जनता टाइम्स

२० बैशाख २०८२, शनिबार ०१:४४

कुलमानको तथ्यांक फेक प्रमाणित : विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा रहेको यस्तो छ तथ्य-प्रमाण


काठमाडौं, वैशाख २० । नेपाल विद्युत प्राधिकरणले हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको तथ्य बाहिर ल्याएको छ ।

शुक्रबार काठमाडौंमा श्वेत पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म प्राधिकरण कुल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको तथ्य राख्नुभएको हो ।

शाक्यको यो सत्य उजागरले यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले फेक तथ्यांक दिएर नेपाली जनतालाई उल्लू बनाउने काम गरेको सच्चाई पनि बाहिर आएको छ ।

प्राधिकरणबाट बाहिरिने बेला घिसिङले प्राधिकरण ८ अर्व नाफामा रहेको डेटा दिनुभएको थियो । सवै फेक कुरा राखेर कुलमानले जनतालाई सफेद झूट कुरा गरेको कार्यकारी निर्देशक शाक्यको शुक्रवारको श्वेत पत्रले देखाएको छ ।

शाक्यका अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड रुपैया नोक्सानीमै रहेको देखिएको छ।

शाक्यले हाल प्राधिकरणसँग नगद मौज्दात नभएकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको जानकारी पनि दिनुभयो।

उहाँका अनुसार प्राधिकरणमा नेपाल सरकारको शेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, सञ्चित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको छ।

कार्यकारी निर्देशक शाक्यले १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी नै रहेको जानकारी पनि दिनुभएको छ ।

शाक्यका अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड रुपैया नोक्सानीमै रहेको देखिएको छ।

यसैगरी बिधुत धिकरणको २०८१ असार मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित २०८१ फाल्गुनसम्म जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रहेको जानकारी शाक्यले दिनुभएको छ ।

यस्तै माघ महिनासम्म प्राधिकरणको कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको र आन्तरिक उच्चतम माग २ हजार ३ सय ३७ रहेको प्राधिकरणको भनाई छ ।

त्यस्तै हालसम्म ११ हजार १ सय ८५ मेगावाट क्षमताको विद्युत्  खरिद सम्झौता सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।