सल्यान, कात्तिक २६ । नेकपा एमाले सल्यानले दशौं महाधिवेशन प्रतिनिधि टुंगो लगाएको छ । जिल्ला इन्चार्ज एवम केन्द्रीय सदस्य गुलावजंग शाहले सल्यानबाट सर्वसम्मत रुपमा आठ जना महाधिवेशन प्रतिनिधि चुनिएको जानकारी दिनुभयो ।
शाहका अनुसार खुलाबाट पार्टी अध्यक्ष गोविन्द कुमार पुन, उपाध्यक्ष हिमबहादुर सेन, उपसचिव दानबहादुर केसी, पूर्वअध्यक्ष लोकबहादुर डाँगी र प्रदेश कमिटी सदस्य तिलक मल्ल छानिनु भएको छ । यस्तै महाधिवेशन प्रतिनिधिमा महिलाबाट पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी र दलितबाट जनक विक छानिनु भएको छ ।
कर्णालीका हुम्ला, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोटलगायतका जिल्लामा भने शनिवार मात्रै महाधिवेशन प्रतिनिधि टुंगिने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्