जनता टाइम्स

१४ बैशाख २०८३, सोमबार १७:४८

बीपी राजमार्ग ३ दिनपछि खुल्यो


काठमाडौं, वैशाख  १४  । शनिबार दिउँसोदेखि अवरुद्ध रहेको बीपी राजमार्ग खुलेको छ । राजमार्ग आज दिउँसो ४ बजेपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यसअघि हिजो सडक खुलाउने काम भइरहँदा फेरि पानी परेपछि सडक अवरुद्ध भएको थियो ।

शनिवार दिउँसो वर्षा शुरू भएलगत्तै सम्भावित जोखिमलाई ध्यान दिँदै सडक बन्द गरिएको थियो । रोशी खोलामा आएको बाढीले कटुन्जेरमङ्गलटार सडकका विभिन्न ठाउँमा झन्डै ४ किलोमिटर डाइभर्सनमा क्षति पुर्‍याएको छ ।

गएको चैत तेस्रो हप्ता यसै क्षेत्रका विभिन्न ठाउँका ४ किलोमिटर सडक बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । गएको सालको बाढी पहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको छ ।