जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १०:१४

अमेरिका–इरान तनाव : मैले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरु भने निकै डराए– अमेरिकी सेनाको क्याम्पमा कार्यरत राकेश


काठमाडौँ, पुस २४ । इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मङ्गलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दै छ भन्ने हल्ला फैलिइसकेको थियो । सेनाले तुरुन्तै आपत्कालीन घण्टी बजाएपछि झापाका राकेश क्षत्रीसहित ९ जनाको टोली जमिनमुनिको बङ्करमा गएर बसे । आपत्कालीन घण्टी बजेपछि उनीहरुलाई तोकिएको बङ्करमा गएर बस्नुपर्छ भनेर बेस क्याम्पमा पहिले नै सिकाइएको थियो ।

बेस क्याम्पमा फैलिएको हल्ला बुधबार बिहान स्थानीय समयअनुसार १ बजेर ४५ मिनेटमा सही निस्कियो । इरानबाट लगातार आएको मिसाइल बेस क्याम्पभित्रै ठूलो आवाजले झर्न थाल्यो । २ः४५ मा बल्ल रोकियो । ‘मिसइलको धक्का निकै ठूलो थियो, यस्तो आवाज मैले यसअघि इराकमा कहिल्यै सुनेको थिइनँ,’ क्षत्रीले भने, ‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरु भने निकै डराए ।’

क्षत्री पछिल्लो पटक १९ महिनाअघि मात्र इराक गएका । त्यसअघि सन् २००७ देखि ११ सम्म बग्दादमा अमेरिकी सेनाकै क्याम्पमा कार्यरत थिए । ‘त्यतिखेल दैनिक १० वटा मोटर क्याम्पमा झथ्र्यो । बस आउँथ्यो । त्यसले मलाई बानी पारेको थियो । बुधबार बिहानको आवाज भने साँच्चिकै डरलाग्दो थियो, उनले भने, ‘१० पटकसम्म झरेको त गनियो, त्यसपछि कतिवटा झ¥यो याद गर्न सकिनँ ।’ इराकी सेनाका अनुसार इरानले प्र’हार गरेको २२ मध्ये १७ वटा मिसाइल अल असाद एयरबेसमा झरे । दुईवटा विस्फोट भएन । पाँचवटा मिसाइल अर्विल एयरबेसमा खसे । अल साद क्याम्प बग्दादबाट झण्डै एक सय ६० किलोमिटर टाढा पर्छ ।

संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ ।संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी अलर्ट अवस्थामा रहेको बताउनुभयो । उहाँका अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले यो भन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौँ,’ बुधबार भन्नुभयो, ‘अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौँ ।’ हाल युएई–काठमाडौँ सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उहाको भनाइ छ ।