जनता टाइम्स

१९ फाल्गुन २०७८, बिहीबार ०७:३४

समाजसेवी यमुना भट्टराई एएनए ट्रस्टी बोर्डमा मनोनयन


टेक्सास (अमेरिका) फागुन १९ । नेपाली समुदायको प्रख्यात एबम प्रतिस्तित संस्था एएनए ट्रस्टी बोर्डको हालै समपन्न बैठकले नेपाली समुदायकी चर्तित समाजसेवी एवं सफल ब्यवसायी यमुना भट्टराईलाइ बोर्ड सदस्यमा मनोनयन गरेको छ ।

नेपाली मुलकी भट्टराई झन्डै पचिस वर्षदेखि अमेरिकामा रहदै विभिन्न व्यापार ब्यबसाय साथै सामाजिक कार्यमा अनबरत खटिदै आउनुभएको छ । उहाँ आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनाबमा सहकोसाधयक्ष पदमा उमेद्वारी समेत दिनुभएको छ ।

फेब्रुअरी २६, २०२२ मा ट्रस्टी अध्यक्ष डा. शम्भु ढुंगानाको अध्यक्षतामा बसेको बैठकले अमेरिका रहेको दर्जन भन्दा बढी नेपाली संघ सस्थामा आफ्नो सक्रिय भूमिका निभाउदै आउनु भएको भट्टराईसहित विभिन्न पेसा र क्षेत्रका अन्य विशिष्ट व्यक्तिहरुलाई ट्रस्टी पदाधिकारी (ट्रस्टी) पदमा मनोनयन गरेको हो ।

मनोनीत हुनुहु्नेहरुमा क्यानडाबाट डा. द्रोण रसाली, अमेरिकाबाट क्रमशः डा. अम्बिका प्रसाद अधिकारी एरिजोना, यमुना भट्टराई, टेक्सास , प्रो। योगेन्द्र जोन्छे, न्यूयोर्क,तथा केन्टकी बाट राजेन्द्र खतिवडा रहनु भएको छ ।

एएनएका पूर्वअध्यक्ष एवं वर्तमान ट्रस्टी खगेन्द्र अधिकारीका अनुसार सबै ब्यक्तित्वहरुलाई एक कार्यकालको लागि मनोनयन गरिएको हो । सबै पदाधिकारीहरु सर्वसम्मतिबाट मनोनयन गरिएको उहाँको भनाई छ ।