मेरो सफलताको खुशी सबै नेपालीलाई बाँड्न चाहन्छु । म हल्याण्डको एक वैज्ञानिक ल्याबमा एक साथीसँग मिलेर जहाज लुकाउने प्रविधिबारे अनुसन्धान गर्दै छु । पहिलो चरण सफल भयो । अर्को चरण सफल भयो भने संसारले एक नयाँ आविष्कार प्राप्त गर्नेछ, त्यो पनि एक नेपालीबाट
हल्याण्डबाट हेम कुमार
एक नेपाली वैज्ञानिकले भौतिक विज्ञानको क्षेत्रमा अभूतपूर्व सफलता प्राप्त गरेका छन । बेल्जियममा बसोबास गरिरहेका नेपाली युवा अजय अधिकारीलाई आफ्नो आविष्कारमा पूर्ण सफलता मिल्यो भने सामरिक क्षेत्रका निम्ति चामत्कारिक हुनेछ, अजय नोवल प्राइजका हकदार हुनुहुनेछ ।
‘मेरो सफलताको खुशी सबै नेपालीलाई बाँड्न चाहन्छु । म हल्याण्डको एक वैज्ञानिक ल्याबमा एक साथीसँग मिलेर जहाज लुकाउने प्रविधिबारे अनुसन्धान गर्दै छु । पहिलो चरण सफल भयो । अर्को चरण सफल भयो भने संसारले एक नयाँ आविष्कार प्राप्त गर्नेछ, त्यो पनि एक नेपालीबाट,’ आफ्नो आविस्कारबारे अजयले भन्नुभयो । अजय ‘डाटा वैज्ञानिक’ हुनुुन्छ । कम्पुटर साइन्समा डेल्फ युनिभर्सिटी अफ टेक्नोलोजीबाट मास्टर्स गर्नुभएका अजय जनकराज अधिकारी र कान्ती तिमिल्सेना अधिकारीका छोरा हुनहुन्छ । उहाँका एक भाइ सञ्जय अधिकारी पनि बेल्जियममै आमाबुबासँग बसेर अध्ययन गर्दै हुनुहुन्छ ।
‘अचेल कम्प्युटर निर्देशित ड्रोनद्वारा विभिन्न देशले केही चासोका स्थानहरू सर्वेक्षण गर्ने गर्दछन् । सेटलाइटद्वारा पनि दुश्मनका सामरिक साधनहरूमा सेटलाइट कम्प्युटरको सहाराले निसाना लगाइन्छ । युद्धमा प्रयोग हुने ड्रोनहरूले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर जासुसी वा आक्रमण गर्दछन् । कम्प्युटरजडित ड्रोनले लडाकू विमानहरू जस्ता जमिनमा सैन्य उपकरणहरू स्वतः पत्ता लगाउन सक्छन् । हाम्रो अनुसन्धानले देखायो कि विमानको माथि लगाइएको हामीले बनाएको स्टिकरले प्लेनलाई ड्रोनहरूबाट गजबले लुकाउन सक्छ,’ आफ्नो अनुसन्धानबारे अजयले भन्नुभयो ।
अजय अधिकारी र रिचार्ड देन होलन्दर दुई वैज्ञानिक मिलेर गरेको अनुसन्धानद्वारा एउटा जादुगरी स्टिकरले त्यति ठूलो जहाज लुकाउने प्रविधिमा सफल भए भने के होला ? आंशिक सफल भइसकेको उहाँहरूको प्रयोग संसारकै नयाँ अनुसन्धान हो । त्यसैले दुवै जनाको प्रविधि शक्तिराष्ट्रहरूले किन्ने छन् ।
रोवर्ट वा सेटलाइट कम्प्युटर निर्मित बुद्धिले लडाकु जहाजको पहिचान गर्न सक्ने प्रविधिलाई चुनौती दिनेगरी निदरल्याण्डमा अनुसन्धान गरिरहेका डाटा–विज्ञान विज्ञ अजय अधिकारी तथा इन्टेलिजेन्स इम्याजिङ विज्ञ रिचार्ड देन होलान्दरले गर्नुभएको हो । उहाँहरूले अनुसन्धानरत प्रविधि पूर्ण सफल भयो भने कृत्रिम रूपमा निर्मित कम्प्युटर वा ड्रोनको बौद्धिक क्षमताले युद्धरत सैनिक विमान वा पार्क गरेर राखिएका कुनै पनि सवारी साधन पहिचान गर्न सक्ने छैन । यो नै अनुसन्धानको महत्वपूर्ण पक्ष हो ।
‘६० प्रतिशत सफल भइसक्यो । पूर्ण सफलता हासिल गर्नेमा हामी अत्यन्त उत्साही र ढुक्क छौँ,’ अजयको भनाई छ ।
यो प्रविधि युद्धका जहाजहरू सुरक्षित गर्न र अरु देशभित्र घुसेर जासुसी गर्न अचुक अश्त्र हुने छ । ती वैज्ञानिकद्वयले नेदरल्याण्डको वैज्ञानिक अनुसन्धान केन्द्रमा बनाएर प्रयोग गरेका स्टिकरहरूले कम्प्युटर प्रणालीलाई नै चुनौती दिएकोले ती प्रयोगको सन्दर्भमा संसारले चासो राखेको छ । आर्मी वा साना हतियारहरू सम्बन्धित स्थानको वातावरण अनुकुल बनाएर लुकाउन सकिन्छ तर असजिलो ठूला हतियार वा लडाकु जहाजहरूको हो । यी दुई बैज्ञानिकले बनाएको सानो स्टिकर लगाएपछि कुनै पनि जासुसी ड्रोन वा कृत्रिम बुद्धिले ती जहाज र ठूला हतियारहरू पत्ता लगाउन सक्ने छैन ।
सुन्दै अचम्म लाग्ने यो कुरा पोखराको लेकसाइडमा घर भएका डाटा साइन्सका विज्ञ अजय अधिकारी र इन्टेलिजेन्स इमेजिङ रिचार्ड देन होलन्दरले प्रयोगबाट सिद्ध गरिसके । बिरालो, मान्छेमा त यो प्रयोग सफल भयो, अब ठूला–ठूला साधनहरूलाई शत्रुबाट लुकाउनको लागि यसको प्रयोगमा दुवै जना वैज्ञानिकहरू लागिरहनु भएको छ । कथित अन्तरविरोधात्मक आक्रमणमा यो प्रविधिको प्रयोगबारे गत एक वर्षदेखि संघर्ष गर्दै आएको युबा बैज्ञानिक अजयले जानकाी दिनुभयो । ‘६० प्रतिशत सफल भइसक्यो । पूर्ण सफलता हासिल गर्नेमा हामी अत्यन्त उत्साही र ढुक्क छौँ,’ अजयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्