काठमाडौं, साउन ३ । प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपालले सरकारप्रति आभार प्रकट गरेको छ । मञ्चले शुक्रवार पत्रकार सम्मेलन नै गरी बैदेशिक रोजगार ब्यवसायीको पीडामा मलम लगाउँदै समस्या समाधान गरेको भन्दै सरकारप्रति आभार प्रकट गरेको हो ।
सरकारले मञ्चकै मागका आधारमा ऐन संशोधन गरी समस्या समाधान गरेको थियो । बैदेशिक रोजगार ऐन २०६४ को सशोंधित ऐन २०७५ मा ईजाजत पत्र नवीकरण गर्दा प्रतिवर्ष १०० जना कामदार अनिवार्य पठाउन पर्ने भएकोमा अघिल्लो आर्थिक बर्षमा नेपालीहरुको प्रमुख श्रम गन्तब्य मुलुक मलेसिया बन्द भएको र यस बर्ष कोभिड–१९ का कारण विश्वब्यापी लकडाउन भएकोले यसबाट ५१३ वटा ईजाजतपत्र प्राप्त संस्था १०० जना कामदार पठाउन नसकि खारेजी उन्मुख भएकोले ती संस्थाहरुबाट सरकारलाई बुझाएको नगद तथा बैंक ग्यारेन्टी रकम जोखिममा परी हालसम्म ती ब्यवसायीहरुले गरेको लगानी र मेहनत खेर जाने अवस्थामा पुगेकोले यस प्रतिकुल परिस्थितिलाई मध्यनजर गरी बैदेशिक रोजगार ब्यवसायीहरुको ईजाजतपत्र १ बर्षका लागि नवीकरण गर्न नेपाल सरकार, मन्त्रिपरिषद्ले बैदेशिक रोजगार ऐन २०६४ को बाधा अड्काउ फुकाउने दफा ८२ प्रयोग गरी सबै ईजाजतपत्र प्राप्त कम्पनीहरुका ईजाजतपत्र नवीकरण गर्ने निर्णय सरकारले गरेको हो । बैदेशिक रोजगार ब्यवसायी संघले ब्यवसायीको मागमा कुनै पहलकदमी नलिएपछि मञ्चले बिभागीय मन्त्री र प्रधानमन्त्रीलाई समेत भेटेर समस्याबारे जानकारी गराएको थियो ।
यस्तो छ बिज्ञप्ती
बैदेशिक रोजगार ऐन २०६४ को सशोंधित ऐन २०७५ मा ईजाजत पत्र नवीकरण गर्दा प्रतिवर्ष १०० जना कामदार अनिवार्य पठाउन पर्ने भएकोमा अघिल्लो आर्थिक बर्षमा नेपालीहरुको प्रमुख श्रम गन्तब्य मुलुक मलेसिया बन्द भएको र यस बर्ष कोभिड–१९ का कारण विश्वब्यापी लकडाउन भएकोले यसबाट ५१३ वटा ईजाजतपत्र प्राप्त संस्था १०० जना कामदार पठाउन नसकि खारेजी उन्मुख भएकोले ती संस्थाहरुबाट सरकारलाई बुझाएको नगद तथा बैंक ग्यारेन्टी रकम जोखिममा परी हालसम्म ती ब्यवसायीहरुले गरेको लगानी र मेहनत खेर जाने अवस्थामा पुगेकोले यस प्रतिकुल परिस्थितिलाई मध्यनजर गरी बैदेशिक रोजगार ब्यवसायीहरुको ईजाजतपत्र १ बर्षका लागि नवीकरण गर्न नेपाल सरकार, मन्त्रिपरिषद्ले बैदेशिक रोजगार ऐन २०६४ को बाधा अड्काउ फुकाउने दफा ८२ प्रयोग गरी सबै ईजाजतपत्र प्राप्त कम्पनीहरुका ईजाजतपत्र नवीकरण गर्ने निर्णय गरेकोमा यस प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपाल हार्दिक आभार ब्यक्त गर्दछ ।
प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपालको पहलकदमीमा प्राप्त उपलब्धी तथा सम्पन्न गरिएका कार्यहरुः
१. बार्षिक १०० जना कामदार नपठाएकै कारण ईजाजतपत्र नवीकरण नहुने बाध्यकारी अवस्थालाई समाधान गर्न यस मञ्का पूर्व अध्यक्ष श्री हरि बहादुर पाण्डे क्षेत्रीको संयोजकत्वमा एक समिति गठन गरि सम्माननीय प्रधानमन्त्रीज्यु तथा मन्त्रि परिषद्को कार्यालय, ने.क.पा अध्यक्षज्यु, वरिष्ठ नेताज्युहरु, ने.क.पा. केन्द्रिय सचिवालाय, माननीय उप–प्रधान तथा रक्षामन्त्रीज्यु, माननीय अर्थमन्त्रीज्यु, माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यु लगायत सम्वन्धित निकायहरुमा समस्या समाधान गर्न पहल गरिएकोमा मिति २०७७/०३/२९ गते नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट बैदेशिक रोजगार ऐन २०६४ को बाधा अड्काउ फुकाउँन दफा ८२ प्रयोग गरि १ बर्षका सम्पूर्ण ईजाजतपत्र प्राप्त संस्थाहरु नवीकरण गराउँन महत्वपूर्ण भूमिका खेलेको ।
२. कोभिड–१९ का कारण देशले विषम परिस्थितिको सामान गरिरहेकोमा यस मञ्च बाट ब्यवसायीक सामाजिक उत्तरदायित्व (CSR) अन्र्तगत श्री हेम बहादुर गुरुङ्गको संयोजकत्वमा एक “आर्थिक ब्यवस्थापन” समिति गठन गरि नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार” कोषमा ३५ लाख ३३ हजार रुपैया रकम हस्तान्तरण गरिएको ।
प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपाल द्वारा बैदेशिक रोजगार ब्यवसायीहरुका समस्या समाधानका लागि गरिने पहलहरु :
१. बैदेशिक रोजगार ऐनलाई समय सापेक्ष परिमार्जन गर्दै ऐनमा ब्यवस्था भएको बार्षिक १०० जना कामदार नपठाएका कारण ईजाजतपत्र नवीकरण नहुने अवस्थाको ऐन संशोधन गरि दीर्घकालीन समाधान खोज्ने ।
२. बैदेशिक रोजगार ब्यवसायीहरुले हाल लिईरहेको रु. १०,०००/– सेवा शुल्क अन्त्यन्त न्युन भएको कारणले यस ब्यवसाय सञ्चालन गर्न कठिन भएको साथै अन्तर्राष्ट्रिय प्रचलन तथा श्रम बजारमा नेपालका प्रतिष्पर्धी अन्य मुलुकहरुको जस्तै श्रमिकले प्राप्त गर्ने १ महिनाको तलव बराबरको सेवा शुल्क लिन पाउँन पर्ने ब्यवस्थाको पहल गर्ने ।
३. यस विषम परिस्थितिमा ब्यवसायीहरुले राखेको बैंक ग्यारेन्टीलाई कायम नै राखेर नगद धरौटी रकम निश्चित समयको लागि फिर्ता गराउँन तथा ब्यवसाय सञ्चालन गर्नका लागि ब्यवसायीहरुको ईजाजत पत्र धितो राखिसहुलियत दरमा ब्यवसायिक कर्जा उपलब्ध गराउँनको लागि पहल गर्ने ।
४. बैदेशिक रोजगार नियमावली २०६४ मा भएको पाचौं सशोंधिनले बैदेशिक रोजगार ब्यवसायी तथा नीजका एकाघरका परिवारहरुले यस ब्यवसाय सँग सम्वन्धित अन्य ब्यवसाय सञ्चालन गर्न नपाउने जस्तो बन्देजयुक्त ब्यवस्थाले यस क्षेत्रमा लामो अनुभव भएर पनि यसै सँग सम्वन्धित अन्य ब्यवसाय सञ्चालन गर्न रोक लगाएको तथा नागरिकले स्वतन्त्र रुपमा ब्यवसाय गर्न पाउने मौलिक हक प्रतिवन्धित भएकोले यस बाध्यकारी नियमलाई संशोधनको पहल गर्र्नेे ।
५. गन्तब्य मुलुककोसरकारले निर्धारण गरेको तलव तथा सेवा सुविधाका आधारमा मागपत्र प्रमाणिकरणको ब्यवस्था मिलाउन पहल गर्ने ।
६. बैदेशिक रोजगारीमा जाने श्रमीकहरुको अन्तिम श्रम स्विकृती रोजगार करार पत्र (Employment Contract Paper) अनुसार नै दिन पहल गर्ने ।
७. जापानको रोजगारीमा नेपाल–जापान सरकार बीच G to G माध्यमबाट कुनै पनि नेपाली श्रमीकहरुजापान जान नसकेको र यसबाट लाखौंको संख्यामा जापान जानका लागि भाषा सिकेर प्रतिक्षामा बसेका नेपालीहरुको लगानी, समय र भविष्य अन्यौलमा परेकोले ईजाजतपत्र प्राप्त बैदेशिक रोजगार ब्यवसायीहरु बाट सबै खाले श्रमीकहरु जापान पठाउन मिल्ने गरि नेपाल–जापान बीच भएको श्रम सम्झौंतामा पुनरावलोकन गरेर यथाशक्य चाडो यसको ब्यवस्थापन मिलाउँन पहल गर्र्ने । साथै JITCO को सँग आवद्ध रहेर प्रशिक्षार्थी कामदार पठाउन माग प्रमाणिकरण गर्दा जापान स्थित नेपाली दुतावाँसले एक पटकमा १० जना मात्रै प्रमाणिकरण गर्दै आएकोमा जापानी रोजगारदाताको माग अनुसारको संख्यामा नै मागपत्र प्रमाणिकरण गर्नको लागि पहल भईरहेको ।
८. नेपालीहरुको आकर्षक रोजगारीको गन्तब्य मानिएका युरोपेली मुलुकहरुमा मागपत्र प्रमाणिकरणलाई सहज बनाउने र प्रमाणिकरणको समय सीमा तोकि छिटो छरितो र चुस्त बनाउँन पहल गर्ने ।
९. नेपाली दुताँवास नभएका युरोपेली मुलुकहरुबाट आउने मागपत्रहरु त्यहाँको आधिकारीक चेम्वर्स अफ कर्मस बाट वा सो मुलुकको परराष्ट्र मन्त्रालयले गरेको प्रमाणीकरणलाई मान्यता दिन पहल गर्ने।
१०. Private Public Partnership Program अन्र्तगत तालिम केन्द्र स्थापनाको पहल गर्ने ।
कोभिड–१९ का कारण देशको अर्थतन्त्रमा नै ठूलो असर परिसकेको यस विषम परिस्थितिमा देशको अर्थतन्त्रको मेरुदण्ड मानिने बैदेशिक रोजगार क्षेत्रका ब्यवसायीकाहरुका ईजाजतपत्र प्राप्त संस्थाहरु नवीकरण हुने ब्यवस्था मिलाईदिने तथा यसका लागि चासो ब्यक्त गर्ने सम्माननीय प्रधानमन्त्रीज्यु तथा मन्त्रि परिषद्को कार्यालय, ने.क.पा अध्यक्षज्यु, वरिष्ठ नेताज्युहरु, ने.क.पा. केन्द्रिय सचिवालाय, माननीय उप–प्रधान तथा रक्षामन्त्रीज्यु, माननीय अर्थमन्त्रीज्यु, माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यु तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मन्त्रालयद्वारा गठित “१०० संख्या समस्या समाधान समिति” का संयोजक तथा सदस्यज्युहरु र बैदेशिक रोजगार विभागलाई यस प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपाल हार्दिक कृतज्ञता ब्यक्त गर्दछ ।
बार्षिक १०० जना कामदार नपठाएकै कारण ईजाजतपत्र नवीकरण नहुने बाध्यकारी ब्यवस्थाको समाधानको प्रयासमा अहोरात्र खट्नु भएका प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपालका संयोजक तथा सह–संयोजक, मञ्चको सचिवालय, मञ्च द्वारा गठित “१०० संख्या समिति” का संयोजक तथा उक्त समितिमा आवद्ध सदस्यहरु, “राजनीतिक समस्या र संवाद समिति” का संयोजक तथा उक्त समितिमा आवद्ध सदस्यहरु, ब्यवसायीक सामाजिक उत्तरदायित्व (CSR) अन्र्तगत बनेको “आर्थिक ब्यवस्थापन” समितिका संयोजक तथा उक्त समितिमा आवद्ध सदस्यहरु, यस मञ्चका संस्थापक अध्यक्षज्यु, पूर्व अध्यक्ष ज्युहरु, सल्लाहाकार ज्युहरु तथा निर्वतमान कार्यसमिति, बैदेशिक रोजगार ब्यवसायी संघका पूर्व अध्यक्षज्यु तथा निवर्तमान अध्यक्ष ज्यु, बैदेशिक रोजगार ब्यवसायी संघ, यो सिलसिलामा जिम्मेवारी सहित आफ्नो उपस्थिति देखाउनु हुने क्षेत्रीय, भेगीय तथा जातीय संघ संगठनहरु यसैगरि आ–आफ्नो स्थानबाट यस कार्यमा संलग्न हुनुभएका र सहयोग पुर्याउँनु हुने ब्यवसायी नेता ज्युहरु, ब्यवसायी ज्युहरु, कानूनी सल्लाहकार ज्युहरु तथा यस विषम परिस्थिति लाई मध्यनजर गरेर आम ब्यवसायीलाई परेको असहज परिस्थितिका बारेमा समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरु सबैलाई यस प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपाल उच्च सम्मान सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
राम प्रसाद भान्तना, संयोजक
राजेन्द्र भण्डारी, सह–संयोजक
प्रतिक्रिया दिनुहोस्