काठमाडौं, १ जेठ। बहुप्रतिक्षित सगरमाथा संवादमा सहभागी हुन विभिन्न राष्ट्रका उच्च पदस्थ र विषय विज्ञ लगायतका पाहुनाहरु काठमाडौं आइपुग्नु भएको छ ।
सगरमाथा संवादमा चीन, भारत, भूटान, बेलायत र जापान लगायत १२ भन्दा बढी मुलुकबाट मन्त्री समेतको उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिव १ सय ७५ जना विदेशी पाहुनाको सहभागिता रहने छ ।सगरमाथा संवादमा सहभागी हुन अधिकाँश मुलुकको प्रतिनिधमण्डल काठमाडाैं आइसकेको छ ।चिनियाँ जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डल बुधबार राति नेपाल आइपुगेको हो । चीन १५ सदस्यीय प्रतिनिधिमण्डलसहित सगरमाथा संवादमा सहभागी हुँदैछ ।
यसैगरी, भारतका वन, वातावरण तथा जलवायुमन्त्री भूपेन्द्र यादव नेतृत्वको प्रतिनिधिमण्डल पनि काठमाडाैं आएको छ ।बेलायत, अजरवैजान, माल्दिभ्स, युएइ, कतार र वंगलादेशको उच्चस्तरीय टोली पनि आइसकेको छ ।यसैगरी, अमेरिका, किर्गिस्तान, ओमान, स्वीट्जरल्याण्ड, थाइल्याण्ड र जर्मनीको प्रतिनिधमण्डल पनि सगरमाथा संवादमा सहभागी हुन काठमाडाैं आइपुगेको छ । विमस्टेक, इस्क्याप, संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम ग्ल्भ्ए र युनेस्कोको टोली पनि नेपाल आइसकेको छ ।सगरमाथा संवादमा ब्राजिल, इजिप्ट, फिलिपिन्स, नर्वे, स्वीडेन र अष्ट्रेलिया लगायतका देशका विज्ञ सहितका उच्चस्तरीय प्रतिनिधिमण्डल पनि सहभागी हुँदैछन ।
संयुक्त राष्ट्र संघ, सार्क, एफएओ र आइओएम लगायतका अन्य कतिपय देश र अन्तर्राष्ट्रिय संस्थाका काठमाडाैं स्थित प्रतिनिधिहरुको पनि सहभागिता सगरमाथा संवादमा हुँदैछ ।परराष्ट्र मन्त्रालयका अनुसार भोलि ९शुक्रबार० विहान शुरु हुने अन्तर्राष्ट्रिय महत्वको सगरमाथा संवादमा करिव १ सय ७५ जना विदेशी सहित ३ सय बढीको सहभागिता रहने छ ।नेपालले विश्व समुदायको ध्यान केन्द्रित गर्न र जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्यालाई विश्वसामु उजागर गर्ने उदेश्यले आयोजना गरेको सगरमाथा संवादका लागि सम्पूर्ण तयारी पूरा गरेको छ।
काठमडाैंका मुख्य सडक तथा कार्यक्रम आयोजनास्थलमा स्वागतद्वार र आकर्षक साजसज्जा गरिएको छ ।काठमाण्डौँको सोल्टी होटलमा हुने संवादको अन्तिम तयारीबारे परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र वन मन्त्री ऐनबहादुर शाहीले अनुगमन र जानकारी लिएका छन ।
सगरमाथा संवादमा वियोण्ड माउण्टेन्सस् लिङकिङ माउण्टेन्स टू ओसन्स, ग्रिन इकोनोमी, क्लाइमेट जस्टिस एण्ड द फ्युचर अफ ह्युम्यानिटी, एडभर्टीङ मिनिमाइजिङ एण्ड एड्रेसिङ लस एण्ड ड्यामेज तथा ग्लोवल एण्ड रिजनल कोअपरेशन शीर्षकका ५ वटा मूल विषयवस्तुमा १२ वटा समानान्तर सत्र सञ्चालन हुने छन ।
प्रतिक्रिया दिनुहोस्