जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १०:५६

नियुक्ति र भागबण्डामा मात्रै गयो नेकपा शीर्ष नेताको ध्यान, प्राथमिकता पर्दै परेन पार्टी काम


यसिमा महत/काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भई नेकपा गठन भएको दुई वर्ष चार महिना पूरा भयो। सहकार्य भएको त तीन बर्ष पूरा भइसकेको छ । २०७४ असोज १४ गतेचुनावी तालमेल घोषणा भई अघि बढेको दुई पार्टीबीच एकता भएको लामो समय बितिसक्दा पनि साङ्गठनिक एकताको काम भने अझै सकिएको छैन।

बिगत एक बर्षयता त पार्टीको काम प्राथमिकतामा नै परेको छैन । नेकपाका अधिकांश नेताको ध्यान पार्टी एकतालाई टुंग्याउने र गतिबिधि बढाउने भन्दा सरकारी नियुक्ति र महिनैपिच्छे मन्त्री फेरेर अस्थिरता मच्चाउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारो पार्दै सरकारको काममा अवरोध सिर्जनातिर केन्द्रित देखिएको छ । जसको कारण पार्टी एकता गर्दा तीन महिनाभित्र सवै तहको सांगठानिक एकता टुंगो लगाउने घोषणा साढे दुई बर्ष बित्न लाग्दा पनि पूरा हुन सकेको छैन ।

गत पुसमा बसेको स्थायी कमिटीको बैठक र माघमा बसेको केन्द्रीय कमिटीको बैठकले १५/१५ दिनभित्र सक्ने निर्णय गरेको थियो। त्यो बैठकको निर्णय अझै कार्यान्वयन हुन सकेको छैन। पार्टीभित्रको लामो विवाद साम्य भएपछि असोज ६ गतेको बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई १० दिनको कार्ययोजना बनाउने समयसीमा तोकेको थियो। तर २० दिन पुग्न लाग्दा पनि अझै कार्ययोजना बनाउने काम सकिएको छैन । यसबीचमा साङ्गठानिक एकताको कार्ययोजना बनाउने भन्दा मन्त्री फेर्ने कि नफर्ने भन्नेमा बहश चुलिएको छ ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्‍न गर्ने, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको सङ्गठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखसमेत एकीकरण सम्पन्‍न गर्ने निर्णय गरेको थियो। त्यसयता संगठन बिभागको एउटा बैठकबाहेक पार्टी काम नै ठप्प रहेको छ ।

अध्यक्षद्वय र महासचिवबाट पार्टी एकताको साङ्गठानिक प्रतिवेदन निर्माण ढिलाइ भएसँगै चैतमा तोकिएको एकता महाधिवेशन नै धरापमा पर्ने देखिएको छ । संगठन विभागको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय गरेको थियो। तर, असोजको अन्तिम भइसक्दा समेत संगठन विभागले काम नै सुरु गरेको छैन । यसअघि नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले चैत मसान्तभित्रै नवीकरण सक्ने निर्णय गरेको थियो। त्यो निर्णय ब्यर्थ बन्यो ।

अध्यक्षद्वय र महासचिवबाट पार्टी एकताको साङ्गठानिक प्रतिवेदन निर्माण ढिलाइ भएसँगै चैतमा तोकिएको एकता महाधिवेशन नै धरापमा पर्ने देखिएको छ । संगठन विभागको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय गरेको थियो। तर, असोजको अन्तिम भइसक्दा समेत संगठन विभागले काम नै सुरु गरेको छैन । यसअघि नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले चैत मसान्तभित्रै नवीकरण सक्ने निर्णय गरेको थियो। त्यो निर्णय ब्यर्थ बन्यो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डदेखि अधिकांश नेताहरु नियुक्ति र भागबण्डामा मात्रै केन्द्रित रही पार्टी कामलाई बेवास्ता गर्दा पछिल्लो समय नेकपा लगभग कोमामा पुगेको अनुभुति कार्यकर्ताले गरेका छन । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरु नेकपाको पक्षमा जनतमत सिर्जना र नेकपाको हित रक्षाबाहेकका सवै काम गरिरहेको अनुभुति पनि कार्यकर्तामा छ ।