जनता टाइम्स

२४ असार २०८२, मंगलवार १९:५६

रामकुमारीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप


काठमाडौं, २४ असार ।  नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ ।सचिवालय बैठकले स्पष्टीकरण बुझाउने समय सात दिन थपेको हो । झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव सहित अध्यक्ष माधवकुमार नेपाल लक्षित अभिव्यक्ति दिनुभएको थियो । गत १४ असारमा झाँक्रीले ‘सिनो बोकेर’ हिँड्न नसकिने बताउनुभउको थियो । यस्तो अभिव्यक्ति दिएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।