काठमाडौँ, २४ असार । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दिएको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गर्नुभएको छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे सांसद गौतमले दिएको अभिव्यक्ति निन्दनीय र भत्सनायोग्य रहेको टिप्पणी गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्रीको भ्रमण दलमा रहेका २८ जना नै स्वदेश फर्किसकेको कार्यालयले नै पुष्टि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्ने गरी आएको अभिव्यक्ति निन्दनीय रहेको बताउनुभयो । उहाँले रास्वपा सांसदहरुलक्षित आफ्नै दलका नेताहरू जेलमा रहेको तथा मेनपावरमार्फत ठगी गरिरहेको आरोपसमेत लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्