काठमाडौं, १२ जेठ । धरान उपमहानगरका मेयर हर्क साम्पाङ शहरको फोहोर सफा गर्न कुचो लिएर सडकमा निस्कनुभएको छ । उहाले बिहीबार स्थानीय भानुचोकबाट सडक सफाइ अभियान शुरुवात गर्नुभएको हो । उहाले आफ्नो फेसबुक पेजमार्फत नगरवासीलाई बुधबार साझ कुचो लिएर सडकमा निस्किन आह्वान गर्नुभएको थियो ।
उहाको आह्वान सहर्ष स्वीकार गर्दै नगरवासीले स्वतःस्फूर्त रूपमा सफाइ अभियानमा साथ दिएका थिए । सामाजिक अभियानबाट सीधा धरानको मेयर बन्नुभएका उहाँले नगरको पर्यटन र सौन्दर्यीकरणमा ध्यान दिने बताउनुभयो । पर्यटन र सौन्दर्यकरणको सपना साकार पार्न उनी झाडु लिएर फोहोर बढार्न बाहिर निस्किनुभएको हो ।
यो अभियान नगरका कुना–कुनासम्म फैलाउने उहाँको योजना छ । नगरपालिकाले उपलब्ध गराउन महँगा गाडीको सुविधा नलिने बताउनुभएका उहा आफनो पुरानो मोटरसाइकलमै कार्यकाल पूरा गर्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्