जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार १४:२०

नेपाली बजारको नेतृत्वदायी नेबिको बिस्कुट


नेबिको बिस्कुट सन् १९६४ मा कम्पनी शुरु भएको हो । नेपालीलाई बिस्कुट भनेको के हो भनेर सिकाउने बुझाउने र खान सिकाउने पहिलो बिस्कुट कम्पनी नै नेबिको हो । नेबिको बिस्कुट ५५ वर्षमा चलिरहेका छ । यसै सन्दर्भमा नेबिको बिस्कुटका ब्राण्ड म्यानेजर अरुण पौडेल संग कम्पनीको अवस्था समग्र बिस्कुट बजरको विषयमा बसन्त अर्यालले गरेको कुराकानीः

नेपालको जेठो बिस्कुट कम्पनी

नेबिको बिस्कुट नेपालको जेठो बिस्कुट कम्पनी हो । आजको दिन सम्म पनि हामी पहिलो नम्बर मै छौ । हाम्रो फोकस भनेको गुणस्तर मा नै हो । त्यसैले आजको दिन सम्म उपभोत्ताले सबै भन्दा माया गरिरहनु भएको छ । नेबिको आईएसओ ९००१ः२०१५ सर्टिफाइड कम्पनी हो । यो भन्दा वित्तिकै उपभोक्ताले के बुझ्नु पर्छ भने आईएसओ सर्टिफाइड भन्ने वित्तिकै गुणस्तर देखि लिएर स्ट्यान्डर्ड प्रोडक्सन प्रोसेर लगाएत व्यवस्थापन कस्तो हुनुपर्छ भनेर आईएसओले मोनिटर गर्ने गर्छ । उसले हरेक वर्ष अडिट गर्छ । यसरी हेर्दा पनि नेबिको बिस्कुटले निरन्तर गुणस्तरयुक्त बिस्कुट उपभोक्तालाई दिईरहेका छौ । अर्को नेबिको बिस्कुट नेपाल गुणस्तर चिन्ह प्राप्त कम्पनी पनि हौ ।

तीन पुस्ता देखी नेबिको बिस्कुटलाई उपभोक्ताले चिनिरहनु भएको छ । नेबिको कोकोनट, नेबिको ग्लुकोज, डाइजेस्टीभ, थिन आर आरोट लगाएतका बिस्कुटहरु नै हुन् । पहिला हामी संग सात आठ ओटा ब्राण्ड थिए होलान आज हामी संग २२ ओटा ब्राण्ड छन् । मुल्यको आधारका कुरा गर्ने हो भने ५५ ओटा ब्राण्ड रहेका छन् । बच्चा देखी वृद्ध , सुगर फ्री लगाएतका विभिन्न ब्राण्डका बिस्कुट सबैले उपभोग गर्न सक्ने खालको बिस्कुट उत्पादन गर्दै आएका छौं ।

बिस्कुटको गुणस्तरको कुरागर्ने हो भने अन्तराष्ट्रिय ब्राण्ड भन्दा हामी केहि फरक छैन । बिस्कुटको गुणस्तर त्यसको मुल्यमा पनि फरक पर्छ । नेपाली ५० रुपैयाँको बिस्कुटको गुणस्तर र अन्तराष्ट्रिय १०० रुपैयाँको बिस्कुटको गुणस्तर तुलना गर्ने होइन । मुल्यको आधारमा अन्तराष्ट्रिय ब्राण्ड संग नेबिको तुलना गर्दा हाम्रो गुणस्तर अझ राम्रो छ । हामी कुनै पनि उत्पादन रिसर्च बिना बजारमा ल्याउँदैनौ । हरेक प्रोडक्ट उपभोक्ताको चाहाना अनुसार उत्पादन गछौ । हामीलाई कुनै मुड चल्यो भनेर उत्पादन गर्ने होइन । हामी पहिला रिसर्च गर्छौ , उत्पादन गर्छौ अनि ट्रायलको लागि बजार पठाउँछौ । उपभोक्ताले रुचाएभने मात्र ‘मास’ उत्पादन मार्फत बजारमा पठाउँछौ ।

नेबिको बिस्कुटले दैनिक २५ टन उत्पादन हुन्छ

हाम्रो मुख्य उद्योग भनेको काठमाण्डौंको बालाजुमा रहेको छ भने भैरहवाबाट पनि एक वर्ष अघिबाट उत्पादन गर्दै आएका छौ । भैरहवा र बालाजु गरी दैनिक २५ टन बिस्कुट उत्पादन गर्दै आइरहेका छौ । करिब १८ टन बिस्कुट दैनिक बिक्री भैरहेको छ । हाम्रा विशेषगरी ६ ओटा ब्राण्ड बढी लोकप्रिय छन् । नेबिको बिस्कुटको सुगर फ्रि डाईजेस्टीभ, थिन आरआरोट, ग्लुकोज, बटर क्रेकर, कोकोनट, मारी बिस्कुट बढी मनपराईएका बिस्कुट हुन् । त्यसमा ७७ ओटै जिल्लामा करिब १२० वटा बितरक रहेका छन् । जसको कारण हामीले नेपाल भरिनै बिस्कुट उपलब्ध गराउन सकेका छौ । हाम्रो सेल्स तथ्यले पनि के देखाउँछ भने ६० प्रतिशत बिस्कुट शहरमा र ४० प्रतिशत बिस्कुट ग्रामिण क्षेत्रमा बिक्री भैरहेको छ । अनौपचारिक रुपमा नेबिको बिस्कुट भारत, अष्ट्रेलिया पनि जाने गरेको छ । विदेशबाट पनि हामीलाई सुझाव दिईरहेको हुनुहुन्छ । औपचारिक रुपमै विदेश निर्यातको लागि कोशिस गर्दै छौ , अबको २ वर्ष भित्र विदेशमा पनि निर्यात गर्ने हाम्रो लक्ष्य रहेको छ ।

हामी मार्केट लिडर हौं

नेपालमा जति पनि बिस्कुट उत्पादन हुन्छ त्यसमा हामी मार्केट लिडर हौं । मार्केटमा आएका अन्य बिस्कुटको कपि गरेर हामी बिस्कुट उत्पादन गर्दैनौ । नेपालमा कोकोनट बिस्कुट भनेर हामीले नै उत्पादन शुरु गरेका हौ । जब त्यो बिस्कुट बजारमा चल्न थाल्यो अरुले पनि त्यहि कपि गरेर दिन थाले । कतिपय कम्पनीले उपभोक्तालाई झुक्काउँदै हाम्रो जस्तै बिस्कुट बजारमा ल्याए । अनौपचारिक रुपमा अरु कम्पनीले हाम्रो नै ब्राण्ड बिक्री गर्नुभएको छ । उपभोक्ताले पनि उस्तै प्याकिङ देखेर किन्नु हुन्छ तर कम्पनी फरक हुन्छ । उपभोक्ताले पनि कुन कम्पनीको बिस्कुट हो नहेरी किन्ने चलन रहेको छ । त्यसैले नेबिको कोकोनट भनेर किन्ने तर अरु नै कम्पनीको कोकोनट पर्छ अनि टेस्टमा फरक पर्छ । हामी आफै नै बजारमा जाँदा हाम्रो आफ्नै उत्पादनमा हो कि अरु कम्पनीको हो झुक्कने अवस्था छ । बिस्कुटको प्याकेजिङ हुबहु उस्तै हुन्छ । जब हामी नजिकबाट हेर्छौ अनि मात्र चिन्छौ । हामीले ‘कम्पेलन’ पनि गरिरहेका हुन्छौ तर कानुन भए पनि कार्बाहि हुँदैन ।

उपभोक्तामा ब्राण्ड खोज्ने बानी छैन

आजको दिन सम्म पनि उपभोक्ताले बिस्कुट दिनुहोस् भन्दै माग्ने र पसले साहुजी पनि कति रुपैयाँको बिस्कुट दिउँ भनि सोध्ने । अनी उपभोक्ताले १० रुपैयाँ २० रुपैयाँको माग्ने चलन अझे ब्याप्त छ । केहि सिमित ब्राण्ड मात्र छन् जुन नामनै लिएर माग्ने गर्छन । तर प्रया यति रुपैयाँको बिस्कुट दिनुस् भन्ने चलन छ । नेपालमा ब्रण्डिङको अवस्था एकदम कमजोर रहयो । प्रोडक्टको ब्राण्डीङ गर्नु पर्दोरहेछ भन्ने कन्सेप्ट ७–८ वर्षमात्र भयो नेपालमा भित्रिएको । कोकोनट वा गुलकोज बिस्कुट दिनुहोस भनेर माग्यो पसलेले जुनमा फाईदा बढी हुन्छ त्यहि दिन्छ । तर उपभोक्ताले नेबिको कोकोनट भनेर माग्यो भने मात्र हाम्रो ब्राण्ड खान पाउने भयो नी । हाम्रो छिमेकी भारतमा ब्राण्डमा धेरै लगानी भइरहेको छ । तर नेपालमा ब्राण्डमा लगानी भैरहेको छैन । नेबिको विस्कुटले पनि ब्राण्डमा धेरै लगानी गर्न सकेको छैन त्यसैले उपभोक्ताले यति रुपैयाँको बिस्कुट दिनुहोस भन्न बाध्यता छ । उपभोक्ता ब्राण्डमा सचेत नभएको कारणले नक्कली वा कम गुणस्तरको वस्तु प्रयोग गर्नु परेको छ । लगानीकर्ताले पनि ब्राण्डमा गर्ने खर्चलाई खर्च नभएर यसलाई लगानीको रुपमा बुझ्नु पर्छ । यसले तत्काल परिणाम नदेखाएपनि २–३ वर्षमा लगानीको प्रतिफल देखाउँछ । मुल्यको आधारमा उपभोक्ताले वस्तु माग गर्दछ भने यो कम्पनीहरुको लागि बिडम्बना हो ।

उत्पादन खर्च धेरै छ

नेपालमा नयाँ प्रविधी भित्राउन नसक्दा उत्पादन खर्च बढ्दै गइरहेको छ । उदाहरणको लागि इन्टरनेश्नल उद्योगमा २० जनाले काम गर्न सक्ने ठाउँमा नेपालमा ५० जना लाग्छ । माल्टीनेश्नल कम्पनीले १ घण्टामा हजार कार्टुन उत्पादन गरिरहेको हुन्छ भने हामी ५ कार्टुनमात्र उत्पादन गरिरहेका हुन्छौ । बिस्कुटको उत्पादन मुल्य निर्धारण गर्ने भनेको कति कच्चा पदार्थ लाग्यो र कति प्याकेजिङ म्याटेरियल लाग्यो भन्नेले निर्धारण गर्छ । कतिपय कच्चापदार्थ बाहिरबाट मगाउनु पर्छ त्यसमा सरकारले सहुलियत दिएको छैन ।

बिस्कुट उद्योगका मुख्य समस्या

अन्तराष्ट्रिय स्तरका बिस्कुट संग प्रतिस्पर्धा गर्न सक्ने बिस्कुट प्याकेजिङ म्याटेरियल हुन नसक्नु , हामीले विदेशबाट प्रविधी ल्यायौ भने पनि त्यसलाई सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति छैन । नेपाली बजारमा बिदेशी बिस्कुट सजिलै मार्कटमा आयत हुने गरेका छन् । यसले गर्दा नेपाली उत्पादकलाई मारमा परेको पनि छ । भन्सारबाट लुकिछिपि नेपाल भित्रने पनि गरेका छन् । यस्तोलाई पनि कडाई गर्नु पर्यो । स्वस्थ्य प्रतिस्पर्धाबाट हामी डराउँदैनौ तर भन्सार छलेर आयत गर्ने बिस्कुटले गर्दा स्वदेशी उद्योग मारमा परेका छन् । त्यति मात्र होईन भौतिक पूर्वधारको कारण पनि हामिले बजारमा सहज वा सस्तोमा बिस्कुट पुर्याउन सकेका छैनौ । हामीलाई कच्चा पदार्थ लैजान पनि ढुवानी गर्ने र फेरी त्यहि बिस्कुट पुर्याउँदा ढुवानी गर्नु पर्यो त्यसको लागि राम्रो सडक भयो भने थोरै खर्च लाग्छ । यसतर्फ पनि सरकारले ध्यान दिनु पर्छ ।