जनता टाइम्स

२२ माघ २०७६, बुधबार ०८:४७

सम्पादकसँग प्रधानमन्त्री ओलीको प्रस्ताव : आफ्नो आत्मसम्मानको कुरा गर्दा अर्कोलाई अपमान गर्न भएन


काठमाडौं, माघ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य समाज निर्माणका लागि आफूले अघि बढाएको प्रयाशलाई गलत ब्याख्या गर्दैअरिंगाल बन्ने सम्पादकहरुलाई अरुले प्रश्न गर्नै नपाउने भन्दै प्रश्न सोध्नुभएको छ । म‌ंगलबार साँझ बालुवाटारमा सरकारबिरुद्ध अरिंगाल बनेर खनिएका सम्पादकहरुलाई भेट गरी प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गर्नुभएको हो ।

यस्तो छ प्रधानमन्त्री ओलीको भनाई

प्रेस स्वतन्त्रता र मिडियाको स्वतन्त्रताको सम्बन्धमा म सरकारको तर्फबाट तपाईहरुलाई पूर्ण रूपमा आश्वस्त हुन आग्रह गर्न चाहन्छु। कुनै प्रकारको प्रेस स्वतन्त्रतामा किञ्चित पनि बन्देज हुँदैन । प्रेस स्वतन्त्रतालाई सीमित गर्ने या स्वतन्त्रताका हकहरू कुनै पनि प्रेस वा प्रकाशन मुभमेन्ट आदि स्वतन्त्रताका हकहरू कुनै पनि कुण्ठित गरिँदैन।

म आफैं ५५ वर्ष स्वतन्त्रताका निम्ति लडेको छु। मानवअधिकारको निम्ति लडेको छु। मानवअधिकारको अभाव र स्वतन्त्रताको अभावको अवस्था कस्तो हुन्छ ? साथीहरूले अलि बढी देख्नुभएको छ, थोरै भोग्नुभएको छ, मैले धेरै भोगेको छु। अभाव कस्तो हुन्छ ? त्यो भोगेको छु मैले। त्यसकारण फेरि पनि भन्न चाहन्छु, तपाईंहरूले आशंकित हुनुपर्ने वा चिन्ता लिनुपर्ने अवस्था होइन छैन।

कुनै हिसाबले कुनै कुरा छलफलको क्रममा गलत गएको छ भने त्यसलाई सच्याउन नसकिने कुरा छैन, कुनै कुरा त्रुटीपूर्ण गएको छ भने। पूर्ण प्रेस स्वतन्त्रता हुन्छ। मिडिया स्वतन्त्र हुन्छन्। केही केही काम, केही केही ‘रेस्ट्रिक्सन’ जस्ता कुराहरू सभ्य समाजका निम्ति भन्नुपर्ने, राख्नुपर्ने हुन्छ। हामी एउटा सभ्य समाज निर्माण गर्न चाहन्छौं। मैले स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रताको हनन हुनु भएन। मैले आत्मसम्मानको कुरा गर्दा अर्कोलाई अपमान गर्न भएन। मैले आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारको अवहेलना वा उलंघन गर्नु भएन। ती कुराहरूप्रति हाम्रो सजकता आवश्यक छ।

यो स्वतन्त्रतालाई कुण्ठीत गर्ने विषय होइन कि प्रमाणीत र जिम्मेवार ढंगले सभ्य प्रस्तुति होस् भन्ने आकांक्षा छ। कसैको वैयक्तिक जीवन, कसैको पारिवारिक जीवन, कसैको कारोबारमा अनुचित ढंगले क्षति पुर्‍याउने हिसाबले, मान्छेमा राम्रै मनसाय हुन्छ भन्न त सकिँदैन। नराम्रो पनि मनसाय कसैमा हुनसक्ला। त्यस्तो भयो भने के गर्ने ? कसैले कसैको पारिवारिक स्थितिलाई डामाडोल हुनेगरी कसैले कसैको बिजनेस डामाडोल पार्ने गरी झुटो सम्प्रेषण गर्ने त्यसका निम्ति सच्याउने बाटो होला। अथवा त्यसलाई त्यस्तो नगर्नू भनेर रोक्नुपर्ने अवस्था होला। बाटोमा हिँड्ने अधिकार हामीसँग छ तर बाटोमा कसरी हिँड्ने भन्ने त सभ्यता त हामीसँग चाहियो।

दुईटा विकसित देशलाई हेर्दा एउटा विकसित देश अर्को विकसित देश हेर्दा एउटा विकाससँगै सभ्यतामा गर्व गर्छ। अर्को विकासमा मात्रै गर्व गर्छ। म त्यसका नाम नलिउँ। तर एउटामा शालीनता छ, विनम्रता छ, कुरा गर्दाखेरी झुकेर कुरा हुन्छ। अर्कोमा त्यो खालको केही पनि हुँदैन। एउटामा सामाजिक मूल्यहरू माथि हुन्छन्। एउटामा सामाजिक मूल्यहरू कम हुन्छन्। हामीले एउटा सभ्य समाज सिर्जना गर्न खोजेका हौं। नेपाललाई समृद्ध मात्रै बनाउन खोजेका होइनौं, सभ्य मानवीय मानवतायुक्त मानवीय भावनायुक्त र पारस्परिक सहयोगात्मक सम्बन्ध भएको समाज निर्माण गर्न खोजेका हौं। त्यतापट्टी हामी सबैका प्रयासहरू केन्द्रीत हुनुपर्छ। यसमा प्रेस स्वतन्त्रताजस्तो कुरालाई कुण्ठित गरेर हुने भन्ने कुरा होइन।

यसलाई प्रेस स्वतन्त्रतासँगको संकुचनसँग जोड्ने अथवा यसलाई अझ लगेर स्वतन्त्रताका हकहरूको संकुचनजस्तो प्रश्नसँग जोडेर अथवा लोकतन्त्रलाई भन्नुभयो। हामी त वैशाख ११ गते राति घोषणा भएपछि निस्केका थियौँ त्यस्तै अवस्था। मान्छेले रिस उठ्दाखेरि के गर्छ भने नि कहिलेकाहीँ अतिशयोक्ति साहित्यमा हुन्छ। यसो भनाभन पर्छ। मारिदिन्छु तँलाई भन्छ। त्यो साँचो भनेको चाहिँ होइन। त्यसलाई साँचो मानेर जाने हो भने मारिदिन्छु भनेको त सिरियस कुरा हो। त्यो साँचो हुँदैन। कहिलेकाँही पत्रकारहरूले यस्तो गरिदिन्छन्, अनेक झोंक चल्या बेला।

त्यहाँ पुगिसक्यो र देश ? के हामी साँच्चै त्यहीँ छौ तरु के हामी घुम्न हिँड्ने बेला भयो त? त्यस्तै बन्द समाज कर्फ्यू त्यस्तै तानाशाही त्यस्तो छ र ? नेपाल पहिले कहिलेभन्दा शान्ति सुव्यवस्थाको हाम्रो स्थिति छ। यो साँचो हो। तपाईंहरूले देख्नुभएको छ। यद्यपि विप्लव नामको एउटा समूह पैसा लुट्नका निम्ति आतंक मच्चाएर हिँड्छ राजनीतिका नाममा। म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु, लेख्न तपाईंहरू स्वतन्त्र हुनुहुन्छ। तर, ज्यान मारेर विध्वंश मच्चाएर आतंक मच्चाएर आतंककारी क्रियाकलाप चलाएर पैसा वसुलउपर गर्ने क्रियाकलापलाई बढवा दिने काम कृपया नगर्नुहोला। हामी सबैका लागि हानिकारक कुरा हो यो। नेपालमा के व्यवस्थाका लागि रेभोलुसन ? कस्तो व्यवस्थाका लागि रेभोलुसन ? त्यसकारण रेभोलुसनको कारण होइन कुरा अर्थ संकलनको हो। अर्थ संकलनको यस्तो विधि सभ्य समाजलाई स्वीकार्य हुँदैन मान्य हुँदैन र स्वीकार्न सकिँदैन। त्यसकारण सरकारको तर्फबाट हामीले खुलस्त भनेका छौँ।

तर पनि त्यसलाई हामीले नियन्त्रण गरेका छौं। यद्यपि बम बन्दुकसमेत समातेर ल्याउँदा नि छुट्छन्। अब त्यो हाम्रा समाजका पक्षहरू अनेक छन्। बम बन्दुकसमेत समातेर ल्यायो छुट्यो। यस्तो खालको। जसमा हामीले अझ गम्भीर हुन आवश्यक छ। हाम्रो यो सिंगो सामाजिक बनावट सिंगो सामाजिक र राज्यका सबै अंगहरू र समाजका सबै अंगहरू राज्यका मात्रै अंगको कुरा होइन राज्यका मात्रै अंगले यी चिजहरू गर्ने कुरा होयन। समाजका सबै अवयवहरूमा कस्तो एटिट्युड अपनाउने भन्ने राज्य देशका समाजवका सबै अवयवहरूको साझा दृष्टिकोण र साझा प्रयास हुन जरुरी छ। अनिमात्र समाज कस्तो निर्माण गर्ने भन्ने गर्नसक्छौ।

जहाँसम्म सरकार असहिष्णु छ भन्ने कुरा छ। सरकार असहिष्णु होइन, हुन सक्दैन। कहिले कहिले मैले पनि भन्छु तपाईंहरु कति साह्रो असहिष्णु ? मैले केही भन्नै नपाउने तपाईंहरूलाई ? अरुलाई सहिष्णु हुनुपर्छ, सुन्नुपर्छ, सुन्नै नसक्ने भन्ने तपाईंहरुको राम्रो कुराको प्रसंसा गर्ने मुटु छैन भन्दाखेरि उत्पात मच्चाउने ? किन त्यस्तो अहिष्णुता ? अलिअलि तपाईंहरू पनि त सहिष्णु हुनुस्।

तपाईंहरूले लेख्न, छाप्न, भन्न हुने। व्यंगचित्र पनि बनाउन हुने, कविता पनि बनाउन हुने, लेख पनि लेख्न हुने जे पनि छाप्न हुने। अति नै पो गरे हो साथीहरूले भन्यो भने लौ उत्पात भयो भन्ने ! अलिअलि हामीले पनि भन्न पाउनुपर्छ। हाम्रो बोल्ने कुराको पनि संरक्षण गरिदिनुस्। सरकार असहिष्णु हुनै सक्दैन। हामीले सानोतिनो मूल्य तिरेर यहाँ आइपुगेका छैनौं।