काठमाडौं, ८ साउन । यु–२० साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा जारी खेलमा नेपालले ३–० गोलको अग्रता बनाएको छ ।
खेलको ६२ औं मिनेटमा कृतिस रन्त छुन्जुले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएका हुन ।
यस्तै खेलको ५८ औं मिनेटमा सुगम सुवालले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएका थिए । त्यसअघि खेलको ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्