जनता टाइम्स

१ माघ २०७६, बुधबार १८:२१

आउनोस, सवै मिलेर प्रधानमन्त्रीको भ्रत्सना गरौं !


हुँदाहुँदा अव त प्रधानमन्त्री ओली पञ्चायत बिरोधी आन्दोलनमा लागेर होइन, मान्छे मारेर चौध बर्ष जेल बसेका हुन भन्नेसम्मको ‘अति उत्कृष्ट’ बिचार पढन पाइन थालेको छ । बाँच्नुपर्छ देख्न पाइन्छ भन्ने नेपाली उखान सायद यस्तै यस्तै अति उत्कृष्ठ मानवहरुका लागि सिर्जना भएको हुनुपर्छ । इतिहासमाथि ठाडै बलात्कार गरेर आफू ठीक छु भन्ने यो तर्क लोकतन्त्रप्रति आस्था राख्ने मान्छेका लागि कल्पनासमेत गरेको बिषय होइन

गणेश बस्नेत

केही दिनयता नेपाली मिडिया, खासगरी श्रमजीवि पत्रकार ठग्दै बस्ने मालिकका ब्यवस्थापकहरु निकै चर्काे स्वरमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिन थालेका छन । चुनावको बेला फलानो पार्टीलाई भोट हाल्नुपर्छ, फलानो नेता त जित्नैपर्छ भन्दै उत्कृष्ट ब्यावसायिकता प्रदर्शन गरेका समुह नै अहिले फेरि प्रधानमन्त्रीबिरुद्ध खनिएका छन । अर्थात कम्युनिष्ट पार्टीको सरकार बन्नै हुँदैन भन्दै कुर्लन त्यो समुहको कुरा जनताले अस्वीकार गरेपछि दमित आवाजहरु फेरि मुखरित हुन थालेका छन । चार बर्षअघि नेपाल जिन्दावाद भन्दा आफूलाई नै गाली गरेको बुझ्ने ठुलै समुह थियो । संबिधान जारी गर्दा मुलुकले भारतको नाकावन्दीको सामना गरिरहेको थियो । जस्को डटेर सामना गर्ने नायक हुनुहुन्थ्यो, प्रधानमन्त्री केपी शर्मा ओली । देशको भुगोल सानो ठुलो हुन्छ तर सार्वभौमसत्ता र स्वाभिमान समान हुन्छ भन्दै भारतीय शासकलाई बुझ्ने भाषामा जवाफ दिई प्रधानमन्त्री ओलीले देशको हितमा चालेको कदमबाट एकाध समुह निकै दुखित थियो । त्यसमध्येको एउटा सानो समुहले भारतीय प्रधानमन्त्री लोकप्रिय कि नेपालका प्रधानमन्त्री भन्दै प्रचार पनि गरिरहेको दृष्य अहिले पनि ताजै छ ।

जति दुश्प्रचार गरे पनि जनताले केही समयपछि नै बुझे । चुनाव भयो, ओलीबिरुद्ध घेरावन्दी गरियो । ठुलै चक्रब्युँह रचियो । तर जस्ले चक्रब्यूँह रचे, तिनैलाई पार्दै ओलीले निर्वाचनमा सवैलाई जवाफ दिनुभयो । निर्वाचनमा जनताले ओलीको त्यही नीतिलाई अनुमोदन गरे । परिणाम अहिले २३ महिनादेखि मुलुकमा ओली नेतृत्वको सरकार छ । अघिल्लो पटक पूरा हुन नसकेका काम गर्नका लागि जनताले ओलीलाई दिएको यही म्याण्डेट लामो समयदेखि लुटन पल्केकाहरुका लागि बर्लिनको पर्खाल बनेको यसबीचमा आएका टिप्पणीबाट सहजै बुझ्न सकिन्छ । हुँदाहुँदा अव त प्रधानमन्त्री ओली पञ्चायत बिरोधी आन्दोलनमा लागेर होइन, मान्छे मारेर चौध बर्ष जेल बसेका हुन भन्नेसम्मको ‘अति उत्कृष्ट’ बिचार पढन पाइन थालेको छ । बाँच्नुपर्छ देख्न पाइन्छ भन्ने नेपाली उखान सायद यस्तै यस्तै अति उत्कृष्ठ मानवहरुका लागि सिर्जना भएको हुनुपर्छ । इतिहासमाथि ठाडै बलात्कार गरेर आफू ठीक छु भन्ने यो तर्क लोकतन्त्रप्रति आस्था राख्ने मान्छेका लागि कल्पनासमेत गरेको बिषय होइन । यस भन्दा थप टिप्पणी आफ्नै लागि लज्जाको बिषय हुन्छ ।

सरकार र प्रधानमन्त्रीबिरुद्ध जे भन्न पनि पाइने, जे आरोप लगाए पनि हो भनिदिनु पर्ने अवस्था सिर्जना गराउन लागेको समुह तथ्यको आधारमा सत्य स्थापित नहोस भनेर अनेकन प्रयत्नहरु गरिरहेको छन । तर सूर्यलाई हत्केलाले छेक्न सक्दैन भन्ने सच्चाइलाई बुझन सके थप आफ्नै हुर्मत लिने काम हुने थिएन । ओली सरकारले केही गरेन, सवै बिगार्यो भन्नेहरुको कुरा अव जनता पत्याउनेवाला छैनन । ओलीले अघि बढाएको कामको परिणाम अव आउन थालिसकेको छ । निरासा पोखेर जनतालाई निरास बनाउने यो खेती अव धेरै समय टिक्दैन भन्ने सच्चाईलाई सवैले आत्मसाथ गर्न जरुरी छ । समय बदलिएको छ, जनता साँचो र झुटो बुझ्ने हैीसयतमा पुगिसकेका छन । केही दिन, महिना वा बर्ष भ्रममा पार्न सकिन्छ तर सधैभर त्यो भ्रमजाल कायम राख्न संभव छैन । किनकि ओली सरकारको कामले नै जवाफ दिन थालिसकेको छ ।

यो तथ्य हो, अव नेपाल फेरि नाकावन्दीमा पर्ने अवस्था छैन । प्रधानमन्त्री ओलीकै नेतृत्वमा यी काम भएका छन । चीनसँगको सामुन्द्रिक पँहुचसँगै नेपाल अव कुनै पनि देशसँग आश्रित रहनुपर्ने अवस्था छैन । यी सवै काम गरेर ओलीले ‘समृद्ध नेपाल, सुखी नेपालीको योजना अघि सार्नुभएको छ । तर यो शब्द सुन्नसाथ चार बर्ष अघिको त्यही जमात आफूलाई गाली गरेको ठान्न थालेको छ । सिमित घरानिया समुह र बिचौलियालाई खुसी पार्न हरेक मिडियाका नायकहरु लागिपरेका छन । त्यसैको प्रकरण हो, पछिल्लो रोदन । तथ्य देख्दै नदेख्ने दोषी चस्मा पहिरिएको समुह अहिले भदौंमा आँखा फुटेको गोरु झै बनेको छ, ‘एकोहोरा ओली सरकारको बिरोध, प्रधानमन्त्रीको भ्रत्सना ।’

यसकारण गरौं भ्रत्सना

ठेकेदारहरु बिस्तारै बदलिन थालेका छन । ठेक्का लिने तर काम गर्दै नगर्ने प्रबृत्तिको अन्त्य हुने मोडमा पुगेको छ । नेपालमा पनि समयमै काम हुन्छ भन्ने अनुभुति बल्ल हुन थालेको छ । यो पनि ओली सरकारको खरावी नै हो भन्दै प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

भारत बेष्ठित नेपाललाई पहिलो पटक ओली सरकारले नै साँचो अर्थमा भुपरिवेष्ठित बनाएको छ । चीनको चार सामुन्द्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्ने अवस्था बनाएको छ । यो पनि किन चीनतिर नाका खोलेर नेपाललाई नाकावन्दी हुनबाट जोगायो भन्दै प्रधानमन्त्रीकै भ्रत्सना गरौं ।

इतिहासमै पहिलो पटक ओली सरकारले आफ्नो सीमानाको बिषयमा प्रष्ट अडानका साथ कालापानी क्षेत्र नेपालको हो भन्दै भारतलाई कुटनीतिक नोट पठायो । प्रधानमन्त्रीले देशको सीमा पदसँग साटने बिषय होइन, सीमा रक्षा पहिलो काम हो भन्दै कालापानीबाट भारतीय सेना हटनुपर्छ भन्ने अडान राख्नुभयो । नेपालको भूमि रक्षाका लागि गरेको यो काम पनि केही होइन, भारत रिसाउने गरी अडान लियो भन्दै प्रधानमन्त्रीकै भ्रत्सना गरौं ।

ओली सरकार गठनपछि अहिलेसम्म चार सय मेगावाट बिजुली थप भएको छ । ओली सरकार गठन हुनअघि देशमा ९ सय मेगावाट जडित क्षमता रहेकामा अहिले त्यसमा ४ सय मेगावाट बढेर १३ सय पुगेको छ । चालु आर्थिक वर्षभित्रै थप एक हजार मेगावाट थपिने अवस्था छ । दैनिक २२ घन्टासम्म लोडसेडिङ धानेको मुलुकमा लोडसेडिङ हटेको छ । चार बर्षअघि पहिलो पटक सरकारको नेतृत्व गर्दा केही बर्षभित्र लोडसेडिङ हुँदैन भन्ने ओलीको घोषणा पूरा भएको छ । किन लोडसेडिङ नहुने भन्दै प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

सत्ताको चरम दुरुपयोग गरी बालुवाटारस्थित ललिता निवासको जग्गा २६ बर्षपछि सरकारको नाममा आउने प्रक्रिया सुरु भएको छ । ओली सरकारकै पालामा सर्लाहीमा बाहालवाला मन्त्रीले नै हडपेको जग्गाको लालपुर्जा खारेज गरी सरकारको नाममा ल्याइएको छ । देशभरका सार्वजनिक जग्गाको खोजविन अघि बढेर अव हडपिएका सवै जग्गा सरकारको नाममा आउने निश्चित बनेको छ । यो काम त भूमाफियाका लागि सरासर गलत हो । त्यसैले किन सरकारी सम्पत्ति जोगाउने काममा ओली सरकार लाग्यो भन्दै भ्रत्सना गरौं ।

पछिल्लो तथ्यांकले ओली सरकारको कामबाट आर्थिक बिकासको गतिबिधि सकारात्मक देखिएका छन । सरकारले योजनावद्धरुमा समृद्ध नेपाल निर्माणको कामलाई अघि बढाएकै कारण बिश्वव्यापिरुपमै औद्योगिक क्षेत्रको विस्तारमा संकुचन आइरहेको भएपनि नेपाली अर्थतन्त्रले राम्रो काम गरिरहेको देखिएको छ । सरकारको कामकै कारण गत आर्थिक वर्ष ७.१ प्रतिशतले आर्थिक बृद्धि भएको थियो । वेलायतको प्रसिद्ध पत्रिका द इकोनोमिस्टले मंसिर गरेको पछिल्लो सर्वेक्षणमा नेपाललाई उच्च आर्थिक बृद्धि गर्ने १० मुलुकमा समावेश गरिएको छ । चालु आर्थिक बर्षको बजेटमा प्रक्षेपण गरिएको ८.५ प्रतिशतको बृद्धिदर हासिल गर्ने दिशातर्फसमेत सकारात्मक संकेत मिलेको छ । यो काम त देशलाई बिकसित बनाउने कुरा भयो । किन बिकाश गर्ने भन्दै प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

गत आर्थिक वर्ष ८ प्रतिशतको हाराहारीमा रहेको उद्योग क्षेत्रको बृद्धि चालु आर्थिक वर्षको अन्त्यमा झण्डै दोब्बर हुँदै छ । यस्तै चालु आर्थिक वर्षको पहिलो ३ महिना मै करीव १९ अर्ब ६० करोड लगानी गर्ने गरी १२० वैदेशिक लगानी सम्बन्धी उद्योगहरु दर्ता भएका छन । यस अवधिमा उद्योगको संख्या १३ हजार १५५ पुगेको छ, जसमा ठूला उद्योग २८, मझौला ४९ र लद्यु, घरेलु तथा साना उद्योग १३ हजार ३८ रहेका छन । यस्तो पनि ओली सरकारकै पालामा भयो भन्दै भ्रत्सना गरौं ।

यस अवधीमा पर्यटकस्तरीय (११२५) र तारे होटल (१२९) को संख्यामा बृद्धि भएको छ । पर्यटक आगमनको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । सरकारको कामकै कारण सरकारी कोषमा बचत रहेको छ । सरकारी कोष बचतमा राख्न पाइन्छ भन्दै प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

अर्थात देश बनाउनु हुन्न भन्नेहरु सवै मिलेर देश बनाउने यात्रामा लागेका प्रधानमन्त्रीको भत्र्सना गरौं । तथ्यलाई छोपौं, निरासा रोपौं र प्रमाणित गरौं देशको समृद्धिबिरोधी/कम्युनिष्टबिरोधी ब्यावसायिक पत्रकारिता ।

बैदेशिक सहायतामा पनि उल्लेख्य सुधार देखिएको छ । सरकारको कामप्रतिको बिश्वासका रुपमा यसलाई लिन सकिन्छ । २०७४/७५ मा भन्दा २०७५/७६ मा वैदेशिक सहायताको प्रतिवद्धता झण्डै २७ प्रतिशतले बढेको छ । चालू आर्थिक बर्षको यस अवधीमा मात्रै ७२ अर्व ३० करोड रुपैया भन्दा बढीको प्रतिवद्धता प्राप्त भइसकेको छ । यो कामका लागि पनि प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

विश्व बैंकको व्यवसाय गर्ने वातावरण सम्बन्धी सर्भेक्षण (डुइङ बिजनेश इन्डेक्स) ले नेपालको व्यावसायिक वातावरणमा उल्लेख्य सुधार भएको देखाएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यो वर्ष ९४ स्थानमा उक्लेको छ । १० उपसूचकमध्ये निर्माण ईजाजत, बिद्युत आपूर्ति, ऋणको उपलब्धता र सीमा ब्यापार सहजिकरणमा नेपालको प्रगति उत्साहपूर्ण रहेको देखिएको छ । यस्तै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले अघिल्लो साता प्रकाशित गरेको मानव विकास प्रतिवेदन अनुसार नेपाल १४९औं बाट १४७औं स्थानमा उक्लिएको छ । यो कामको लागि पनि प्रधानमन्त्रीकै भ्रत्सना गरौं ।

अर्थात देश बनाउनु हुन्न भन्नेहरु सवै मिलेर देश बनाउने यात्रामा लागेका प्रधानमन्त्रीको भत्र्सना गरौं । तथ्यलाई छोपौं, निरासा रोपौं र प्रमाणित गरौं देशको समृद्धिबिरोधी/कम्युनिष्टबिरोधी ब्यावसायिक पत्रकारिता ।