जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार ०९:३४

जागरण अभियानको उद्घाटनमै कार्यकर्तालाई हपारे देउवाले


काठमाडौं, वैशाख २६

महासमितिले पारित गरेको नीति कार्यक्रम तथा संशोधित विधानबारे पार्टीका स्थानीय तहसम्मलाई जानकारी गराउन नेपाली कांग्रेसले ७७ जिल्लामा जागरण अभियान सुरु गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा नराम्रो हार बेहोरेको कांग्रेसले आफ्ना कार्यकर्तामा उत्साह भर्न सुरु गरेको अभियान ७७ जिल्लामै जारी छ । तर, जागरणको सुरुआतमै सभापति शेरबहादुर देउवा र नेता कार्यकर्ताबीच बहस भएको छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको जागरण अभियानको उद्घाटनमा केन्द्रीय सदस्यलाई महासमिति सदस्य बन्न तलबाट चुनाव जितेर आउने विषयमा बहस भएको हो । देउवाले आफूले चाहँदाचाहँदै पनि केन्द्रीय सदस्यले नमानेका कारण पास हुन नसकेको बबताउनु भयो । उहाले जिल्ला सभापतिहरूले गलत प्रचार गरेको भन्दै आक्रोशसमेत पोख्नुभयो ।

१२ मिनेटको भाषणमा पार्टीको विवादका बारेमा साढे चार मिनेट मात्रै बोल्नु भएका देउवाले कोइराला परिवारविरुद्ध अन्य नेता कार्यकर्ता बोल्न डराएकोसमेत आरोप लगाउनु भयो । उहाले आफ्नो भाषणको सुरुआतमै भन्नुभयो, ‘केही जिल्लाका सभापतिहरूको चाहिँ केन्द्रीय सदस्यलाई सिधै महासमितिमा होइन तलबाटै ल्याउनुपर्छ भन्ने आवाज उठेको हो, महासमिति बैठकले पास गरेको होइन’, उहाले त्यहाँ उपस्थित नेता कार्यकर्तालाई भन्नुभयो । देउवाले आपूmले पनि सो प्रस्ताव पारित गराउन केन्द्रीय सदस्यलाई आग्रह गरेको पनि सुनाउनु भयो ।

‘केन्द्रीय कार्यसमिति राखेर मैले प्रयास गरेको छु । तैपनि केन्द्रीय सदस्य मानेनन्,’ उहाले अगाडि भन्नुभयो, ‘आठ जनाबाहेक कसैले पनि सो प्रस्ताव पारित गर्न मानेनन् ।’ केन्द्रीय सदस्यलाई सोझै महासमिति प्रतिनिधि बनाउने चलन आफ्नो पालामा सुरु नभएको समेत स्पष्टीकरण दिनुभयो । गिरिजाबाबुको पालामा सुरु भएको त्यो चलन अहिले हटाउन नसकिएको जिकिर गर्नुभयो । ‘त्यो पनि मेरो पालादेखि सुरु भएकै होइन । गिरिजाबाबु सभापति भएको पालामा सुरु भएको हो’, उहाको भनाई थियो ।

कांग्रेसका नेता कार्यकर्तालाई उहाले कोइराला परिवारविरुद्ध बोल्न नसकेको आरोपसमेत लगाउनु भयो । मञ्चमा रहनु भएका प्रकाशमान सिंहको नामै लिएर उहाले जिल्ला सभापतिहरूलाई समेत कोइरालाविरुद्ध बोल्न डराएको भन्नुभयो । ‘सुशील कोइराला, गिरिजाबाबुको वेलामा यसविषयमा बोल्नै सकेनन्, कि कोइरालाका खिलाफ बोल्नै नसक्ने भए भइहाल्यो’, उहाले भन्नुभयो, ‘मेरो खिलाफ त जति बोले नि भैगो । प्रकाशमान सिंह त बोल्न सक्दैनन् (हलमा हाँसो गुन्जियो)’ सभापति देउवाले पुरानो चलन हटाउन आपूmलाई अप्ठेरो परेको पनि सुनाउनु भयो ।

‘चलन हटाउन त्यत्ति सजिलो हुँदो रहेनछ हेर्नुहोस्, म गराउन तयार छु, सबै केन्द्रीय सदस्यले मान्छन् भने भोलि पनि परिवर्तन हुन सक्छ’, सभापति देउवाले भन्नुभयो, ‘अरूले सुरु गरेको कुरा शेरबहादुरले ग¥यो, शेरबहादुरले ग¥यो भन्दै हिँड्ने, पार्टीका जिल्ला सभापतिहरूले बुझ्नुप¥यो कि पहिलादेखि भएको चलन हो यो भनेर ।’ त्यसपछि हलमा केही समय सन्नाटा छायो । त्यसैबीचमा कार्यकर्ता बसेको तर्फबाट कसैले प्रश्न तेस्र्यायो, ‘अब हटाउनु परो नि त ?’

त्यसको जवाफ दिँदै देउवाले भन्नुभयो, ‘पहिलादेखि चलेको चलन हो तर सक्नु नि प¥यो नि । केन्द्रीय सदस्यले मान्नु प¥यो, मान्दै मान्दैनन् ।’ त्यसपछि कार्यकर्ताले पुनः एक स्वरमा प्रश्न गरे, ‘पार्टी सभापति भएपछि मनाउनु प¥यो नि ?’ त्यो प्रश्न सुन्ने बित्तिकै सभापति देउवा आफ्नो पुरानै स्टाइलमा जंगिनु भयो । उहाले कार्यकर्तालाई हप्काउँदै भन्नुभयो, ‘दोहोरो कुरा होइन है, दोहोरो कुरा, छलफल होइन यो, भाषण हो ।’ यद्यपि, उहाले पार्टीको आन्तरिक विवादका बारेमा अन्तिममा पुनः भन्नुभयो, ‘केन्द्रीय सदस्यले माने भने भोलि पनि हुन सक्छ । यसलाई ठूलो कुरा ठान्नुपर्ने छैन ।’ यत्ति भनेपछि उहाले पार्टीका विषयमा नबोली कुरा राजनीतितर्फ मोड्नु भयो ।