काठमाडौँ, असोज ९ । लगातार वर्षासँगै काठमाडौँ उपत्यकाका नदीको जलसतह बढ्न थालेपछि नदी किनारमा उच्च सतर्कता अपनाइएको छ।
बागमती, विष्णुमती, मनोहरा, गोदावरीलगायत नदीको जलसतह बढेको छ। जलसतह बढेसँगै बागमती नदी किनारमा नेपाली सेना र नेपाल प्रहरी परिचालन हुन थालेका छन्।
प्रहरीले बागमती नदी किनारमा साइरन बजाउँदै तथा माइकिङ गरेर नदी आसपास नजान सर्वसाधारणलाई सूचित गरिरहेको छ। च्यासल, शङ्खमूल तथा बागमती दोभान क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीले माइकिङमार्फत आग्रह गरिरहेको छ।
त्यस्तै, नेपाली सेनाले नदी किनारमा रहेको करिडोर क्षेत्रमा निरन्तर सवारी गस्ती गरिरहेको छ।
लगातार वर्षाका कारण नदीको जलसतह थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायले नदी किनारका क्षेत्रमा निगरानी बढाएका छन्।












प्रतिक्रिया दिनुहोस्