जनता टाइम्स

४ असार २०८२, बुधबार ०८:२४

उदयपुरको अमलचौरीमा दुई जनाको शव फेला


मोरङ, ४ असार । उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो । उहाँले भन्नुभयो , ‘अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको छ ।’ आज (बुधबार) बिहान मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा फेला परेको घटना स्थलबाट इन्स्पेक्टर राईले जानकारी दिनुभयो ।

बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसयमिटर नजिक केटा रबिनको शव भेटिएको इन्स्पेक्टर राईको भनाइ छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले दुईजनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनको लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी आएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘घटना किन घट्यो रु कसरी घट्यो रु कारण पत्ता लगाउन अनुसन्धान सुरु भएको छ ।’