जनता टाइम्स

५ आश्विन २०७७, सोमबार १०:४०

कथित ‘पुर्वाधार बिज्ञ’ले रेलका विषयमा भ्रम छरे : महाप्रबन्धक भट्टराई


काठमाडौं, असोज ५

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले ‘पूर्वाधार बिज्ञ’ भन्नेले नै अन्दाजको भरमा रेल्वेको विषयमा भ्रम फैलाउन खोजेको बताउनु भएको छ ।

भारतका रेलमन्त्री पियुष गोयलले नेपाल सरकारबाट निर्माणको जिम्मेवारी पाएको रेल हस्तान्तरण गरेको भन्ने सन्देश ट्‍‌विट गरेपछि अहिले उक्त विषय चर्चामा आएको छ । यस्तै, केही व्यक्तिले नेपालमै नेपाल सरकारले आफ्नै लगानीमा रेल किनेको होइन र रेल खरिदमा भ्रष्टाचार भएको अफवाह फैलाउन थालेपछि उहाले सो बताउनु भएको हो ।

महाप्रवबन्धक भट्टराईले यस्ता अफवाह फैलाउनु भन्दा पनि तथ्य र प्रमाण देखाएर आउन चुनौति दिनुभएको छ ।

यस्तो छ उहाले सामाजिक सञ्जालमा दिएको चुनौति

दुनियामै नभएको पदवी “पुर्वाधार बिज्ञ” (कसले यस्तो प्रमाण पत्र दिन्छ थाहा छैन) भनेर चिनाउने डाक्टरसाबको हविगत यस्तो बिचित्र छ जो तथ्य नबुझि अन्दाजमा नेपाली जनताको बुद्दी भुट्ने र नागरिकलाइ निराश बनाउने काममा तल्लिन देखिन्छन । नेपालले भित्र्याएको रेल ५० बर्ष पुरानो प्रबिधिको भएको भन्ने भ्रम छर्छन ।Dr Surya Raj Acharya sir, प्राबिधिकको नाताले म तपाइलाइ सम्मान नै गर्छु तर यस्ता सफेद झुट र भ्रम दुनियालाइ नबाड्नुस । हामी पनि प्राबिधिक नै हो र तपाइहरुले सोचे जस्तो मुर्ख र ज्ञानहिन हामी पनि हैनौ । नेपालले खरिद गरेको Computerized operating system भएको DEMU RACK (train) ५० बर्ष पुरानो प्रबिधि हो भनेर दुनिया मुर्ख नबनाउनुस । ५० बर्ष पहिले कम्प्युटरको आम बिकास नै भएको थिएन । हावादारी गफ नगर्नुस । अर्को कुरा यसको इन्जिन AC to AC propulsion बाट AC to AC traction motor engine भएको इन्जिनयुक्त रेल हो । ५० बर्ष पहिले यस्तो प्रबिधि कहाँ कुन मुलुकमा भेट्नु भो प्रमाण प्रस्तुत गर्नुस । यसको स्पेसिफिकेसनको एकलाइन अध्ययन नगरी फटाहा कुरा गर्न मिल्छ बिद्वान मान्छेलेरु कि प्रबिधिमा राजनीति मिसाएपछी यस्ता उट्पट्याङ बुद्दी आउँछ मैले चै बुझ्दिन । Fully automated computerized DEMU rack रेल झन्डै २०० बर्षको इतिहास भएको र ६८ हजार किमि रेल्वे ट्र्याक भएको भारतमा पनि सन २०१५ मा मात्रै भित्रिएको हो । लगभग १५ हजार वटा रेल चलाउने भारतमा पनि ४-५ बर्ष अघि मात्रै भित्रिएको DEMU rail ५० बर्ष पुरानो हो भन्न के खाएर बोल्नु पर्छ डाक्टरसाब !

रेल आयो तर यसले नै प्रमको रेल सपना तर्फको उल्लेख्य प्रगति भन्नु मजाक हो भन्नु भएछ । ठीक छ, धर्ति नबुझेका र प्रबिधिको ब्यबहारिक प्रयोगमा १ दिन पनि नबिताएका केही बिध्याबारिधीघारीहरु गफ बाहेक त के जान्दछन ररु डाक्टरसाब ! दुनियाको ठुलो रेल यातायात मध्यको भारत आज ६८ हजार किमी दुरीमा रेल चलाउँछ, तपाइलाइ थाहा छरु भारतले प्यासेन्जर रेल सुरु गर्दा बम्बइको बोरिबन्डर देखी ठाणे ३४ किमी दुरिमा सुरु गरेको थियो । नेपालले देशैभरी एकैपटक रेल संचालन गर्ने नहुँदासम्म रेलको गफ नदेउ भन्ने तपाइ कस्तो बिद्वान । हामी यसै आर्थिक बर्षमा ५२ किमी (जयनगर-बिजलपुरा) रेल चलाउछु । कुर्था देखी बिजलपुराको थप १७ किमी रेल्वे ट्र्याक आगामी फेब्रुअरीमा दिनेछु भनेर निर्माण गर्दै गरेको इरकन कम्पनिले मसंग हिजो मात्र प्रतिबद्धता गरेको छ । हजारौ किमीको यात्रा पहिलो पाइलाबाटै शुरु हुन्छ – तपाइलाइ यसो ध्यान गरेर एकैपटक फुत्त गन्तब्यमा पुग्ने बरदान कसैले दिएको भए थाहा छैन ।

अर्को कुरा २० करोडमा आउने रेल ४२ करोड हाल्यो भन्ने प्रश्न छस हामीले ICF को स्ट्यान्डर्ड रेट भन्दा एक रुपिया बढी हालेको भए पुष्टी गर्न चुनौति दिन्छु म । जीटुजी खरीदमा ४ वटा सरकारी कम्पनिको प्रस्ताव मध्य सस्तो र पुर्ण प्रस्ताव दिने कोनकण रेल्वेको प्रस्ताब स्वीकृत गरिएको थियो । हुन त कम्युटराइज्ड अपरेटिङ सिस्टमलाइ ५० बर्ष पुरानो प्रबिधि भन्नु भो, स्पेसिफिकेसन नै थाहा नहुनेलाइ मोलको कुरा थाहा हुने कुरै भएनस राति सुत्दा यसो गुनेर मोल तोक्नु भएछ । यही रेल हामीसंगै श्रीलंकाले पनि अर्डर गरेको हो । श्रीलंकन रेल्वेसंग क्रस फेरिफाइ गर्नुस डाक्टरसाब१ अँध्यारोमा तिर हान्दा जहाँ लाग्यो त्यसैलाइ मेरो निशाना हो भन्ने थेउरिस्ट सरहरुको गफ काम छैन यो मुलुकमा । यो मुलुकमा आत्तिएर जतिले आत्महत्या गरेपनि नेपालमा अब आधुनिक रेल चल्छ । जयनगर बर्दिबासमा मेट्रोरेल चै चलाउँन भनेर चै अर्ति नदिनुहोस है । धन्यबाद !

जहाँसम्म जयनगर-बर्दिबास रेल चलाएर नाफा हुँदैन भन्ने छस दुनियाको कुनै एउटा रेल्वे देखाउनुस जसले प्यासेन्जर ट्रेन चलाएर नाफा कमाउँछ । नाफा कमाउने भनेको रेल्वे स्टेसनहरुमा बिकास गरिने ब्यापारिक सम्रचना र ब्यापारले हो जहा हजारौ मान्छे चढ्ने ओर्लने हुन्छन । रेलको के कुरास हवाइ जहाज चलाएर नाफा कमाउने दुनियाको एउटा एयरलाइन्स कुन छरु त्यसो भए रेल र जहाज सबै बन्द गर्नेरु रेल दाल चामल ब्यापार हैन नागरिक सेवा हो । प्रत्यक्ष नाफा हैन, यसले सिर्जना गर्ने अपर्चुनिटी यसको नाफा हो । सिंचाइ आयोजनाको नाफा खोज्नेरु सडकको नाफा खोज्नेरु खानेपानी आयोजनाको नाफा खोज्नेरु मलाइ आवश्यक बजेट राज्यले देओस, जयनगर बर्दिबास रेल बढीमा ३ बर्षमा नाफामा पुर्याउँछु । यसका सम्पतिको बिकास र प्रबर्धन गर्ने योजना मसंग छ ।