जनता टाइम्स

९ आश्विन २०८३, शुक्रबार १३:३४

काठमाडौँ उपत्यकावासीलाई नदी आसपास नजान आग्रह


काठमाडौँ, असोज ९ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीमा पानीको सतह बढेपछि नदी आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले माइकिङ गर्दै नदी किनारमा नजान तथा नदी आसपास सवारीसाधन पार्किङ नगर्न सर्वसाधारणलाई आग्रह गरिरहेका छन्।

महानगरपालिकाले नदी किनारका क्षेत्रमा निरन्तर निगरानी गरिरहेको छ। जोखिमयुक्त स्थानमा राखिएका सवारीसाधनसमेत हटाइएको महानगरपालिकाले जनाएको छ।

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ भने विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। भारी वर्षाका कारण मुख्य राजमार्गसमेत अवरुद्ध भएका छन्।