काठमाडौं, साउन २६ । जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ।सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई चरमपन्थीको पनि मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गर्नूभएको छ ।मुकेश सिंहले आफ्नो बयानमा दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्प रहेको बताए । घटनास्थलमा थप सुरक्षा बल पठाइएको छ र खोजी अभियान जारी छ।
प्रतिक्रिया दिनुहोस्