जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १३:००

७५/७६ को आर्थिक परिसुचक सकरात्मक : अर्थमन्त्री खतिवडा (पुर्णपाठ)


काठमाडौं, जेठ १३

अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षमा मुलुकमा अधिकांस आर्थिक परिसुचक सकरात्मक नै रहेको प्रष्ट पार्नुभएको छ । राजनीतिक स्थायित्व संगै मुलुकमा लगानिको वातावरण , विद्युतको नियमित उपलब्धता, स्थानीय तहबाट पनि विकासका गतिविधी अगाडि बढ्दा समग्र अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा बढेको उहाँको भनाई छ । चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान रहेको र यस वर्षको फागुन मसान्त सम्ममा मुद्रा स्फिती ४.२ प्रतिशत रहेको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।

यस्तो छ अर्थमन्त्री खतिवडाको भनाई

चालु आर्थिक वर्षमा मुलुकमा अधिकांस आर्थिक परिसुचक सकरात्मक नै रहेका छन् । राजनीतिक स्थायित्व संगै मुलुकमा लगानिको वातावरण , विद्युतको नियमित उपलब्धता, स्थानिय तहबाट पनि विकासका गतिविधी अगाडि बढ्दा समग्र अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा बढेको छ । चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भीक अनुमान छ । यस वर्षको फागुन मसान्त सम्ममा मुद्रा स्फिती ४.२ प्रतिशत रहेको छ । आर्थिक क्रियाकलापमा भएको वृद्धिको कारण प्रतिव्यक्ति आम्दानी बढेको छ । कुलग्रस्थ उत्पादनको वृद्धि संगै बचत गर्ने क्षमतामा पनि वृद्धि भएको छ । धेरै वर्ष पछि आन्तरिक बचतले कुल ग्राहस्थ उत्पादनको २० प्रतिशत नाघेको छ । यसले राष्ट्रिय पुँजी निमार्णमा उल्लेख्य योगदान पुगेको छ ।

शिक्षा, स्वस्थ्य, उर्जा, भौतिक पूर्वधार , भुकम्प पछिको पुननिमार्ण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एबम भौतिक पूर्वधारको सुदृढ आधार निमार्ण हुँदै गरेको देखिएको छ । आन्तरिक तथा बाह्य लगानी गर्न नीतिगत एवम कानुनी सुधारले दीगो र उच्च आर्थिक वृद्धिको मार्ग स्पष्ट हुँदै गएकोे छ । उच्च लगानीको लागि औद्योगिक एवम पुँजिगत सामग्रीको आयत बढ्दै जाँदा र निर्यातको आकार सिमित हुँदा उच्च व्यपार घाटा कायम नै रहेको छ । यसबाट सोधानान्तर स्थीति र विदेशी विनिमयमा समेत चाँप परेको छ ।

उच्च आर्थिक वृद्धि सामाजिक तथा आर्थिक पूर्वधारमा भएको लगानि र विप्रेशण आप्रबाहमा भएको वृद्धिको कारण गरिबी क्रमिकरुपमा घट्दै गएको छ । निरपेक्ष गरिबी रहेको संख्या १८.७ प्रतिशतमा झरेको अनुमान छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान छ । प्रतिव्यक्ति खर्च योग्य आय भने १ लाख ५५ हजार पुग्ने अनुमान छ । यो वर्ष कुल लगानिमा २९ प्रतिशत वृद्धि भई २१ खर्ब ५७ अर्व हुने अनुमान छ । कुल ग्राहस्थ बचतको वृद्धि भन्दा कुल लगानीको वृद्धि उच्च रहदाँ बचत र लगानि बीचको अन्तर बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको फागुन सम्म कुल सरकारी खर्च यस अघिको आर्थिक वर्षको तुलनामा २.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब पुगेको छ । पुजिगत खर्च अपेक्षित रुपले हुनसकेको छैन । फागुन सम्ममा सघिंय विभाज्य कोष सघिय संचित कोषमा दाखिला भएको राजश्व ५ खर्ब रहेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सहि अवधिको तुलनामा २१.७ प्रतिशत बढी हो । फागुन सम्म वैदेशिक अनुदान तर्फ १३ अर्ब र ऋणतर्फ ९३ अर्ब वैदेशिक अनुदान प्रतिवद्धता भएको छ ।

सार्वजानिक ऋण ९ खर्ब ७८ अर्ब रहेको छ । यसमध्ये ३ खर्ब ८३ अर्ब आन्तरिक र ५ खर्ब ९५ अर्ब बाह्य रहेको छ । यस अवधिमा वित्तिय क्षेत्र स्थाइत्यका सुचक सबल रहेका छन् । फागुन सम्ममा ७ सय १३ स्थानमा वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंक तथा वित्तिय संस्थाको कुल शाखा ४ हजार ७ सय एक पुगेको छ । बीमा व्यवसाय गर्ने कम्पनीहरुमा आएको वृद्धि संगै बीमा व्यवसायको आकार र कारोबारमा विस्तार भएबाट फागुन सम्ममा १८ प्रतिशत नागरिक बीमाको पँहुचमा पुगेका छन् । धितोपत्र बजार सुधार उन्मुख छ ।

फागुन सम्ममा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धिभई ६१ अर्ब पुगेको भने वस्तु आयत २३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब पुगेको छ । यस अवधिमा वस्तु व्यपार घाटा ८ खर्ब ८८ अर्व रहेको छ । फागुन सम्ममा शोधानान्तर स्थिति ६९ अर्व घाटामा रहेको छ । यस अवधिमा चालुखाता १ खर्ब ९१ अर्बले घाटामा रहेको छ । विप्रेशण २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब पुगेको छ । श्रम स्वृकिति लिई बैदेशिक रोजगारिमा जानेको संख्या भने ३५.९ प्रतिशतले घटेको छ ।

२०७५÷७६को फागुन सम्ममा २ सय १८ उद्योगमा ११ अर्ब लगानी प्रतिबद्धता भई ७ हजार ९ सय रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । कुल जनसंख्याको ७७.८ प्रतिशत जनसंख्यामा विद्युत पुगेको छ । कुल विद्युत उत्पादन ११ सय ४२ मेगावाट रहेको छ भने कुल जनसंख्याको १८ प्रतिशतमा नविकरणिय उर्जाको पहुँच पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म १४ हजार १ सय २ कि.मी. कालोपत्रे, ७,८८१ कि.मी. खण्डास्मित र ९,४१० कि.मी. कच्ची सडक गरी कुल सडकको लम्बाई ३१ हजार ३ सय ९३ किलोमीटर रहेको छ। हुम्ला बाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन्।

राष्ट्रिय गौरवका आयोजनाहरू मध्ये चालु आर्थिक बर्ष भित्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण सम्पन्न हुनेछ भने पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ।

सन् २०१८ मा स्थलमार्गबाट आएका भारतीय पर्यटक बाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन्। हवाईमार्गबाट आउने पर्यटकको अंश ८२.८ प्रतिशत र स्थलमार्गबाट आउने पर्यटकको अंश १७.२ प्रतिशत रहेको छ।

भूकम्पपछि पुनर्निर्माणको काममा तीव्रता आएको छ। २०७५ फागुनसम्म करिब ६ लाख ५ हजार निजी घरको निर्माण अघि बढेको छ। २६२ सरकारी भवन, ४,२०१ विद्यालय भवन, ६४३ स्वास्थ्य संस्था भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनर्निर्माण सम्पन्न भएको छ।
संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संघ अन्तर्गतका कर्मचारीलाई तीन तहमा समायोजन गरिएको छ। यसले संघीयता कार्यान्वयन र सार्वजनिक सेवाप्रवाहमा थप योगदान पुगेको छ।

समग्रमा यो आर्थिक सर्वेक्षणले अर्थतन्त्रका सवल र सुदृढ हुँदै गएका तथा दिगो विकास र स्थायित्वका लागि थप प्रयास गर्नुपर्ने क्षेत्रहरूलाई समेटेको छ। यो सर्वेक्षण सार्वजनिक, निजी, सहकारी एवं सामुदायिक क्षेत्रको नीति निर्माण, अनुसन्धान र विश्लेषणका लागि उपयोगी हुने मैले विश्वास लिएको छु।