जनता टाइम्स

४ असार २०८२, बुधबार १९:३४

गम्भीर छलफलमा जुटे कांग्रेस–एमालेका शीर्ष नेता, मन्त्रीको कार्यक्षमता मुल्यांकनदेखि यस्ता छन् खास एजेण्डा


काठमाडौं, असार ४ । सत्ता साझेदार प्रमुख दलको शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरुभएको बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।

बैठकमा सरकार सञ्चालनमा प्रभावकारिता, मन्त्रीहरुको कार्यक्षमताको मुल्यांकणसहित बजेट कार्यान्वयन र सहकार्यको संस्कृतिको बिषयमा छलफल हुने दुवै दलका नेताहरुले बताएका छन ।
बैठकमा एमाले उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल र कांग्रेसबाट उपसभापति पुर्णबहादुर खडका, महामन्त्री गगन थापा, गृह मन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र उर्जामन्त्री दिपक खडका सहभागी हुनुहुन्छ ।