अहिले पार्टीभित्र धेरै आरोप आउने बिषय भनेको पदको, अवसरको त्यो पनि श्रोत धेरै भएको ठाँउको राजनीतिक नियुक्तिको बिषय हुने गरेको पाईन्छ । फलानोलाई किन भयो र फलानो किन भएन ? भन्ने कुरा नै चर्को ढंगले उठ्ने र यसैको बिबादमा नेतृत्व बिभाजित हुने प्रचलन बढ्दो छ । पदलोलुपताले पार्टी नेतृत्वको प्रतिष्ठामा गंभीर क्षयीकरण भैरहेको छ । कार्यकर्ताले नेतृत्वप्रति गर्ने आदरभाव हराउदै जाने, पार्टी भावना कमजोर हुँदै जाने काम यस्तै आत्त्मकेन्द्रित सोचले हो । यस प्रकारको अन्तर संघर्षको चरित्र असैद्धान्तिक हुन्छ ।
सरेश नेपाल
कुनै समय यस्तो पनि थियो, लिम्पियाधुरा, लिपुलेक र कालापानी जस्ता भुभागहरुले छुट्टिने वा अरु मुलुकमा गाभिने हक पाउनु पर्छ भन्ने डा. बाबुराम भट्टराईहरु यो देशमा शासन गर्थे । उनीहरुले यस प्रकारको आत्मानिर्णयको अधिकारसहितको संबिधान खोजेका थिए । तिनका नाक भुँईमा रगडेर भौगोलिक अखण्डतासहितको संबिधान ल्याउने मुख्य अभियन्ता हुन केपी शर्मा ओली । भारतको नक्सलबाडी बिद्रोहका नेता नागभुषण पटनायकले भने, हामी बर्ग शत्रु समाप्तीको बिरुद्वमा जाँदैछौं । हिजो यो नीतिको असफलता बुझेकै कारण सरकारलाई जनतामाथि घोर दमन गर्न बहाना मिल्यो । नेपालका तत्कालिन माओबादीलाई जनताको बहुदलीय जनबादको सैद्वान्तिक सेरोफेरोमा घिसार्ने कामको अगुवाई गर्ने नेता हुन केपी ओली । उनका चट्टानी अडान र त्यसलाई कार्यान्वयनमा ल्याउने दृढ ईच्छाशक्तिसहितको सकृताबाट नेपाली राजनीति यहाँसम्म आईपुग्न संभव भयो ।
नेपाली कम्युनिष्ट आन्दोलनले स्थापनाकालदेखि नै संघर्षबाहेक अन्य कुराको अनुभव गर्न सकेको थिएन । मार्क्सबादी लेनिनबादी सिद्वान्तलाई नेपाली समाजको बिशिष्टतामा उभ्याउन पनि धेरै बर्ष गुजार्नु पर्यो । झापा बिद्रोहको उग्रबामपंथी भुल सच्याएर जनताको बहुदलीय जनबादसम्म आईपुग्न एक दशक लाग्यो भने माओबादी शशस्त्र बिद्रोहको धङ्धङी शान्तिपुर्ण प्रतिस्पर्धाको बैचारिक धरातलमा आईपुग्ने क्रम जारी छ । यसबाट पार्टी कार्यकर्ताको बैचारिक आँत भरिन अझै थप समय लाग्छ । पुराना कार्यक्रम र कार्यदिशाहरु भत्केको र पार्टी एकिकरणपछि काम चलाउ (तदर्थ) किसिमको सन्तुलन कायम भएको अवस्था छ । नेपाली कम्युनिष्ट आन्दोलन अहिले भिन्न परिस्थितिमा आईपुगेको छ । अनन्त संभावना र भीमकाय चुनौतीबीच हामी उभिएका छौं ।
चुनौती यस अर्थमा छ कि पहिलो पटक बनेको झण्डै दुई तिहाई सरकारप्रति जनताका तीब्र आकांक्षा छ । त्यसको सम्बोधन गर्न सहज छैन । सामन्ती उत्पादन र सामाजिक सम्बन्धलाई न्यायपुर्ण बनाउनु छ । नव सामन्ती, परनिर्भर, दलाल पुँजिपति बर्गको पकडमा रहेको अर्थतन्त्रलाई जनमुखी, उत्पादनमुखी, रोजगारमुलक र उद्यमशील बनाउनु छ । तीन तहको सरकारलाई जनशक्ति, बिधि र प्रणालीले चलाएमान बनाउनु छ । लडखडिएका राष्ट्रिय स्वाधिनताका मुद्वाहरु छन । नयाँ संबिधानले निर्दिष्ट गरेका जल्दाबल्दा बिषयहरु बग्रेल्ती छन । भोक, गरीवी र अभावबाट नेपाली समाजले छुटकारा पाउनै पर्छ । अनि मात्रै कम्युनिष्ट आन्दोलनमा बगेका रगत पसिनाको मुल्यको सम्बोधन हुन्छ ।
हामी बिनासकारी भुकम्पको ठुलो क्षतिबाट तङ्रिन नपाउदै अनेक प्राकृतिक बिपदको सामना गरिरहेका थियौं। बिश्वमै आतंक मच्चाईरहेको कोभिड १९ को महामारीले मुलुकमा थप र गंभीर प्रकृतिको संकट सृजना गर्यो । छिमेकी देश भारतबाट अतिक्रमित भूमि फिर्ता लिन चालिएका कदमले भारतीय सत्ताधारी दल र तिनका मिडियाहरु हाम्रो मुलुक र सरकारबिरुद्व खनिए । ठीक यही समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तर बिरोध तीब्र बन्यो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले दुबै पद छाड्नै पर्ने केही कमरेडहरुको अडान बाहिर आयो । यद्दपि अहिले उक्त बिबाद एक हदसम्म मत्थर छ । बिवाद समाधान कार्यदलको प्रतिबेदन स्थायी समितिमा लगेर निकास दिने कुरा नेताहरुले सार्बजनिक गरिरहेका छन । जिम्मेवार नेतृत्वबीचको यो बिबाद गाँउसम्म पुगेको छ । पार्टी एकताले प्रदान गरेको उर्जा एकता प्रकृया नटुङ्गिदै धजा देखिन थालेको छ । आखिर यो अन्तरबिरोधको बस्तुगत कारण के थियो र समाधान स्थायी ढंगले हुन्छ हुन्न भन्नेतर्फ अहिले कार्यकर्ताको ठुलो पंङ्तिको मनमा आँधिहुरीको रुपमा कायमै छ ।
कम्युनिष्ट पार्टीभित्र अन्तरसंघर्ष निरन्तर चलि रहने प्रकृया हो । यद्दपी यसका पनि बिधि पद्वती हुन्छन । सुसंस्कृत, मर्यादित रुपमा गरिएको जनताका साझा मुद्वामा केन्द्रित अन्तरबिरोध हो वा पदीय स्वार्थसंग जोडिएको, अवसरको भागबण्डाको लागि गरिएको मरिहत्ते हो वा बाह्य शक्तिको उक्साहट हो के हो भन्ने बिषयमा अब बहस अघि बढ्नु पर्छ । किन कि यो बिबादले कार्यकर्ताहरुको मनोबलमा, नेतृत्वप्रतिको बिश्वासमा गंभीर प्रश्नहरु खडा गरेको छ । यसले पार्टी भावनामा गंभीर आघात पुगेको छ । त्यसैले अन्तरबिरोधको चुरो के हो भन्ने बहसले देश बनाउन हिडेका समर्पित कार्यकर्ताहरुको ठुलो हिस्सालाई प्रभावित पार्छ भन्ने सत्यलाई स्वीकारिनु पर्छ ।
अन्तर पार्टी संघर्ष पार्टी बाहिर भएको बर्ग संघर्षको प्रतिबिम्ब हो । यो मार्क्सबादी सिद्वान्तको सुक्ष्म अनुभवको निस्कर्ष पनि हो । अन्तर पार्टी संघर्षलाई बिचार, सिद्वान्तबाट अलग गरेर हेर्नु गै मार्क्सबादी दृष्टिकोण हो । पार्टीको नेतृत्व तहमा झाँगिदै गएको अन्तरसंघर्षलाई बिचारधारात्मक संघर्षको माध्यमबाटै समाधानको खोजी गरिनु पर्छ । मार्क्सबादी दृष्टिकोणको अर्को निष्कर्षले के भन्छ भने ब्याबहार ज्ञान भन्दा माथि हुन्छ । किनभने यसको महत्व बिश्वब्यापी मात्र हैन, प्रत्यक्ष अनुभुत हुने र बास्तबिक रुपमा प्रकट हुने गर्छ ।
हाम्रा नेताहरुको ईतिहाँस अनुकरणीय छ । त्यत्तिकै नेतृत्वमा पुगेको पनि हैन । तर ब्याबहारले के देखाउछ भने उहाँहरु मुलुक संकटमा परेको बेला झगडा गर्नु हुन्छ । पदको सौदाबाजी मिलेन भने जे गर्न पनि तयार हुनुहन्छ । बाहिर देखिने कुरा अर्थात ब्याबहारमा भने उहाँहरुको त्याग, समर्पण, नेतृत्व कुसलता किन देखिएन भनेर चौतर्फी आलोचना भैरहेछ । अब कार्कर्ताहरुलाई नेतृत्वले हामी मिल्यौ मात्र भनेर पुग्छ जस्तो लाग्दैन । मुलुक गंभीर प्रकारको समस्यामा परेको बेला आन्तरिक बिबादमा तिनै तहको सरकार संचालन गर्नु पर्ने पार्टीलाई अन्तरकलहमा फसाउने काम नियोजित र पार्टी बाहिरको शक्तिको स्वार्थमा भएको हो होईन भन्ने कार्यकर्ताको अन्तरआत्माको हुटहुटीको सम्बोधन हुन आवस्यक छ ।
सबै अन्तर संघर्षहरु पार्टी हितमा पनि हुदैनन र अन्तर संघर्षबाट भाग्ने वा अन्तर संघर्षलाई निषेध गर्ने दुबै कामलाई मार्क्सबादी सिद्वान्तमा उचित मानिदैन । द्वन्दात्मक भौतिकबादी दृष्टिकोण अनुसार फरक बिचारको अस्तित्वलाई स्वीकार गरेरै अझ प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गरेरै पार्टी जीबन्त बन्ने हो । बिचारको बहसलाई निस्तेज गर्ने र गुटगत बिल्ला भिराएर पार्टीका आन्तरिक बिबादलाई अनुशासनको वा पार्टी बिरोधी कृयाकलापको रुपमा बुझ्ने बुझाउने कामले अन्ततः पार्टीलाई भित्रैबाट कमजोर पार्दै बर्ग बिरोधीलाई मद्दत पुर्याउछ। यसैले अन्तरसंघर्षलाई पार्टीको सिद्वान्त, बिचार, बिधि र पद्वतिको हितमा उत्प्रेरित गर्न आवश्यक हुन्छ ।
पार्टीमा हिजोआज कार्यदिशा, कार्यभार, नीति, सिद्वान्त, कार्यक्रम, लगायत थुप्रै बिषयमा बहस नगर्ने, भयो भने आपत्तिको बिषय बनाउने, एकीकरणको काम अघि बढाउन ध्यान नदिने, सरकारका राम्रा कामहरुको पनि अपब्याख्या गरी जनतामा भ्रम छर्ने, बिपक्ष बेन्चको भूमिकामा देखिन चाहने प्रबृत्ति बढ्दो छ । यो कसको उक्साहट र संरक्षणमा भैरहेको छ भन्ने कुरा बुझ्न, बुझाउन जरुरी छ । सरकारी जिम्मेवारीमा रहने कमरेडहरुले बिचार समुहको छाता भए पुग्ने, जस्तोलाई पनि जिम्मेवारीमा लैजाने, पार्टीको दिगो संगठन बिस्तारमा उत्प्रेरित नगर्ने, समन्वयतर्फ ध्यान नदिनेलगायतका कमजोरीहरु देखिन्छ । यसको आलोचना हुन्छ र हुनुपर्छ । यस्ता बहसले जनता र पार्टी र लोकतन्त्रलाई बलियो बनाउछ । यस प्रकारका गल्ती, कमी कमजोरी नियतबस भएका हुन वा असाबधानीका कारण हुन भनेर निश्पक्ष खोजी हुन आवश्यक छ ।
अहिले पार्टीभित्र धेरै आरोप आउने बिषय भनेको पदको, अवसरको त्यो पनि श्रोत धेरै भएको ठाँउको राजनीतिक नियुक्तिको बिषय हुने गरेको पाईन्छ । फलानोलाई किन भयो र फलानो किन भएन ? भन्ने कुरा नै चर्को ढंगले उठ्ने र यसैको बिबादमा नेतृत्व बिभाजित हुने प्रचलन बढ्दो छ । पदलोलुपताले पार्टी नेतृत्वको प्रतिष्ठामा गंभीर क्षयीकरण भैरहेको छ । कार्यकर्ताले नेतृत्वप्रति गर्ने आदरभाव हराउदै जाने, पार्टी भावना कमजोर हुँदै जाने काम यस्तै आत्त्मकेन्द्रित सोचले हो । यस प्रकारको अन्तर संघर्षको चरित्र असैद्धान्तिक हुन्छ ।
रसियन कम्युनिष्टहरु बोल्सेबिक र मेन्सेबिकमा बिभाजित थिए । बोल्सेबिकका नीतिहरु सही भएकै कारण पार्टीको फैलावट तीब्र बन्यो । चीनमा ग्याङ् अफ फोरका उग्रपंन्थी बिचार बिरुद्व लडेरै यो स्तरको सफलता प्राप्त भैरहेछ । नेपाली कम्यनिष्ट आन्दोलनको गौरवपुर्ण यात्रालाई जीबन्त राख्न नेतृत्व, नीति र संगठनको महत्वलाई गंभिरताका साथ लिने र स्थिरता, गतिशिलता, कम्युनिष्ट आदर्श, मुल्य मान्यताको आत्मासाथ गर्ने गरी पार्टीभित्रको अन्तरसंघर्षलाई सैधान्तिक बनाउन आवश्यक छ । यसैमा नेकपाको भबिश्य उज्वल भैरहने छ ।
(नेकपाका नेता नेपाल बागमति प्रदेशसभा सदस्य हुनुहुन्छ)
प्रतिक्रिया दिनुहोस्