जनता टाइम्स

३१ असार २०७८, बिहीबार १९:५७

निर्मला पन्त हत्या प्रकरणमा गृहमन्त्रीले बोली फेरे


काठमाडौं, असार ३१ । संसदको हरेक बैठक र सार्वजनिक रुपमा समेत निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाउन सरकारले नचाहेको भन्दे आक्रोश पोख्ने कांग्रेस नेता बालकृष्ण खाँणले गृहमन्त्री हुनसाथ बोली फेर्नुभएको छ ।

सरकारले नै निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तको संरक्षण गरेको आरोप लगाउनु हुने खाँणले मन्त्रीको कुसीमा बस्न साथ कतिपय घटनाको अनुसन्धान लामो समय लाग्ने भन्दै बोली फेर्नुभएको हो । प्रतिपक्षमा रहँदा लगातार निर्मला पन्तको हत्यारा खोइ भन्दै प्रश्न गर्नुहुने खाँणले गृहमन्त्रीको कुसी सम्हालेपछि हत्यारा पत्ता लगाउन लाग्ने प्रतिवद्धतासमेत जनाउनु भएन । न्यूज एजेन्सी नेपालले गृहमन्त्रीसँग लिएको अन्तवार्तामा निर्मला प्रकरणको प्रश्न राख्दा उहाँले ठोश जवाफसमेत दिनुभएन ।

हेर्नाेस यो प्रश्न र जवाफ

अपराध अनुसन्धानमा सुरक्षा निकाय भन्दा निजामती कर्मचारीमा भर परेको आरोप लाग्ने गरेको छ । निर्मला पन्त प्रकरणमा पनि त्यस्तै प्रश्न उठ्यो । अब के हुन्छ ?

यसमा मिडियाले पनि सहयोग गर्नुपर्छ । कुनै घटना घट्यो । नेपाल प्रहरीले त तत्काल त्यहाँ अनुसन्धान थाल्छ । उसको त त्यो दायित्व र कर्तव्यभित्रै पर्छ । तर त्यसको तथ्य छानविन गरेर बाहिर ल्याउन केही समय पनि लाग्छ । फेरी छानविन भईरहेको बेलामा सबै कुराहरु छानविनका रिपोर्टहरु बाहिर ल्याउनुपनि उचित नहोला । किनभने कतिपय कुराहरु छानविन भइराखेको हुन्छ । पत्ता लगाउन खोजिरहेको हुन्छ । जम्मै कुरा भन्ने हो भने त सम्बन्धित अपराधी भागिरहेको पनि हुन्छ । त्यसकारणले त्यसको गोपनियता राखेको पनि होला । तर जनस्तरबाट आवाज उठ्छ, हामीले पनि उठाइन्छ । पुलिसले छानविन गर्नै सकेन । पुलिसले अपराधीलाई पक्रनै सकेन, जाँचबुझ नै गर्न सकेन विभिन्न स्तरबाट त्यो कुरा उठ्दाखेरी छानविन समिती बनाइदिऊँ भनेर मन्त्रालयले छानविन समिति बनाईदिन्छ । छानविन बनाउँदाखेरी पनि प्रहरीले त्यसमा अनुसन्धान त गर्नैपर्छ ।

त्यसकारणले यसमा कतिपय यस्ता मुद्धाहरु होलान्, कतिपय यस्ता घटना होलान् जहाँ तथ्यगत छानविन गर्नुपर्ला । काहीँ संसदीय छानविन समिति चाहिएला । कहीँ न्यायिक छानबिन समिति चाहिएला । कहिँ प्रशासनिक छानबिन समिति चाहिएला । तर कुनै घटना भयो र त्यो घटना बाहिर आयो, जनमानसमा एउटा आक्रोश जाग्यो भने त्यो घटनाको तथ्य पत्ता लगाउने भन्दापनि जनमानसमा उठेको आक्रोसलाई शान्त पार्नका लागि छानविन समिति बनाईदिएको घटनाहरु पनि होलान् ।

त्यसकारणले कतिखेर साच्चै छानविन समिति बनाउने, कतिखेर पुुलिसमाथि पुरै भरोसा गरेर पुलिसलाई हामीले साथ दिने, त्यसका लागि बरु आवश्यक सामग्री, उपकरणहरु दिने कि त्यसमा तपाईहरुले पनि मद्दत गर्नुस् म पनि लागौंला ।

हिजो तपाईँ विपक्षी दलको प्रमुख सचेतक हुनुहुन्थ्यो । प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो । कयौँ घटनामा तपाईले आफैले प्रश्न गर्नुभएको छ । आज तपाई जवाफ दिने ठाउँमा र जिम्मेवारी लिने ठाउँमा आउनुभएको छ । यी दुई भूमिकाको सन्तुलन कसरी मिलाउनुहुन्छ ?

घटना भयो । त्यतिखेर प्रश्न उठाईयो । जिज्ञासा उठाईयो । जानकारी सरकारसँग मागियो । किनकी आम नागरिकसँग, जनप्रतिनिधी सँग घटनाको बारेमा केही तथ्यहरु थाहा हुन्छ । केही कुरा देखिन्छ, सुनिन्छ तर सत्य, यथार्थ थाहा नहुनसक्छ । त्यसकारणले यो घटनाको बारेमा यथार्थ कुरा जनता समक्ष ल्याईयोस् भनेर जनप्रतिनिधिले माग गर्नु त्यो सही कुरा हो । तर सरकारले, सरकारको प्रतिनिधि या मन्त्रीले त्यसमा सत्यतथ्यको जानकारी दिने हो ।

विगतमा हामीले जुन ढंगले प्रश्न उठाएका छौँ ति प्रश्नहरुको जवाफ कतिपय सवालमा आफैँ दिने ठाउँमा पनि पुगिन्छ । त्यसकारणले खास गरेर हाम्रो यो बहुदलीय शासन व्यवस्था त्यो पनि बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा सरकार कहिले प्रतिपक्षमा पुग्छ, कहिले प्रतिपक्ष सरकारमा पुग्छ । त्यसैले यसलाई सहजै रुपमा लिनुपर्ने हुन्छ । र विगतको कतिपय सन्दर्भहरुलाई हामीले अध्ययन पनि गर्नुपर्दछ । र त्यो अध्ययनबाट हामीले पाठ लिएर आउने दिनमा अझै राम्रो पनि गर्न सक्नुपर्दछ ।

घटना भयो । त्यतिखेर प्रश्न उठाईयो । जिज्ञासा उठाईयो । जानकारी सरकारसँग मागियो । किनकी आम नागरिकसँग, जनप्रतिनिधी सँग घटनाको बारेमा केही तथ्यहरु थाहा हुन्छ । केही कुरा देखिन्छ, सुनिन्छ तर सत्य, यथार्थ थाहा नहुनसक्छ । त्यसकारणले यो घटनाको बारेमा यथार्थ कुरा जनता समक्ष ल्याईयोस् भनेर जनप्रतिनिधिले माग गर्नु त्यो सही कुरा हो

तपाईका प्राथमिकताहरु के–के हुन् ?

पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो । किनकी यो राज्यप्रणालीको दुनियाँमा प्रार्दुभाव किन भयो, सरकार किन बन्यो, समुदायमा हामी किन बस्यौँ भन्दा हाम्रो जीवन रक्षाको लागि हो । मान्छेले आफ्नो जीवनरक्षाको लागि मान्छे मान्छेसँग मिलेर समुदाय बनायो राज्य प्रणालीमा सुरुवात गर्यो । जुनसुकै सरकारले पनि मेरो शासन व्यवस्था भित्रको नागरिकको जीवन रक्षा मेरो पहिलो दायित्व हो, कुनैपनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै हाम्रो मुल प्राथमिकता हो ।

त्यसकारले विभिन्न घटना परिघटनाबाट मान्छेको ज्यान जाने कुरा होस्, चाहे यो कोरोना महामारीबाट मान्छेको ज्यान जाने कुरा होस्, संक्रमणको कारणले, जुनखालको हाम्रो अर्थ व्यवस्था पनि थिलथिलो भएको छ । यसैलाई नै हामिले प्राथमिकताको साथ अगाडी लाने हो । गृहमन्त्रालयका थुप्रै कार्यक्षेत्रहरु छन् । त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो ।