उनीहरूका लागि म केवल ‘..माल..’ थिएँ
एजेन्सी । ‘तिमी कहाँ उभिएका छौं थाहा छ ? यहाँ शरीरको ब्यापार हुन्छ ।’
म, अर्थात एउटा पुरुष, निलो–गुलाबी बल्बहरू बलिरहेकोे एउटा कोठामा आफूलाई बेच्न उभिएको थिएँ ।मैले जवाफ दिएँ, ‘हो, म देखिरहेको छु । म पैसाको लागि जे पनि गर्न तयार छु ।’
मेरो सामुन्ने अधबैंसे महिला…होइन उनी ट्रान्सजेन्डर थिइन् । जब मैले उसलाई पहिलो पटक देखे, मलाई डर लागेको थियो, उनी को होलीन ? उनले मलाई भनिन्, ‘धेरै एटिट्युड देखाउदैछस्स यहाँ तेरो केही चल्दैन ।’
दिनको ९–१० घण्टा एउटा आइटी कम्पनीमा काम गर्ने म त्यतिबेला डराइरहेको थिएँ । मेरो अन्तस्करण मरेकोजस्तो लाग्यो । म यस्तो परिवारबाट आएको हुँ जहाँ कसैले कल्पना गर्न सक्दैन कि म यस्तो काम पनि गर्न सक्छु भनेर । तर मेरो आवश्यकताले मलाई त्यर्ता हुत्यायोे ।
मैले सोधेँ, ‘मैले यहाँ कहिलेसम्म बस्नु पर्छ, भोली मेरो अफिस जानु पर्छ ।’
एउटा नयाँ माल …एउटा नयाँ छैला
‘जा अफिसै जा । यहाँ के गर्दैछस् त ।’ यो जवाफ पाएपछि म मौन भएँ । केही मिनेटमै यो बजारको म उउटा नयाँ माल . . .एक झिल्के भएँ ।
तीे ट्रान्सजेन्डरले एक्कासी नरम स्वरमा भनिन्, “तिम्रो तस्विर पठाउनुपर्छ, नपठाए कसैले कुरा पनि गर्दैनन् ।’
यो सुनेर मेरो हालत खराव भयो । मेरो तस्बिर सार्वजनिक हुन लागेको थियो । कुनै आफन्तले देख्यो भने मेरो भविष्य के होला भनेर सोचिरहेको थिएँ ।
मेरो तस्बिर पहिले दायाँ तर्फबाट, त्यसपछि बायाँ तर्फ र त्यसपछि अगाडिबाट खिचियोे । यसबाहेक दुईवटा आकर्षक तस्विर पनि मागियो ।
ती तस्बिरहरू मेरो अगाडिनै कुनै ह्वाट्सएपमा कसैलाई पठाइएको थियो । तस्बिरसँगै लेखिएको थियो, ‘नयाँ माल आएको छ, दर बढी हुनेछ । यदि कम पैसाको चाहिए, म अरू कसैलाई पठाउँछु ।’ मेरोे मूल्य तोकिदै थियो, जुन अन्तिममा पाँच हजार रुपैयाँमा तय भयो ।
यसमा मैले ग्राहकलाई खुसी पार्न सबैथोक गर्नुपर्ने थियो । यो सबै कुनै फिल्ममा होइन् मसँग भइरहेको थियो वास्तविकतामा । धेरै अनौठो थियो । म मेरो जीवनमा पहिलो पटक यो काम गर्न जाँदै थिएँ । बिना भावना, बिना प्रेम कसरी गर्थे ? कुनै अपरिचित व्यक्तिसँग मैले यो काम गर्नु पर्नेछ भनेर मेरो दिमाग घुािरहेको थियो ।
पहेँलो ट्याक्सीमा बसेर म त्यही दिन कोलकाताको पस इलाकाको एउटा घरमा प्रवेश गरेँ । घर भित्र एउटा ठूलो फ्रिज थियो, जसमा रक्सीका बोतलहरू भरिएका थिए । घरमा ठूलो टिभी पनि थियो ।
उनी सायद ३२–३४ वर्षकी विवाहित महिला थिइन् । कुराकानी सुरु भयो र उनले भनिन्, ‘म गलत ठाउँमा फसेँ । मेरो श्रीमान् समलैंगिक हुन् । अमेरिकामा बस्छन् । सम्बन्धविच्छेद गर्न पनि सक्दिन । एक विवाहित महिलासँग कसले बिहे गर्छ ? मेरो पनि बिभिन्न कुरामा मन मन जान्छ, भन त के गरौँ ।’
बाध्यता वा सोख
हामी दुबैले रक्सी पियौं, उनी हिन्दी गीत बजाएर नाच्न थालिन् । हामी दुवै डाइनिङ हलबाट बेड रुममा गयौं ।
यतिबेलासम्म उसले मसँग मायालु पाराले बोलेकी थिइन् । काम सकिए लगत्तै उसले पैसा दिइन् र भनिन्, ‘जा, निस्की हाल । यहाँबाट गइहाल । उसले मलाई टिप्स पनि दिइन् । मैले उनलाई भनेँ, ‘पैसाको बाध्यताले यो सब गरिरहेको छु ।’
उनले भनिन्, ‘म तिम्रो वाध्यतालाई तिम्रो सोख बनाइदिन्छु ।’
कोलकाताबाट सयौं किलोमिटर टाढा मेरो घरबाट मेरो वाध्यता सुरु भएको थियो । मेरो निम्न मध्यम वर्गीय परिवारले मलाई अभागी ठानेर हेला गर्थे किनभने मेरो जन्मेपछि मेरो बुबाले जागिर गुमाउनु भएको थियो । समयसँगै यी दुरीहरू बढ्दै गए । मेरो सपना एमविए गर्ने थियो तर इन्जिनियरिङ गर्न बाध्य पारियो र कोलकातामा जागिर पाइयो ।
अफिसमा सबैले बंगाली बोल्थे । भाषा र कार्यालयको राजनीतिले गर्दा म चिन्तित हुन थालेँ । गुनासो पनि गरँे । तर केही सुनुवाई भएन । बाथरुम गएर रोएमा भित्रिएको र बाहिरिएको समय टिपेर ‘उ सिटमै बस्दैन’ भनेर कुरा लगाइ दिन्थे ।
मेरो आत्मविश्वास डगमगाउन लाग्यो । विस्तारै विस्तारै डिप्रेशनको शिकार भएँ । डाक्टरलाई पनि देखाएँ । तर, चिन्ता सकिएन । जिम्मेवारी र चिन्ताको भारीले मलाई यति सताउन थाल्यो कि म इन्टरनेटमा सर्च गर्न सुरु गरेँ । मलाई पैसा कमाउनु थियो, एमविए गर्नका लागि । घरमा के खर्च पठाउँ कतिबेला यो कोलकत्ताको नोकरी छाडेर हिडौ झै लाग्थ्यो ।
यस्तैमा मैले इन्टरनेटमा मेल एस्कर्ट अर्थात् जिगोलो बन्ने बाटो देखेँ । यस्तो कुरा मैले फिल्ममा देखेको थिएँ । त्यहाँ केहि वेबसाइटहरू हुन्छन् जहाँ जिगोलो बन्ने प्रोफाइल खोल्न सकिन्छ । तर यो कार्य कुनै नोकरी पाउने प्रोफाइल थिएन ।
यहाँ शरीरको लिलामी हुन्थ्योे
प्रोफाइल लेख्न डर लागिरहेको थियोे । तर म त्यस्तो संघारमा उभिरहेको थिएँ, जहाँ मसँग दुईवटा मात्र बिकल्प बाँकी थिए ।
१) संघारबाट पछि हटेर आत्महत्या गरुँ ।
२) संघार पार गरेर जिगोलो बनुँ ।
मैले संघार पार गर्ने निर्णय गरे ं।
मैले भेटेका महिलाहरूमा विवाहित, सम्बन्धविच्छेद गरेका, विधवा र केही अविवाहित केटीहरू पनि थिए । यी मध्ये धेरैको लागि म एक मानव होइन, माल थिएँ । जबसम्म उनीहरुको पूरा हुदैनथ्यो, सबैले राम्रै बोल्थे । भन्थे ‘श्रीमानसँग सम्बन्ध विच्छेद गरेर तिमीसँगै बस्छु ।’ तर केही समय सुत्ने कोठामा बिताएपछि सबै माया समाप्त हुन्थ्यो ।
समयसंगै अघिका माया सबै समाप्त हुन्थे र सुन्न पर्दथ्यो . . .
– ‘यहाँ बाहिर गइहाल ।’
– ’पैसा लिएर बाटो तताइ हाल’
र कहिले काहीँ गाली पनि…
यो समाज हामीबाट मज्जा पनि लिन्छ र हामीलाई नै वेश्या भनेर गाली पनि गर्छ ।
एकपटक पतिपत्नीले सँगै बसेको बेला बोलाए । पति सोफामा बसेर रक्सी खाइरहेको बेला मलाई हेरिरह्यो । म उसको अगाडि पलङमा उनकै पत्नीसँग थिएँ । दुवैको सहमतिमा यो काम भइरहेको थियो । सायद दुबैको चाहना थियो होला !
यसैबीच ५० वर्षभन्दा माथिकी महिला पनि मेरो ग्राहक भइन् । त्यो मेरो जीवनको सबैभन्दा फरक अनुभव थियो । रातभर उसले मसँग छोरा छोरी भनेर कुरा गरिरहेकी थिई । आफ्नो छोरा र परिवारले कसरी आफ्नो हेरचाह गर्दैनन् भनेर उनले सुनाइन् । उनीहरू उनीबाट टाढै बस्छन् । उनले मलाई पनि भनिन्, ‘छोरा, यो पेसाबाट छिट्टै बाहिर निस्क, यो काम ठीक होइन ।’
त्यो रात हामी बिच कुराहरु बाहेक केही भएन । बिहान उसले मलाई आफ्नो छोरा भन्दै निश्चित रकम पनि दिइन् । जसरी आमाले आफ्नो सन्तानलाई बिहान स्कुल पठाउछिन् । मलाई ती महिलाको हालत देखेर साँच्चै दुःख लाग्यो ।
त्यसपछि एक दिन जब म रक्सी पिउँदै थिएँ र जीवनबाट थकित महसुस गर्दै थिएँ, मैले मेरी आमालाई फोन गरें । उसले रिसाउँदै भनिन्, ‘एक्कासी यति धेरै पैसा कसरी पठाउन थालिस् ।’ मैले भनेँ ‘आमा, म धंन्दा गर्छु… धन्दा ।’
उनले भनिन्, ‘चुप लाग, रक्सी खाएर जे पायो त्यै नबोल ।’
यति भन्दै आमाले फोन काटिदिइन् ।
मैले आमालाई मेरो सत्यता बताएँ तर उहाँल पत्याउनु भएन बेवास्ता गर्नुभयो । मैले पठाएको पैसा समयमै घर पुग्यो हैन ? … त्यो रात म धेरै रोएँ । के मेरो मूल्य भनेकोे पैसामै सिमित मात्र हो ? त्यसपछि मैले मेरी आमासँग फेरि कहिल्यै कुरा गरिनँ ।
यसबाट पैसा कमाइने भएकाले म यो व्यवसायमा लागिरहेँ । बजारमा मेरो माग थियो । जबसम्म कोलकातामा बस्नु पर्छ र एमबीएमा भर्ना हुँदिन, तबसम्म यो काम गरिरहनेछु भन्ने लाग्यो ।
तर कहिलेकाहीँ यो व्यवसायमा अनौठा खालका मानिसहरू भेटिन्छन् । शरिरभरी कोतरी दिन्छन् ।
यी कोतरीएका दागहरू शरीर र मेरो आत्मामा पनि थिए । एउटा जिगोलोको पीडा अर्को जिगोलोले मात्र बुझ्न सक्थ्यो । समाजले जसरी हेरोस् मतलब भएन । मलाई यो पेशामा लागेकामा पश्च्याताप छैन ।
आज त्यही कमाईबाट मैले एमविए गरेको छु र त्यही एमविएको आधारमा म कोलकाता भन्दा टाढाको नयाँ सहरमा राम्रो काम गरिरहेको छु । खुसी छु नयाँ साथीहरू बनेका छन्, जसलाई मेरो विगतको बारेमा केही थाहा छैन । सायद म यी कुराहरू कसैलाई कहिल्यै भन्न सक्दिनँ ।
हामी बाहिर जान्छौं, फिल्म हेर्छौं । रानी मुखर्जीको फिल्म ‘लगा चुनरी मे दाग’ मेरो मनपर्ने फिल्म हो । सायद म आफूलाई त्यो फिल्मको कथासँग रिलेटेड पाउँछु । हो, विगतको बारेमा सोच्दा, कहिलेकाहीँ बिझ्छ । यो मेरो मृत्यु पछि पनि कहिल्यै परिवर्तन नहुने अध्याय हो ।
प्रतिक्रिया दिनुहोस्