जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार १९:११

कोरोना संक्रमितको उपचारमा निरन्तर खटिएका चिकित्सकको हृदयबिदारक बयान, थामिदैन कसैका मन


उसको पार्थिव शरीर छेऊ न कोही आउन पाउँथे नत कोही आफन्त नै थिए । सोधेँ नर्सलाई उसका कोही आफन्त छन ? नर्सले कोही नभएको जवाफ दिईन । त्यसपछि नर्सले त्यो निधन भएका ब्यक्तिको बास्केट बलको जर्सी टिसर्ट, हाफपेण्ट र जुत्ता प्लास्टिकमा हालेर उसकै छेऊमा राखिन । उसगँ सम्पत्तिको नाममा त्यति रहेछ र आफन्तमा आँफैं मात्रै

यी रुँदै गरेका व्यक्तिका कोही आफन्त कोरोना संक्रमणले मरेका छैनन । कोरोना संक्रमित परिवारमा छन भनेर रोएका पनि हैनन । तर एक लाख ५७ हजार भन्दा बढी अमेरिकन नागरिक कोभिड–१९ बाट मरेका र साढे चार मिलियन संक्रमित भएका बचाउन खोज्दा खोज्दै नसकेर, देखेर, सुनेर र पढेर रोएका हुन । अझ यो रुवाईले हामीलाई नै विचलित बनाउँछ अझै । गत हप्ता यिनले आफ्नो चिकित्सा पेशाको पूरा अवधिमा बिभिन्न बिराम र बिपत्तिबाट मरेका मान्छेहरूको मृत्यु दर्ता प्रमाणपत्रमा जति दस्तखत गरेका थिए, त्यो भन्दा बढी कोरोनाबाट निधन भएका बिरामीहरुको डेथ सर्टिफिकेटहरूमा दस्तखत गरे एक हप्तामै । अब थाहा पाउनु भो होला यिनी के हुन ? को हुन भनेर । यिनी हुन्, डाक्टर जोसेफ भर्नन, ह्युस्टन युनाईटेड मेमोरियल मेडिकल सेन्टरका ह्युस्टन टेक्सासका चीफ मेडिकल अफिसर ।

जब यिनले गत हप्ता अहिलेसम्मकै नोकरी अवधिमा डेथ सर्टिफिकेटमा हस्ताक्षर गरे, आँशु थाम्न सकेनन, भक्कानो छोडेर रोए । तपाईंलाई अचम्म त लाग्ला नै अनि यो सुनेर सलाम गर्नु हुन्छ त्यो हो, उनी लगभग पाँच महिना भयो लगातार कुनै छुट्टी नलिई लगातार सातै दिन काम गरिरहेछन । आज १३५ दिन भयो, बिहान साढे चार बजेबाट काम शुरु गरेर बेलुकी साढे दश बजे काम सकेर घरका लागि निस्कन्छन । दिनको बीस घण्टा काम गर्छन, अनि भन्छन ‘खै कुनै शक्तिको कारण होला यति काम गर्दै छु तर त्यो पनि कम भएर जाँदैछ किनकी काम चुनौतीपूर्ण छ । मान्छे प्रत्येक दिन हैन, प्रत्येक क्षण मरिरहेछन ।’ उनी अस्पतालमा छिर्नासाथ सोझै कोरोना बिरामीहरुको बेडमा जान्छन, त्यही आफ्ना टीमलाई भेट्छन र विरामीको अवस्थाबारे जानकारी लिन्छन् ।

चिकित्सा पेशाका मान्छेहरू अझ बिशेष गरेर चिकित्सक कठोर हुन्छन, हुनुपर्छ तर उनी कोरोना बिरामीको बेडमा बसेर कुराकानी गर्छन्, अंगालो मार्छन्, तीतामीठा र रमाईला कुरा गर्छन । लाईभ भिडियोमा बिरामीका आफन्तहरुसगँ सगैँ बसेर बिरामी र आफन्तलाई ढाडस् दिंदै कुराकानी गर्छन । बीस घण्टा दैनिकी काममा, दश घण्टा कोरोना संक्रमितलाई र बाँकी समय अरू बिरामी र थोरै दैनिक प्रशासनलाई दिन्छन ।

‘लाग्छ दश बजे अघि घर पुगेँ भने म लक्की नत्र प्रायः मध्यरातसम्म यिनै बिरामीसगँ बिताउँछु,’ डा. भर्नन भन्छन, ‘सबैलाई बचाउने विचार गर्छु तर व्यवहारमा नहुने रहेछ कठोर निर्णय लिनु पर्ने, कहाँ सबैलाई बचाउन सकिने रहेछ ?, मृत्यु सबैलाई क्रुर र दुःखदायी हुन्छ, म मात्रै कहाँ रुन्छु ? मेरा नर्सहरू डाँको छोडेर रोएका छन । पी पी ई, मास्क र गाउन बारबार र सधैं लाउनु पर्ने कारणले चिन्तित मात्रै हैन, मेरो जस्तै उनीहरुको पनि दैनिकीले थकित छन, विचलित । कतिले घर परिवार संसार र समर त्यागेका छन, कतिका घरमा नै बिरामी छन् वा अरू समस्या छन् त कसैका आफन्त स्वयं कोरोना संक्रमित छन । त्यतिमात्रै कहाँ र ? काम सकिएर गएपछि आफ्नालाई भाईरस सर्ने भयबाट भयभित छन । यी यस्ता पीडाले मेरा टीम र नर्सहरू काम गर्दा गर्दै बीचैमा अकस्मात रून थाल्छन, आफ्नो टीमबारे यसरी भन्छन् उनी । मेरा तीन जना नर्सहरुलाई पनि देखियो कोरोना । एकजना नर्सले त म जस्तै अहिलेसम्म विदा लिएकी थिईनन, त्यसको मतलव उनीलाई यहीबाट सर्यो, त्यसपछि सुरक्षित उपायहरु र साधनहरुलाई अझ व्यवस्थित र प्रभाबकारी बनाउन लागेको छु ।’

डा. भर्नन कोभिड–१९ को बारेमा खुला रूपमा बोल्ने डक्टर हुन । ‘यो न होक्स हो नत कन्सिपिरेसी थियोरी, यो रियल थिँग हो । मान्छे साँच्चै मर्दै छन । अत मास्क लगाऊँ, सोसल डिस्टेन्समा बसूँ, हात साबुन पानीले राम्ररी धोऊँ र यो नै यतिमात्रै उपाय हो,’ उनी भन्छन, ‘तिमीलाई भनौं राती जब कामबाट फर्केर घर जाँदै थिएँ, एक आउट डुवर मलमा सयौं मान्छे भेला भएर भोज गर्दै थिए नाईट पार्टी । नत सोसल डिस्टेन्स न मास्क । मान्छे सुन्दैनन अनि भकाभक मर्दैछन ।’

मैले मृत्यु देखेको मात्रै हैन, पीडादायक र मृत्युवरण गर्दा कोही छेऊमा नदेखेर विचलित पनि भएको छु । एकजना मेरो कोरोना संक्रमित बिरामीको निधन भयो । उसको पार्थिव शरीर छेऊ न कोही आउन पाउँथे नत कोही आफन्त नै थिए । सोधेँ नर्सलाई उसका कोही आफन्त छन ? नर्सले कोही नभएको जवाफ दिईन । त्यसपछि नर्सले त्यो निधन भएका ब्यक्तिको बास्केट बलको जर्सी टिसर्ट, हाफपेण्ट र जुत्ता प्लास्टिकमा हालेर उसकै छेऊमा राखिन । उसगँ सम्पत्तिको नाममा त्यति रहेछ र आफन्तमा आँफैं मात्रै । ‘यो देखेर म आहत त भएँ तर यस्तो कठोर मृत्यु हुन्छ भन्दा, सुन्दा र देख्दा पनि मान्छेले नसुन्दा, नदेख्दा, नमान्दा र नटेर्दा दिक्क लाग्ने मात्रै हैन, कहिलेकाहीँ रिस पनि उठ्छ,’ अनुहार रातो पार्दै उनी भन्छन ।