हाम्रो देशको सवल पक्ष भनेको नेपाली जनता धैर्यवान र राष्ट्रवादी हनु हो । धैर्यवान राष्ट्रवादी नेपाली जनता हुन । राज्य संचालनसँग सम्वन्धित सम्पूर्ण व्यक्ति तथा राजनैतिक पार्टीका मानिसहरुमा यो राष्ट्रवादी जीवन शैली अनिवार्य गर्न सकेको खण्डमा हाम्रो आर्थिक समृद्धि टाढाको विषय होइन । प्रधानमन्त्रीज्यू, यत्ति काम गरे ढाटा छैन आर्थिक समृद्धि
धनपति सापकोटा
नेपाल एक स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रका मामिलामा इतिहास कालदेखि नै छिमेकी राष्ट्र चीन तथा भारत भन्दा जेठो स्थानमा छ । भूपरिवेष्ठित अर्थात भारत चिन वेष्ठित राष्ट्र भएकोले आधुनिक वजार अर्थतन्त्रको आक्रमण हुन अघि पनि नेपालले आफ्नो श्रेष्ठता कायम गरेकै थियो । विश्व अर्थतन्त्रमा औद्योगीकरणको विकाससँगै अरु सामरिक दृष्टिले सुधिवाजनक भएका राष्ट्रहरुले विविध आयममा आफ्नो आर्थिक क्षेत्र विस्तार गरे । तर भूपरिवेष्ठित भएकै कारण नेपालले आफ्नो देशभित्र औद्योगिक गतिविधि गर्न अनुकुल परिस्थिति निर्माण त भएन नै दुई छिमेकी राष्ट्र औद्योगीकरणमा प्रवेश गरेपछि उपभोक्तावादी मानसिकताका कारण आफू त्यसतर्फ उन्नमुख भएन साथै तात्कालीन अवस्थामा नेपालमा विद्यमान राजनैतिक अवस्था पनि त्यसको निमित्त अनुकुल थिएन ।
शासक वर्गमा आधुनिक सुविधाजनक चिज वस्तुको उच्च आकांक्षा हुँदाहुँदै पनि आफ्नो मौलिक उत्पादन भन्दा पनि सात समुन्द्र पारीका स्तरीय चिज वस्तुको निर्वाध उपभोगको सुविधाले साथै आमनागरिकहरुलाई अन्धकारमै राखिराख्ने राष्ट्रिय नीति भएकै कारण त्यस दिशातर्फ सोच्न त के फर्केर हेर्नसमेत नदिने अवस्था सृजना गरिरह्यो । यस मेसोमा विश्व परिवेशको जोडदार धक्का, आन्तरिक राजनैतिक विग्रह विभेदीकरण तथा सिमिति जनतामा आएको राजनैतिक चेतनाको कारण २००७ सालको क्रान्ति सफल भई नियन्त्रित भए पनि नाम मात्रको प्रजातान्त्रिक युगको शुरुवात भयो । अन्य देशहरु जस्तै छिमेकी देश चीन र भारतले आफू स्वतन्त्र हुँदा जुन स्तरको शैक्षिक तथा प्राविधिक दक्षता हासिल गरिसकेका थिए भने हाम्रो देशमा ढुंङ्गे युगकै शैलीमा नेपाली जनता कृषि पेशाबाट जीवन गुजार्न वाध्य थिए । नेपाली जनताको राजनैतिक, आर्थिक, सामाजिक चेतनाको स्तरको साङ्गपाङ्ग हेक्का राखेका राजा महेन्द्रले विश्व परिस्थितिलाई कुटनैतिक वसमा राखि पुनः एक तन्त्रीय शासन व्यवस्था पञ्चायतका नाममा २०१७ सालमा स्थापना गरिछाडे ।
राणाहरुले आफ्ना वावु वाजेलाई अघोषित नजर वन्दमा राखेर शासन गरेको प्रत्यक्ष देखेका राजा महेन्द्रले राणाहरुको जस्तो विदेशीको पाउ भक्तिमा आश्रित भई आफ्ना जनताको अहोरात्र दोहन गर्नुको विपरित नेपाल र नेपालीलाई आत्मा निर्भर तुल्याउने आर्थिक नाराको आडमा राजनैतिक मामिलामा राणाकै शैलिलाई अनुसरण गरी विश्व राजनीतिको फाइदा उठाई देशभित्रका क्रान्तिकारीलाई अराष्ट्रिय तत्वको विल्ला भिराई आफू तथाकथित राष्ट्रवादी टोपलेरै भएपनि आफूले स्थापना गरेको शासन व्यवस्था ३० वर्षसम्म टिकाई छाडे । तथापि आर्थिक परनिर्भरतालाई घटाउने सन्दर्भमा राजा महेन्द्रले चालेका कदमहरु खासगरी ६० वटा भन्दा वढी संस्थानहरु जो उत्पादन वितरण तथा सेवाको क्षेत्रमा नेपाली अर्थतन्त्र तथा नेपाली जनतालाई आर्थिक टेवा पुग्ने गरी नै अर्थतन्त्रको जगलाई वलियो बनाउने कार्य गरेका थिए । जसले नेपालीले रगत पसिना वगाएर संचित गरेको धनले आधारभूत आवश्यकताका सामान किन्दा विदेशीको हातमा पुग्ने अवस्थामा थिएन । कतिपय चिजवस्तु छिमेकीको तुलनामा गुणस्तरीय सावित गरी नेपालले निर्यात समेत गर्दथ्यो ।
२०४६ सालको राजनैतिक परिवर्तन पश्चात राजनैतिक मात्र होइन, आर्थिक स्वतन्त्रता पनि आवश्यक छ भन्ने नाममा विश्व वजारमा प्रतिस्पर्धा त के मुखै देखाउन नसक्ने नेपालीहरुलाई बिश्व ब्यापार संगठन (डब्लुटिओ) को नाममा विश्व वजारको अर्थतन्त्रमा हेलि दिने कार्य भयो । हाम्रा स्थापित संस्थानहरुको भूमिकाको वारेमा शुन्य दृष्टि राखेर राणाकाल पछि पुनः गोरो छालको चाकरी गर्ने कार्य भयो । सन १९९५ मा स्थापित विश्व व्यापार संघमा नेपाल आवद्ध हुने कार्य भयो । त्यसै दिनबाट पूर्ण रुपेण विश्व वजारीकरणमा नेपाल प्रवेश गर्दा खेरी नेपालको आफ्नो उन्नतिको सवल क्षेत्र पहिचान त गरिएन नै । आफ्ना देशका श्रमिक तहका जनताको पनि कुनै अध्ययन गरिएन । आन्तरिक पुंजीको व्यवस्थापनको आन्तरिक वजारको तथा दिर्घकालीन अर्थतन्त्रको स्थायी जगको वारेमा पनि वास्ता गरिएन, सिर्फ विदेशबाट आउने सामानमा लाग्ने भन्सार शुल्कबाट उठ्ने राजश्व र गोरो छालाले उपलब्ध गराउने अनुदान, ऋण सहायताको भरमा मात्र शुन्य संचालन गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरियो ।
दोस्रो विश्व युद्ध पछि सामाज्यवादीहरुले परिवर्तन गरेको शैलीको रुपमा आएको डब्लुटिओ, खुल्ला वजार अर्थतन्त्र र वैदेशिक सहायता तथा अनुदानको रुपमा फिजाएको जाल भित्र पसेर देश संचालन गर्दा नै आफूलाई सफल अर्थमन्त्री भएको ठान्ने हाम्रा अर्थ मन्त्री डा. रामशरण महतलाई आर्थिक साम्राज्यवादीहरुले उत्कृष्ट अर्थमन्त्रीको उपाधि नै टक्र्याउनुले विषय स्पष्ट भएकै छ । तर नेपाली अर्थतन्त्र आत्मनिर्भर गराउने कुरा यथा स्थान मै रहेको अवस्थामा नेपालको संविधान २०७२ जारी गरेका वखत आफ्नो प्रभूत्व परिदृश्यमा ल्याउनकै लागि भएपनि भारतले नेपालमाथि आर्थिक नाकावन्दी लगाउँदा नेपाली जनताले थाहा पाएकी हामी आर्थिक रुपमा आत्मा निर्भरबाट कति टाढा गैसकेका रहेछौं ? तथापि नेपाली जनतामा आजका दिनसम्म आर्थिक पराधिनता विरोधी भावना जीवितै रहेको अवस्था छ । आफ्नो सरकारले ध्यान नदिएको आफ्नो श्रम वजार (जनशक्ति) ले आफैं भूमिका खोजी खाडी तथा तेस्रो विश्वसम्म आफ्नो वर्चश्व कायम गरेकै कारण नेपाली अर्थ विज्ञहरु लाजै पचाएर विदेशबाट आउने विप्रेशणको गणित माथि खेली रहेछन ।
आजको विश्वमा आएको कोभिड १९ को महामारीको प्रभावले श्रृजित आर्थिक मन्दिबाट माथि उल्लेखित परिस्थिति सबै भत्ताभूङ्ग भएको अवस्था छ । यो शिघ्र पुनस्थापित हुनु सम्भावना समेत देखिदैन । अधिकांश वैदेशिक रोजगारमा गएकाहरु विक्षिप्त मनस्थितिमा स्वदेश फर्केर सरकारको मुखताकि रहेका छन भने शिक्षा आर्जनको नाममा विदेश गएर रोजगार गरी रहेका भाई वहिनीहरुको पनि स्वदेश फिर्ता गमन करिब करिब सुनिश्चित छ । स्वदेशमा नै रहन वाध्य, घर व्यवहार नमिलेर । विदेश जान योग्य नदेखिएकाहरुकै आंकाक्षा संवोधन गर्न नसकि रहेको अवस्थामा यी सबैखाले वेरोजगार जनशक्तिको एक मुष्र्ठे आकांक्षा एकमुष्ठ रुपमा मुखरित हुने सुनिश्चित छ । हो यो अवस्थाको संवोधन गर्ने विषय सरकारसँग के छ ? वा सरकार हाल के कुरामा केन्द्रित रहेको छ ? मलाई लाग्छ, नेपालको मुख्य आर्थिक सम्भावनाको क्षेत्र भनेको कृषि हो ।
हाम्रा माक्र्सवादी कृषिमन्त्रीले यो दिशामा के योजना अघि सार्नुभयो ? त्यो त उहाँको विद्वताको सापेक्षतामा सुहाएको देखिन्न । त्यस्तै अर्को सम्भावनाको क्षेत्र पर्यटन हो तर केही वर्ष आन्तरिक पर्यटनमा नै अवरोध हुने परिप्रेक्षमा वाह्य पर्यटनको कुरा टाढा कै विषय हो । तेस्रो भनेको साना तथा मझौला उद्योग जसबाट उत्पादित चिज वस्तुले सर्वसाधारण नेपाली जनताको दैनिकीलाई सहज तथा व्यवहारिक बनाउँदछ । त्यसतर्फ पनि सम्वन्धित मन्त्री मन्त्रालयले सार्थक पहलकदमी लिएको देखिदैन । यस्तो अवस्थामा आज भारतले अतिक्रमण गरेको नेपाली भूभागको नक्सासम्म सार्वजनिक गर्दा हृदयको अन्तरकुनाबाट खुसी व्यक्त गर्ने नेपाली जनताका लागि देशका प्रधानमन्त्री स्वयंले सम्वन्धित मन्त्रालयका मन्त्री, सचिव लगायतका पदाधिकारीहरुलाई समयसीमा तोकी सबै मन्त्रालयहरुको ध्यान देशलाई आर्थिक आत्मनिर्भर बनाउनेतर्फ ठोस कार्य योजना बनाई समय सिमाभित्र कार्य प्रगति देखाउन लगाउनेतर्फ केन्द्रित गर्न जरुरी देखिन्छ ।
डब्लुटिओको वुख्याच्या देखाएर आफू केही नगरी सिमानामा रहेको भन्सार कार्यालयमा राजश्वको झोला थाप्नेमा मात्र आफ्नो ध्यान केन्द्रित नगरी नेपाली जनताले उत्पादन गरेको सामाग्री नेपालीले नै उपभोग गरी आयात प्रतिस्थापन गर्ने, नेपाली शिपको गुणस्तरीयता वृद्धि गर्ने, आधुनिक मिसिन तथा यन्त्रका उपयोग गर्ने, नेपालीहरुको उद्यमशिलतामा वृद्धि गर्ने, व्यवस्थापकीय क्षमता वृद्धि गर्ने र आत्म निर्भरताको मामिलामा एउटा राष्ट्रिय संकल्प गर्ने वेला आईसकेको छ । हामीभित्रै भएको क्षमता तथा संकल्पबाट धेरै कुरा गर्न सकिन्छ भन्ने केहि उदारण दिन चाहान्छु । नेपालीले औपचारिक÷ अनौपचारिक समयमा लगाउने भाद्रगाउँले टोपी, ढाका टोपी नेपाली उत्पादन हुन त्यसै गरी नेपाल मै उत्पादन भएको कोट किन नलगाउने (कमसेकम सरकारी कर्मचारीले) त्यस्तै जुत्ता, कार्यालय पोशाक, कार्यालय सामानमा नेपाली कागज जस्तै अन्य कागज आफ्नै किन प्रयोग नगर्ने ? विद्यालय तथा विश्व विद्यालयमा प्रयोग गर्ने हुन्थ्यो । हुने कागज प्रयोग गर्न डब्लुटिओले कहाँ रोकेको छ ?
नेपालका तारे होटेलहरुमा फापर÷कोदोको रोटी, नेपाली सखरखण्ड, तरुल, झापातिर पाउने चामलको पिठाको भक्का, थकालीले पकाउने रोटी, सबै नेपालीले खाने गुदुक, सिन्किको अचार, पेय पदार्थमा मोही, लसी, मध्य पश्चिममा खाने चुकाउनी, झ्वाई खट्टे पस्के कसो होला । सोमरस खाने विदेशी पाहुनाहलाई खसी, कुखुरा, वंगुर, सुगुर, टर्की, अष्ट्रिजको अलवा व्यवसायीक कालिज, वट्टाई, थारुले तयार पार्ने घुँगी परिकार पस्के कसो होला । सामान प्याकिङ्ग गर्ने विदेशी कागजको वदलामा नेपालको ग्रामीण समाजमा निर्माण हुने चोयाको पेरुङ्गो, प्रत्येक घर, कार्यालयमा नभै नहुने आयातित डष्टविनको वदलामा चोयाको आवश्यकता अनुसारको डालो, डोको, थुन्चे प्रयोगमा ल्याउन डब्लुटिओले कहाँ रोकेको छ ? मन्त्री, सचिवलाई राडीको दौरा सुरुवाल र अल्लोको कोट लगाउन, महिला पुरुष कर्मचारीलाई हेटौडा उद्योगको पोशाक लगाउन डब्लुटिओले कहाँ रोकेको छ ? युवाहरुलाई विदेशी सामाग्रीबाट वनेको चुइगम, गुड्खाको वदलामा नेपाली जडिवुटी वोजो, जेठीमधु सेवन गर्न डब्लुटिओले कहाँ रोकेको छ ? हाम्रो घरेलु साधन श्रोतबाट वनेको कपडाको झोला सरकारी कामकाजमा प्रयोग गर्न र सारा विद्यार्थीले पुस्तक वोक्ने कार्यमा प्रयोग गर्न डब्लुटिओले कहाँ रोकेको छ ? कुखुरा, अण्डा जस्तै खसीको मासु उत्पादन गरी आन्तरिक खपतको लागि आपुर्ति गर्न डब्लुटिओले कहाँ रोकेको छ ?
राणाकालसम्म चल्तिमा रहेको फलाम, तामा जस्ता धातु आन्तरिक खानीबाट आपुर्ति गर्न डब्लुटिओले कहाँ रोको छ ? सरकारी तथा अर्धसरकारी कार्यालयमा स्वदेशी फर्निचर प्रयोग गर्न डब्लुटिओले कहाँ रोकेको छ । कृषि कार्यमा प्रयोग हुने औजारलाई नेपालको माटो तथा भूगोल सुहाउँदो वनाउन नेपाल कै विज्ञान प्रविधी मन्त्रालयले आविष्कार गर्न डब्लुटिओले कहाँ रोकेको छ ? वाख्रापालनमा दिइने अनुदानबाट तथा कथित ग्रामिण क्षेत्रको नक्कली वाख्रापालकलाई अनुदान दिएर अनुदानको रकमबाट राजधानीमा गाडी चड्ने परिपाटी रोक्न डब्लुटिओले कहाँ रोकेको छ ? वास्तविक कृषकको हातमा अनुदान पुर्याएर किशानलाई उत्प्रेरणा दिएर आयात प्रर्तिस्थापन गर्न डब्लुटिओले कहाँ रोकेको छ ? नेपाली दुध बाटै नेपालमा तयार हुने मिठाई उत्पादन गर्न कृषकलाई उत्प्रेरणा दिन डब्लुटिओले कहाँ रोकेको छ ? नेपाल जस्तै जैविक विविधता भएको देशमा विश्वस्तरीय विश्व विद्यालय स्थापना गरी शैक्षिक पर्यटनमा क्रान्ति ल्याउन तथा भारत, थाइल्याण्ड तथा सिंगापुर स्तरीय अस्पताल निर्माण गरेर स्वास्थ्य पर्यटनलाई वढावा दिन डब्लुटिओले कहाँ रोकेको छ ?
यस्तै यस्तै हजारौ चिज वस्तु हुन सक्दछन जो नेपाली श्रम र नेपाली प्रविधी, नेपाली चिज वस्तुको प्रयोगबाट हामी खरवौको आयात प्रतिस्थापन गर्न सक्दछौं । हाम्रो उर्जा प्रयोग गरेर निजी तथा सार्वजनिक यातायातलाई ग्रिन सवारी बनाउ अब बाटो खुलेको छ यसमा डब्लुटिओले कहाँ वाधा गरेको छ ? प्राय एक बालीमा सिमिति हाम्रो तराई क्षेत्रमा वाह्रै काल मौषमी वेमौषमी सघन वाली लगाउन नेपाली कृषकलाई उत्प्रेरित गर्न डब्लुटिओले कहाँ रोकेको छ ? ग्रामिण भेगमा उत्पादित स्थानीय खाद्य वस्तु शहरसम्म पु¥याउन उचित भण्डारको व्यवस्था गर्न डब्लुटिओले कहाँ रोकेको छ ? आफूले गर्न सक्ने प्रयत्न गरेर आयात प्रतिस्थापन गर्ने तर्फ सबैको ध्यान केन्द्रित गरी कोरोना संक्रमण अघि नेपालले खेपेको र ४ अर्ब ७१ करोडको चालु घाटा खातालाई धनात्मक बनाउन नसके पनि निश्चित विन्दुसम्म घटाउनु आजको घडीको मुल आवश्यकता हो ।
सरकारको मुल नीति नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हो र सबै जिम्वेवार पदाधिकारीले विदेशी दलालको प्रलोभनमा नपरी काम गरेमा वा त्यस्तालाई तत् क्षणमा कारवाही भएमा ५ देखि १० वर्षमा देशलाई आत्मनिर्भर बनाउन नेपाली जनता तयार छन् किनभने नेता भन्दा जनता राष्ट्रवादी छन् । तसर्थ हाम्रो देशको सवल पक्ष भनेको नेपाली जनता धैर्यवान र राष्ट्रवादी हनु हो । धैर्यवान राष्ट्रवादी नेपाली जनता हुन । राज्य संचालनसँग सम्वन्धित सम्पूर्ण व्यक्ति तथा राजनैतिक पार्टीका मानिसहरुमा यो राष्ट्रवादी जीवन शैली अनिवार्य गर्न सकेको खण्डमा हाम्रो आर्थिक समृद्धि टाढाको विषय होइन । प्रधानमन्त्रीज्यू, यत्ति काम गरे ढाटा छैन आर्थिक समृद्धि ।
प्रतिक्रिया दिनुहोस्