काठमाडौं, ८ भदौ । प्रेस चौतारी नेपालले बोर्डकास्टिङ एशोसियसन अफ नेपाल (बान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । आज प्रेस चौतारी नेपालको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा टिका तथा खाँदा लगाइदिएर उहाँहरूलाई बधाई तथा शुभकामना दिइएको हो ।
चौतारीका केन्द्रिय सचिव हरिवल्लभ नेपालले सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष राजेश राईले टिका तथा अध्यक्ष गणेश बस्नेतले खाँदा पहिर्याइ दिनुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदैं चौतारी अध्यक्ष बस्नेतले बानमा कुनै पनि पार्टीको गतिविधि नल्याउन आग्रह गर्नुभयो । बानले पेशागत हितका साथै प्रशारण जगतमा वाहवाही कमाउने खालका काम गर्नेछ भन्ने आफू विश्वस्त रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्