काठमाडौं, साउन २३
बेरुतमा करिव एक सय ५० जनाको ज्यान जाने गरी भएको विस्फोटको कहानी शुरु भएको थियो, सात वर्ष पहिला । रुससँग सीमा जोडिएको एउटा देश छ जर्जिया । ब्लाक सीको नजिक बातुमी नामको एउटा शहर छ ।
सेप्टेम्बर २०१३ मा बातुमी शहरको बन्दरगाहबाट रोसस नामको एउटा पानीजहाज हिड्छ । यसलाई पठाएका थिए इगोर रेसोसक्की नामका एक रसियन व्यापारीले । यो जहाजमा थियो २ हजार सात पचास मेट्रिक टन अमोनियम नाइट्रेट । केमिकलको यो परिणाम खरिद गरेको थियो बिस्फोटक पदार्थ बनाउने मोजाम्बिकको फेब्रिका एक्प्लोसिभ द मोजाम्बिक नामक कम्पनीले । सो कम्पनीले ति व्यापारीलाई एक लाख डलर भुक्तानी गरेको थियो ।
जहाज आफ्नो कार्गो लिएर हिड्यो तर यो गन्तब्य मोजाम्बिक पुगेन । किनकी यो जहाजमा धेरै समस्या थिए । करिव ४० वर्ष पुरानो जहाज, भाडा पूर्णरुपमा नदिएको, क्रु मेम्बरलाई बाटोमा खानापानीको लागि समेत पर्याप्त रकम थिएन । भाडाका विषयमा क्रु मेम्बरको ति व्यापारीसँग लगातार झगडा भईरहेको थियो । यसैक्रममा जहाज इन्धन भर्नका लागि ग्रिसमा रोकियो ।
यहाँबाट जहाज स्वेज नहर पार गर्दै अफ्रिका जानुपर्ने थियो । तर, सो नहर पार गर्न ट्याक्स तिर्नुपर्ने नियम छ । क्रु मेम्बरले सो ट्याक्स तिर्ने रकम आफुहरुसँग नभएको भन्दै व्यापारीसँग पैसा मागे । तर, ति रसियन व्यापारीले आफुसँग पैसा नभएको बताए । उनले नै सो जहाज बेरुत लैजान भने ।
त्यहाबाट ठुला ठुला मेसिन भएका कार्गो हाल र त्यसबाट आउने रकमले जहाजको खर्च गर भनेर ति व्यापारीले भने । १३ नोभेम्बर २०१३ मा सो जहाज बेरुत बन्दरगाह पुग्यो । क्रुले त्यसपछि ति ठुला मेसिन हाल्ने प्रयास गरे । तर, मेसिन जहाजको कार्गो राख्ने ठाउमा अटेनन् । काम नभएपछि बेरुत बन्दरगाहमा जहाज राखेको रकम समेत तिर्ने उनिहरुसँग पैसा थिएन् ।
कास इजरायलले नै यो विस्फोट गराएको होस्, यो बर्बादी विदेशीले गराएको भए आफैले आफैलाई सान्तवना दिन त मिल्थ्यो । कि युद्धको सिकार भइयो । तर, यहा त बर्बादीका लागि आफ्नै सिस्टम जिम्मेदार छ ।
बन्दरगाहका अधिकारीले जहाजको निरिक्षण गरे । निरिक्षणको क्रममा उनिहरुले पत्ता लगाएकी यो जहाज त सामुद्रिक यात्राका लागि लायक नरहेको अवस्थामा पाए । रकम नतिरेपछि क्रु मेम्बरलाई पक्राउ गरियो । उनिहरु पछि अदालतको आदेशबाट स्वदेश फर्किन सफल भए । तर, त्यत्ति ठुलो अमोनियम नाइट्रेट भने जफत गरियो । यसलाई बेरुत पोर्टको हेन्गर नम्बर १२ मा राखियो ।
बेरुतको सुरक्षा अधिकारी र कस्टम विभागले यो अमोनियम नाइट्रेट हटाउन पटक पटक अदालतलाई पत्र समेत लेखेका थिए । ति अधिकारीले यस्तो खतरनाक बस्तुलाई कि देशको बाहिर पठाउन कि सुरक्षित तरिकाले डिस्फोज गर्न भनेका थिए । उनिहरुले यसरी नै राखेमा यो कुनै दिन निक्कै खतरनाक हुने चेतावनी समेत पत्रमा लेखेको वासिंगटन पोष्टले आफ्नो समाचारमा उल्लेख गरेको छ । तर, अदालत र सरकारी अधिकारीले कुनै जवाफ दिएनन्, भने त केवल कुनै दिन यसको लिलामी हुन्छ ।
लामो समयदेखी राखेकाले अमोनियम नाइट्रेट डिकम्पोज भईरहेको थियो । जसको कारण यो निक्कै खतरनाक हुदै थियो । यो विस्फोटक पदार्थसँग हिजबुल्लाको पनि सम्बन्ध रहेको बताइएको छ । बेरुत बन्दरगाह हिजबुल्लाको गढ जस्तै मानिने गरेको र सो अमोनियम नाइट्रेट पनि सोही संगठनले प्रयोग गर्न चाहिरहेको दाबी अन्तराष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।
यसैक्रममा ४ अगष्ट २०२० मा अमोनियम नाइट्रेटसँगै रहेको एक भवनमा आगो लाग्यो । त्यसैक्रममा त्यहा विस्फोट भयो । विस्फोट यति भयानक थियो कि, त्यहाबाट करिव २३४ किलोमिटर टाढा रहेको साइप्रसमा समेत भुकम्पको झट्का र विस्फोटको आवाज सुनिएको थियो ।
हुन त बेरुत विगतमा सात पटकसम्म ध्वस्त भएर फेरी आफै खडा भएको शहर हो । तर, अहिले त्यहाका बासिन्दा भन्दैछन्, ‘कास इजरायलले नै यो विस्फोट गराएको होस्, यो बर्बादी विदेशीले गराएको भए आफैले आफैलाई सान्तवना दिन त मिल्थ्यो । कि युद्धको सिकार भइयो । तर, यहा त बर्बादीका लागि आफ्नै सिस्टम जिम्मेदार छ ।’ (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्