काठमाडाैं, जेठ २ । संचार तथा सुचना प्रवीधी मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल फ्रेमवर्कको उदेश्य पुरा गर्न डिजीटल साक्षरता अनिवार्य हुनु पर्ने बताउनु भएकोछ ।
क्यान फेडरेसनले आयोजना गरेको “मल्टी-स्टेकहोल्डर डिस्कसन अन डिजीटल नेपाल फ्रेमवर्क २.० (डिएनएफ २.०) एन्ड वे फर्वाड” शीर्षक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एप आयो तर के आयो आयो जस्तो भएको बताउदै उहांले नागरिकले एप प्रयोग गर्ने साक्षरतामा कमि देखिएको औंल्याउनु भयो ।
”डिजिटल फेमवर्क साकार पार्न डिजिटल लिटरेसी आवश्यक छ”, गुरुङले भन्नुभयो,”हामीले साक्षरता पनि संगै लैजानु पर्छ ।” त्यस्तै उहांले डीजीटल इनफासट्चर निर्माण र आवश्यक निती बनाउने मुख्य दायित्व समेत सरकारको रहेको प्रष्ट पार्नु भयो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङका अनुसार डिजिटल नेपाल फ्रेमवर्क, २०७६ मा ८ वटा प्रमुख क्षेत्रहरुको ८० वटा डिजिटल पहलहरुको पहिचान भएको र कार्यक्रम कार्यान्वयन कार्ययोजनामा प्रत्येक पहलसँग सम्बन्धितसरोकारवालाहरुको पहिचान र समयावधि तोकिएको थियो ।
डिजिटल नेपाल फ्रेमवर्क२.० सोह्रौं योजनासँग समेत अनुकलन हुने गरी तयार गरिएको र यसले डिजिटल आधारस्तम्भलाई जोड दिई कनेक्टिभिटी, प्राविधिक सीप, डाटा एकीकरण र साइबर सुरक्षा जस्ता आधारभूत पक्षहरुलाई सुदृढबनाउने लक्ष्य लिएको मन्त्री गुरुङले खुलाउनु भयो ।
डिजिटल नेपाल फ्रेमवर्क, २०७६ ले कनेक्टिभिटी लगायतका डिजिटल फाउन्डेशनमा सुधार, क्षमता अभिवृद्धि, डिजिटल पहल मार्फत आर्थिक सामाजिक रुपान्तरणमा जोडदिएको थियो भने डिजिटल नेपाल फ्रेमवर्क २.० ले उक्त फ्रेमवर्क कार्यान्वयनका क्रममादेखिएका समस्या र चुनौतीहरुको सम्वोधन गर्ने गरी रुपरेखा प्रस्ताव गरेको उहाले जानकारी दिनुभयो ।
संचार सचिव राधिका अर्यालले सरकारको पहिलो डिजीटल फ्रेमवर्कको विगतको अनुभवले सुधार गर्दै डिजीटल फेमवर्क २.० मसौदा तयार पारीएको बताउनुभयो ।निजी क्षेत्रले आवश्यक सुझाव दिएन पनि उहाले आग्रह गर्नुभयो ।
क्यान फेडरेसनका अध्यक्ष सुनैना घिमिरे पान्डेले अब डीजिटल युग भएकाले सरकारले यस क्षेत्रलाई नीतिगत सॅगै आर्थिक लगानिको प्राथमिकतामा जोड दिनु पर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्