काभ्रे, असोज ९। निरन्तर भइरहेको वर्षाका कारण पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ।
रोशी गाउँपालिका–७ स्थित चारसयवेशी र रोशी गाउँपालिका–८ स्थित गिम्दीवेशी क्षेत्रमा सडक माथिबाट पहिरो खसेपछि बीपी राजमार्गको उक्त सडकखण्डमा दुईतर्फी यातायात अवरुद्ध भएको हो।
निरन्तर वर्षाका कारण थप पहिरो खस्न सक्ने तथा सडकको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधन चालको सुरक्षाका लागि यातायात सञ्चालनमा राेक लगाइएकाे छ ।
सम्बन्धित निकायले बीपी राजमार्ग भएर यात्रा गर्ने महानुभावहरूलाई सडकको पछिल्लो अवस्था र आवागमनको स्थितिबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्