम्लेर दौडेका नेपालका प्रमुख गणतन्त्रवादी शक्तिहरू लोकतान्त्रिक मूल्य-मान्यताको लक्ष्मणरेखा नाघेर एक(अर्काप्रति जायज-नाजायज आरोप-प्रत्यारोपमा व्यस्त रहेको अवस्था थियो। आफूमात्र सच्चा लोकतन्त्रवादी र गणतन्त्रवादी भएको र बाँकी अरू अलोकतन्त्रवादी, प्रतिगमनकारी भएको आरोपको बौछार गरिंदैथियो । विडम्बना नै भन्नुपर्छ, एमाले (माओवादी एकताबाट बनेको तत्कालीन नेकपाभित्र आफ्नै पार्टीबाट निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीलााई प्रतिगमनकारीको मात्र आरोप लगाइएन, क्षणिक सत्तास्वार्थको लागि देशीविदेशी शक्तिको उक्साहटमा पार्टी विभाजनसमेत गरियो ।
देशको आमूल लोकताान्त्रिक परिवर्तनका लागि अनवरत लडेको देशको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेका विरूध्द गत आम चुनावमा महागठबन्धनको अभ्याससम्म गरियो । यो घाँटीकटुवा प्रतिस्पर्धामा दुई कित्तामा गणतन्त्रवादी उभिएको मौका छोपी अराजकतावादी र राजावादी शक्तिले गणतान्त्रिक संसदमा बलियो उपस्थिति बनाउन सफल भए । र, सरकारका महत्वपूर्ण मन्त्रालय हत्याउन सफल भए। नेपाली लोकतन्त्रका शत्रु प्रतिगमनकारी र अराजकतावादी शक्तिलाई आफ्नो स्वार्थका लागि गणतन्त्रवादी शक्तिले मलजल गरिरहे । मत्याइरहे, उक्साइरहे ।
निस्सन्देह, तीनकुने घटनाले नेपालका सबै लोकतन्त्रवादी शक्तिलाई आत्म समीक्षा गर्न, सुध्रन र मिलेर उन्नत लोकतन्त्रको बाटोमा अगाडि बढ्न घच्घच्याएको छ । भन्न परोइन, लोकतान्त्रिक शासन व्यवस्थामात्र यस्तो शासन व्यवस्था हो, जसले आफूलाई सुधार्ने सामर्थ्य र संरचना आफैंभित्र संस्थागत गर्न सक्दछ।
जनसरोकारका मुध्दामा सहकार्य गर्नुको सट्टा देशका गणतन्त्रवादी शक्तिहरू व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित हुन थाले। त्यतिमात्र होइन, ‘जसजति आफूतिर अपजसजति अरूतिर’को रणनीति अपनाइन थालियो। मिलेर राजा फालेका गणतन्त्रवादी शक्तिमाथि नै ‘राजा हुन खोज्ने’ आरोप लाग्न थाल्यो । निस्सन्देह, तीनकुने घटनाले नेपालका सबै लोकतन्त्रवादी शक्तिलाई आत्म समीक्षा गर्न, सुध्रन र मिलेर उन्नत लोकतन्त्रको बाटोमा अगाडि बढ्न घच्घच्याएको छ । भन्न परोइन, लोकतान्त्रिक शासन व्यवस्थामात्र यस्तो शासन व्यवस्था हो, जसले आफूलाई सुधार्ने सामर्थ्य र संरचना आफैंभित्र संस्थागत गर्न सक्दछ।
उदाङ्ग राजावादी
देशको एकीकरण गर्ने राजा पृथ्वीनाारायण शाहको साहसिक कदमको ब्याज २४० वर्ष खाएको शाहवंशले नेपाली जनताको चेतनामा आएको अभूतपूर्व परिवर्तनका सामू घुँडा टेकेको हो ।अन्तिम राजा ज्ञानेन्द्रले नेपाल विधिवत् रूपमा गणतन्त्रात्मक मुलुक घोषणा भएपछि आइन्दा नेपाली नागरिकसरह भएर बस्न मन्जूर गरेका हुन् । नेपाल सरकारले तदनुरूप नै उनलाई पूर्व अति विशिष्ट व्यक्तिको दर्जा, सुरक्षा र सुविधा प्रदान गर्दै आएको हो । निरङ्कुश राजतन्त्रको गद्दीमा फर्कने उनको उत्कट अभिलाषा बेला बेला प्रकट भए पनि यो साल बढी नै मुखरित भएर आयो । उनको दिमागमा समाजमा विध्यमान अमनचयन खलल गर्ने, लुटपाट आगजनी गराउने र बङगलादेशमा हालै भएको सत्तापलटकै शैलीमा आफू सत्तामा फर्कने योजना बनाए ।
यो योजना कार्यान्वयनको लागि उनले गणतन्त्र नेपालको संबिधानबमोजिम चुनाब लडेका, राज्यको सुविधा खाएका राजेन्द्र लिङ्देन, कमल थापाभन्दा समाजमा निरन्तर अराजकता र वितण्डा मच्चाउँदै आएका दुर्गा प्रसाईंलाई रोजे र ‘राजा फर्काउ आन्दोलन’को कमान्डर बनाए । त्यसकारण तीनकुने घटना नियोजित थियो, आकस्मिक थिएन । सामन्ती निरङ्कुशताका राजनीतिक, आर्थिक र सामाजिक आधार समाप्त भइसकेकोले हिन्दु धर्म(संस्कृतिलाई टेको बनाएर केही हिन्दुवादी छद्मभेषी धर्मगुरूहरू बटुलेर त्यो आततायी वितण्डा मञ्चन गरिएको थियो भन्नेमा कुनै भ्रम छैन ।
बालेनको बठ्याईं र रविको रोष
पछिल्लो राजावादी हर्कतलाई हेर्ने सवालमा स्थापित गणतन्त्रवादी दललाई विस्थापित गर्ने हुङ्कार गरिरहेका बालेन र रविको निरीहता सतहमा आएको छ । पूर्वराजा ज्ञानेन्द्रसँग तीनकुने उपद्रवमा भएको ‘फोहोरमैलाको हिसाब’ मागेर चर्चा कमाए पनि बालेनको कित्ता प्रष्ट भएको छैन । रास्वपाका केही नेताले झ्यालबाट हामी पनि गणतन्त्रवादी हौं भने पनि रास्वपाका कम्पनी कमान्डर रवि लामिछानेले राजेन्द्र लिङ्देनले गणतन्त्रलाई ‘लूटतन्त्र’ भनेकै दिन त्यही शब्द दोहोर्याएका छन् । यसबाट यिनीहरू ‘जता मल्खु उतै ढल्कु’ रणनीतिमा छन् भन्ने बुझ्न गाह्रो पर्दैन । प्रधानमन्त्री ओलीसँग बालेनको रिस र सत्ता सहकार्य गरिरहेका नेपाली कांग्रेस र एमालेसँग रविको रोष हत्तपत्त साम्य हुने देखिंदैन । भ्रमको खेती गरेर राजनीति गरिरहेका राजावादी र अराजकतावादीको कुम नजोडिएला भन्न सकिन्न ।
राजावादीहरूको तीनकुने उपद्रवले गणतन्त्रवादीहरूलाई गला मिलाउने वातावरण बनाइदिएको छ । यो त्यो घटनाको सकारात्मक साइड इफेक्ट हो । नेमकिपा सुप्रिमो नारायणमान बिजुक्छेले भनेजस्तो कुनै प्रकारको ‘हेडमास्टर’ पनि सार्वभौम जनतालाई अब चाहिन्न भन्नेमा के पी ओलीदेखि माधव नेपालसम्म देउबादेखि महन्त ठाकुरसम्म एकै कित्तामा उभिनु नेपाली लोकतन्त्रको सुन्दर पक्ष हो । साथै निम्त्याउन खोजिएको अराजकता,अस्थिरता र प्रतिगमनलाई रोक्न आगतमा हुनसक्ने सहकार्य लोकतन्त्रको निरन्तरता र उन्नतिका लागि अपरिहार्य आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्