जनता टाइम्स

२७ बैशाख २०८२, शनिबार १०:१२

भारत–पाकिस्तान तनाव : पाकिस्तान सुपर लिग स्थगित


काठमाडौं, २७ वैशाख । भारत र पाकिस्तानबीचको तनावका बीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल) स्थगित गरेको छ ।

पीसीबीले आफ्नो लिगका बाँकी आठ खेलहरू युएईमा गर्ने तयारी गरेको थियो ।

बिहीबार भारतीय ड्रोन आक्रमणमा रावलपिंडी रंगशाला क्षतिग्रस्त भएपछि पीएसएल खेलको तालिका परिवर्तन गरिएको थियो ।

भारत–पाकिस्तान तनावका कारण भारतले पनि एक हप्ताका लागि इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरिसकेको छ ।