जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १६:०९

यौन दुव्र्यवहार गरेको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका सञ्चालक पक्राउ


काठमाडौं, जेठ १२ ।  यौन दुव्र्यवहार गरेको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका संचालक पक्राउ परेका छन् । झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा ‘मिस्टर एन्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आट्र्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकर पक्राउ परेका हुन् ।

दमक घर भएकी १७ वर्षीया किशोरीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुव्र्यवहार गरेको किशोरीको आरोप छ । इलाका प्रहरी कार्यालयमा किशोरीले वैशाख २८ मा उजुरी दिइएकी थिइन् । प्रहरीले भने चुनावी चहलपहलमा व्यस्त भएको भन्दै ा तीन दिनअघि मात्र उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी शंकरमाथि बाल यौन दुरूपयोग कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।