सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १३ वैशाख, २०८२ मा लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा व्यक्त गर्नुभएको सम्बोधन :
यस समारोहमा नेपाललगायत विभिन्न देशहरुबाट उपस्थित हुनुुभएका सम्पूर्ण सहभागि मित्रहरु, अतिथि महानुुभावहरु, भिक्षुु, भन्ते, भिक्षुुणीजीहरु र अरु सबै विश्व शान्ति, शान्तिको विचार र बुुद्धका विचारहरुलाई मन पराउने, अनुुशरण गर्ने र त्यसको विस्तारका लागि काम गरिरहनुुभएका सम्पूर्ण साथीहरु, माननीय मन्त्रीज्यूहरु, मुख्यमन्त्रीज्यूू, राष्ट्रियसभाका उपाध्यक्षज्यूू, पूर्वमन्त्रीज्यूूहरु, माननीय सांसदज्यूूहरु, प्रदेशसभाका मन्त्रीज्यूूहरु, प्रदेशसभा सदस्यज्यूूहरु लगायत यहाँ उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुुभाइहरु !
आज लुुम्बिनी विकास कोष लगायत विभिन्न संस्थाहरुले आयोजना गर्नुभएको र लगभग ४० देशका प्रतिनिधिहरुको सहभागिता रहेको यस चौथो अन्तर्राष्ट्रिय महोत्सवमा विदेशबाट आउनुुभएका सम्पूर्ण पाहुुनाहरुलाई म हार्दिक स्वागत गर्न चाहन्छुु र देशभित्रका सबै दाजुुभाइ दिदीबहिनीहरुलाई पनि स्वागत गर्न चाहन्छुु ।
आज हामी एउटा महान् उत्सव मनाइरहेका छौं । यो चौथो विश्व बुुद्धिष्ट फेस्टिवल असाधारण महत्वको छ । आज एउटा सर्वथा नयाँ काम पनि यहाँ भएको छ कि जन्मने बित्तिकैका बालबुुद्धको, बालक बुुद्धको एउटै प्रतिकीर्ति अनावरण भएको छ । यो हल पनि हामीले केही वर्ष अगाडि मात्रै निर्माण गरेका हौं । यसको इतिहास नै सुरु हुन्छ २०७३ सालबाट । माननीय आनन्द पोखरेल त्यसबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुुहुन्थ्यो । त्यस बेला हामीले बुुद्ध जयन्तीका दिन यही पाल टाँगेर कार्यक्रम गर्ने हिसाबले अघिल्लै दिन पाल टाँगेका थियौं तर राती नै हावाहुरी र वर्षाले पाल उडाइदियो । बिहान हतारहतारमा पाल टाँगेर हिलोमा कुुर्सीहरु राखेर अस्थायी मञ्च बनाएर कार्यक्रम गरेका थियौं । मैले त्यस बेला भनेको थिएँ, अब हामीले यसरी नभत्किने सुविधासम्पन्न हल बनाउने छौं भनेर । तर, २०७४ सालको एउटा बुद्धजयन्ती बीचमा खाली रह्यो र २०७४ सालमा म प्रधानमन्त्री भएर आउने बित्तिकै मैले त्यसैगरी बुुद्धजयन्तीमा हावाहुुरीले उडाउँछ भनेर म फागुनमा प्रधानमन्त्री हुने बित्तिकै मैले कमसेकम एउटा तीन हजार अट्ने हल बनाउँ भनेर हामीले सुरु ग¥यौं र जन्मजयन्ती तीन हजार अट्ने हल त्यति बेला बनाएको बहुत सुरक्षित ढंगले मनायौं । त्यस दिन पनि राती र बिहान त्यसैगरी हावाहुुरी चल्यो । यदि हामीले त्यो हल नबनाएको भए सम्भव हुने थिएन । त्यसपछि हामीले बुुद्धको पवित्र जन्मभूमि, यस जन्मभूमिमा बुद्धका विचारहरुको बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान गर्ने, विपश्यना गर्ने त्यस्ता अवसरहरुका निम्ति उपयुक्त स्थल भएन भने यो अधुुरै हुन्छ भनेर हामीले बुुद्धजयन्ती मनाउनुु प¥यो, गोष्ठीहरु गर्नुप¥यो, भेलाहरु गर्नुप¥यो, यसका निम्ति एउटा ठूलो हल बनाउनुुपर्छ भनेर मैले नै घोषणा गरेको थिएँ र त्यसलाई हामीले सुरु ग¥यौं । आरामसँग पाँच हजार मान्छेले ध्यान गर्न सक्ने ध्यानकेन्द्र निर्माण गरौं भनेर हामीले सुरु ग¥यौं । फलस्वरुप यो ध्यानकेन्द्र निर्माण भयो र आज हामी यसैमा यो समारोह गरिरहेका छौं । आगामी दिनमा लुुम्बिनी विकास कोषलाई म ध्यानाकर्षण गर्न चाहन्छुु कि अहिले बोलेको बुुझ्न गाह्रो भइराखेको छ । इको भएर आवाज आइराखेको छ, भित्तामा आवाज ठोकिएर आइराखेको छ । त्यसले सुन्न असुविधा भएको छ । तीन चार करोड लाग्ला, त्यति लाग्छ भने पनि केही छैन तर चिप्स राखेर साउण्ड सिस्टमलाई अवजर्व गर्ने, इको हुन नदिने खालको प्रबन्ध भरसक छिटो गर्नुस् । अब यसै वर्षको बुुद्धजयन्तीमा नभ्याइएला, अर्को वर्षको बुुद्धजयन्ती भित्रै यो काम गरिसक्नुुस् । अर्को वर्ष हामी सबैले भनेको कुरा सबैले राम्ररी सुन्न, बुुझन् सक्ने गरिको हलमा कार्यक्रम गर्न पाउँ । यसका निम्ति माननीय पर्यटन संस्कृति र नागरिक उड्डयन मन्त्रीज्यूूको पनि ध्यान जाओस् । लुम्बिनी विकास कोषको रकमले पुुग्दैन भने मन्त्रालयबाट रकम जाओस् । मन्त्रालयको रकमले भ्याउँदैन भने मन्त्रिपरिषद्मा प्रस्ताव आओस् । यसका निम्ति जसरी हुन्छ यसलाई हामीले छिटै तयार गर्नु पर्दछ । ताँकी सुविधा सम्पन्न हुन सकोस् ।
आज हामी यस पवित्र स्थलमा छौं । यो बुुद्धको जन्मथलो हो तर यो त्यति मात्रै होइन, यो पावनभूमि बुद्ध दर्शनको उद्गमस्थल पनि हो । बुुद्ध दर्शन यहींबाट सुरुभएको थियो । त्यही दर्शन बोकेर बुद्धले दरबार छोड्नुु भएको थियो । भावी राजाको पद्वी परित्याग गर्नुभएको थियो । श्रीमती र सानो छोरा छोडेर उहाँ हिंड्नुुभएको थियो । मानवजातिको कल्याण कसरी हुन्छ भनेर हिंड्नुुभएको थियो । आफ्नो कल्याण त भएकै थियो, उहाँ दरबारमा बस्नुुहुन्थ्यो । उहाँलाई आफ्नो समस्या थिएन । आफ्ना निम्ति सुखसुविधाका समस्या केही पनि थिएन, प्राप्त थिए र उपलब्ध थिए । तर दुनियाँलाई सुख कसरी बनाउने, दुुनियाँमा दुुःख छन्, दुःखका कारणहरु पनि अवश्य छन् र ती कारण के हुन्, ती पत्ता लगाउने र जब दुुःख छ र दुुःखका कारण छन् भने ती कारणहरुको समाधान पनि छ, समस्या छ भने समाधान पनि छ भन्ने उहाँले घर छोडेर, दरबार छोडेर सबै कुरा परित्याग गरेर बाहिर निस्किनुुभयो र अगाडि जानुुभयो ।
यो पावन भूमि परित्याग गर्दा उहाँको मनमा लोककल्याणका, शान्तिका, दुुःख निवारणका उपायहरु, यसको सम्बन्धमा चिन्तनको प्रारम्भ भएको थियो । त्यसैकारण हामी भन्छौं, इटस् नट वान्ली द वर्थ प्लेस अफ लर्ड बुुद्ध, बट अल्सो त द फाउण्टेन अफ बुुद्धिष्ट फिलोसोफी अर बुुद्धिज्म । तसर्थ, यो अत्यन्तै पावन र पवित्र भूमि हो । बुद्ध महानिर्वाण भएको २५६८ वर्ष भयो । महानिर्वाण भएको २५६८ वर्षपछि उहाँका अनुुयायीहरु झन् बढी बढिरहेका छन् । हामीसँग आज सबै महादेशजसोबाट प्रतिनिधि साथीहरु उपस्थित हुनुुभएको छ । अफ्रिकाबाट, युरोपबाट, एसियाबाट, पूर्वी एसियाबाट, अमेरिकी र विभिन्न भागहरुबाट यहाँ उपस्थित हुनुुभएको छ । आइ उड लाइक टुु वेलकम अल द फ्रेण्डस् फरम द डिफरेन्ट पार्ट अफ द वल्र्ड एण्ड फ्रम डिफरेन्ट कन्ट्रीज्, हु आर हेयर टुु टेक पार्ट इन दिस फोरथ इन्टरनेशनल बुद्धिष्ट कन्फरेन्स, ग्लोबल कन्फरेन्स वी अर्गनाइज टुुडे हियर इन द वर्थ प्लेस अफ लर्ड बुद्ध एण्ड द फाउण्टेन अफ बुद्धिष्ट फिलोसोफी ।
म आग्रह गर्न चाहन्छुु, हामीले बुुद्धिज्म आजको झन बढी आवश्यकता हो, शान्ति झन बढी आजको आवश्यकता हो किनभने आज दुुनियाँमा युद्धका बादलहरु मडारिरहेका छन् । दुनियाँ कहीं युद्धतिर त जाँदैन, युद्ध गर्नका लागि पर्याप्त सैन्यशक्ति र सैन्यशक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरुको निर्माण भएको छ, मासडिस्ट्रक्सनका हतियारहरुको निर्माण भएको छ, जुन कुरा बहुतै खतरनाक कुरा हो । विश्व शान्तिका लागि एउटा चुनौती हो । यसलाई रोक्ने कुरा, म भन्न चाहन्छुु, हतियारले, युद्धबाट युुद्धले शान्ति स्थापना गर्न सक्दैन । युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने हो, शान्तिको सम्भावना हुँदैन । त्यसकारण विश्वभरिका सचेत र शान्तिप्रिय मानिसहरुको शान्तिका निम्तिको आकांक्षा र संयुक्त आवाज नै विश्व शान्तिको स्थापना र त्यसलाई कायम राख्ने कुराको सबैभन्दा भरपर्दो आधार हो । त्यसैकारण यसमा बुद्धका शिक्षाहरु, शान्तिका शिक्षाहरु आज यसकारण झन् बढी महत्वका रहेका छन् ।
आज हामीहरु बुुद्धका शिक्षाहरुलाई, शान्ति, करुणा, सहअस्तित्व र पारस्परिक मित्रता, प्रेमजस्ता कुराहरुलाई विस्तार गर्नका लागि विश्वका विभिन्न भागबाट यहाँ जम्मा भएका छौं । यो यसै प्रयासका लागि छ । हाम्रा प्रयासहरु अगाडि बढ्ने छन् र अगाडि बढाइने छन् ।
म आग्रह गर्न चाहन्छुु र भन्न चाहन्छुु, हामीले हामीभन्दा अगाडिका हाम्रा अग्रजहरु जसले बुद्धका शान्तिप्रिय विचारहरु, मानवतावादी विचारहरु र वास्तवमा शान्ति, करुणा र मैत्रीका सिद्धान्तहरु, विचारहरु दिएर त्यो बाटो अवलम्बन गर्न मानव जातिलाई उत्प्रेरित गर्दैै प्रस्तुत भएका छन् । तिनीहरुलाई जीवित राख्नका लागि विगतमा सानो संघर्ष गर्नु परेन, धेरै ठूलो संघर्ष गरेर बुद्धका विचारहरुलाई कायम राख्नुु प¥यो । ब्रम्हाण्डहरुले बुुद्धका विचारहरुलाई सिध्याउने प्रयास गरे । तर, बुद्धका विचारहरुमा मानवीय आकांक्षाको धेरै प्रवल गुुद्धि त्यसभित्र थियो, मानवीय आकांक्षाहरुको केन्द्रविन्दुु त्यसभित्र थियो । त्यसकारण अधिनायकवादका दमनहरुले अथवा अनेक आक्रमणहरुले बुद्धका शालिक तोड्ने, बुद्धका ग्रन्थहरु नष्ट गर्नेजस्ता कुराहरुले बुद्धका विचारहरुलाई समाप्त पारेन । जब बुद्ध महानिर्वाण गर्ने, त्यस विन्दुुमा पुुग्नुुभएको थियो । उहाँका शिष्यहरुले वरिपरी बसेर चिन्ता जाहेर गरे, भगवान यहाँको अनुुपस्थितिमा हामी अब कसरी यी शान्तिका विचारहरुलाई, मानवताका विचारहरुलाई अगाडि बढाउन सकौला ? हामी त संकटमा पर्न सक्ने छौं । कसले बुुद्धका विचारहरुलाई बचाउला, फैलाउला, कसले प्रवचन देला, कसले विचारहरु बनाउला भनेर चिन्ता गर्दा बुुद्धले जवाफ दिनुुभएको थियो, मैले प्रस्तुत गरेका मेरा विचारहरु, शान्तिका पक्षका, मानवताका पक्षका मेरा विचारहरु, यिनले नै यी विचारहरुलाई जीवित राख्ने छन् । त्यसकारण चिन्ता नगर, आफ्ना काममा लाग । म धन्यवाद भन्न चाहन्छुु, यो लामो श्रृंखलामा २६ सय १२ वर्षदेखि यताका वर्षहरु, जहाँ बुुद्धले बुद्धत्व प्राप्त गर्नुभयो र ज्ञान विस्तारका लागि उहाँ प्रयत्नशील रहनुुभयो । त्यसयता खेपेका दुुःखहरु, कष्टहरु त्यसका लागि बलिदान जसले दिनुुप¥यो, त्यसका लागि म उहाँहरुलाई अत्यन्तै आदर र सम्मान गर्न चाहन्छुु ।
सबैभन्दा पहिला बुुद्धका विचारहरुलाई जीवित राख्नका लागि जब उहाँका तीन नजिकका शिष्यहरु, महाकश्यप, आनन्द र उपित, उहाँहरुले जब सात वर्षका लागि पाँच सय भिक्षुु तयार गरेर, अनुुयायीहरु तयार गरेर उहाँहरुलाई शिक्षा दिन थाल्नुुभयो र विभिन्न ठाउँमा बुुद्धले दिएका उपदेशहरुलाई संकलन गर्न थाल्नुुभयो र संकलित विचारहरुलाई तीन भागमा बाँड्न थाल्नुुभयो ।
हामी त्रिपिटक भन्छौं (विनयपिटक, सत्तपिटक र धम्मपिटक) । त्रिपिटक भनेको तीनवटा बास्केट, टोकरी वा डालोहरु हो । विनयमा पर्छ कि सुत्तमा पर्छ कि धम्मामा पर्छ । विनयशीलतामा पर्ने कुराहरु विनयपिटकमा राखियो, सुत्तमा पर्ने कुराहरु सुत्तमा राखियो र धर्मभित्र पर्ने कुराहरु धम्मपिटकमा राखियो । यसरी त्रिपिटकको जन्म भयो र त्रिपिटक पाँच सय भिक्षुुहरुलाई लगातार पढाइयो । विम्बिसार जसले यस काममा मद्दत गरे । त्यति भिक्षुुहरुको राख्न सक्ने प्रबन्ध गरे र यो काम सम्पन्न भयो । आठाँै वर्षमा पाँच सय भिक्षुुहरु विश्वव्यापी रुपमा छरिए । उपदेश दिंदै, त्रिपिटक बताउँदै, बुद्धका सन्देशहरु छर्दै अगाडि बढे । त्यसलाई समर्थन गर्दै र पछ्याउँदै आजसम्म विश्व झन्झन् बुुद्धिज्मको विस्तार भइरहेको छ । शान्ति, मानवता, करुणा र मित्रता विस्तार भइरहेका छन् । जसले विश्वलाई प्रेरित गरिराखेको छ, उज्यालो गरिराखेको छ, शान्तिको मार्गमा हिंडाइराखेको छ । यी कुराहरुलाई आज हामीले अगाडि बढाउनुु पर्नेछ । त्रिपिटक निर्माण गर्दाजस्ता कठीनाइ आज छैनन् । आज सजिलो छ । यो सजिलो अवस्थालाई सदुुपयोग गरेर हामीले बुुद्धका विचारहरुलाई, शिक्षाहरुलाई र बुुद्धिज्मलाई विकास गरेर अगाडि बढाउनुु पर्दछ । बुुद्धका शिक्षाहरु के हुन् र बुुद्धको महत्व र महत्तावलाई हामीले अगाडि बढाउनुु पर्दछ । अंगुुलीमाल जस्ताहरुलाई बुद्धले शिष्य बनाउनुुभएको थियो । अशोकजस्ता एउटा उदण्ड तानाशाह राजालाई शान्तिप्रिय भिक्षुु बनाउनुुभएको थियो । आज हामी जुुन ठाउँमा छौं, यहीँ ठाउँमा आएर यहींँ हो बुुद्धको जन्मथलो भनेर अशोकले स्तम्भ बनाएका थिए । सम्राट अशोकले यहाँ स्तम्भ बनाएका थिए । म ह्वाइनसाङजस्ता चिनियाँ यात्रीहरुलाई धन्यवाद भन्न चाहन्छुु, ढलिसकेको, गायब भएको चिजलाई पनि पत्ता लगाएर यहीँ ठाउँमा अशोकले खडा गरेको स्तम्भ यहीँ ठाउँमा थियो र यहीँ हो बुुद्धको जन्मथलो भनेर उहाँले गर्नुभएको थियो । म चिनियाँ भिक्षुुहरुलाई धन्यवाद भन्न चाहन्छुु कि उहाँहरुले जुुन योगदान नेपालका विभिन्न धार्मिक र ऐतिहासिक स्थलहरुमा चिन्नका लागि योगदान गर्नुभएको छ । त्यसैकारण अघि चिनियाँ मित्र वक्ताले भन्नुुभयो, नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै होइन, यसमा भावनात्मक, मानवीय, परस्परमा सहयोग गर्ने सहयोगी छ । अहिले कुटनीतिक सम्बन्ध रहेपछि मात्रै होइन, इतिहासदेखि रहंदै आएको छ । हाम्रा दुुई छिमेकीहरुसँगको हाम्रो सम्बन्ध कुटनीतिभन्दा पुरानो छ । विभिन्न राज्यहरुको निर्माण, आजका सीमानाहरुभन्दा पुुरानो छ । संस्कृतिको निर्माणसँग जोडिएको छ । त्यसो भएर हामीले यी चिजहरुलाई बुुझेर अगाडि बढाउनुु पर्दछ ।
आज वसुधैव कुटुम्बकम् भन्ने विश्व नै एउटा परिवार हो भन्ने अवस्थामा हामी पुुगेका छौं र विश्वको यो परिवार बुद्धका सन्देशहरु, बुुद्धका विचारहरु शान्तिको पक्षमा अंगाल्न र यसलाई प्रवाहित गर्न तयार हुनुपर्दछ । यसैमा विश्वको कल्याण छ । यसका निम्ति चौथो अन्तर्राष्ट्रिय बुुद्ध महोत्सवको आयोजना गरेर यहाँहरुले महत्वपूर्ण काम गर्नुभएको छ । हामी बुद्धको जन्मदिनमा यहीं भेटौं भन्ने म सबैलाई आग्रह पनि गर्न चाहन्छुु । अगेन अन द ह्याप्पि वर्थ डे अफ लर्ड बुुद्ध एण्ड हिज महानिर्वाण वी वील वी हियर, वील वी ग्यादर हियर अगेन टुु सेलेब्रेट एण्ड टुु टेक न्यूू डिटरमिनेशन टुु फलो हिज टिचिङ्ुस, हिज द पिस एण्ड पाथ फर द ग्लोबल इन्टायर ह्युुमानिटी । भवतु सब्ब मंगलम । सबैलाई मंगल होस् । धन्यवाद ।
(मन्तव्यका आधारमा स्वकीय सचिवायबाट तयार गरिएको )
बौद्ध दर्शनबारे प्रधानमन्त्री ओलीको रोचक कुरा

प्रतिक्रिया दिनुहोस्