जनता टाइम्स

२६ चैत्र २०७६, बुधबार २२:१२

आहा ! मनमोहक पूर्ण चन्द्र


काठमाडौं, चैत २६

बुधबार राति नेपाली आकाशमा पूर्ण चन्द्रमा देखिएको छ । चैत्र शुक्ल पूर्णिमाका दिन आकाशमा पूर्ण चन्द्रको मनमोहक दृष्य देखिएको हो ।

काठमाडौंको आकाशमा चन्द्रमाको रङ फरक किसिमको देखिएको थियो । यो फरक रंगले खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित गराएको ज्योतिष शास्त्रका जानकारहरु बताउँछन् ।

शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेको यो अवस्थामा देखिएको पूर्ण चन्द्र मंगलबारको जस्तो पूर्ण रुपमा फरक नदेखिएको भएपनि बुधबारको चन्द्रमा र काठमाडौैंको आकाश भने निकै सुन्दर देखिएको छ ।