एजेन्सी, २३ भदौ । कामसूत्रको नाम लिने बित्तिकै दिमागमा आउने पहिलो शब्द ‘सेक्स’ हो । तर यो पुस्तकलाई सेक्सको सन्दर्भमा मात्र लिनु ठीक होइन ।
यसले स्वस्थ र सही तरिकाले जीवन जिउने बारे पनि सिकाउँछ। सायद संसारमा सबैभन्दा बढी चर्चा हुने पुस्तकहरू मध्ये एक भए पनि यसको खुलेर चर्चा कमै हुन्छ। कामसूत्रमा के–के जानकारी दिइएको छ, आउनुहोस् हामी चर्चा गरौं ः –
१) काम भनेको इच्छा हो भने सूत्र भन्नाले जीवनका सबै पक्षहरू एकसाथ जोडिएको हुन्छ। यसको रचना १५०० देखि २००० वर्ष पुरानो हो, तर अझै पनि यसको उपयोगिता कम भएको छैन ।
२) कामसूत्रमा सात भागहरू छन् र यसलाई ३६ अध्यायहरूमा विभाजित गरिएको छ। यसमा कुल १२५० श्लोक छन् । एउटा भागमा सेक्सका ६४ पोजिसनहरू बताइएका छन् ।
३) कामसूत्रको भाग १ ले जीवनको लक्ष्यको बारेमा कुरा गर्छ । यसले जीवनको प्राथमिकता र ज्ञानको बारेमा कुरा गर्छ। कसरी सुखी र समृद्ध बन्ने, यी सबै कुराहरुसंगै प्रेमको दुनियाँमा कसरी प्रवेश गर्ने भन्ने बारे बताईएको छ ।
४) दोस्रो भागले मानिसको इच्छाहरू वर्णन गर्दछ । यसले यौनसम्पर्कका आयामहरू जस्तै अंगालो मार्ने, चुम्बन गर्ने, नङको प्रयोग, दाँतको प्रयोग, सम्भोग अवधि, मुखमैथुन, सम्भोग आदिको वर्णन गर्दछ। ६४ पोजिसनहरू मार्फत यी इच्छाहरू कसरी पूरा गर्न सकिन्छ भन्ने सिकाउँछ। जसका लागि कामसूत्र प्रसिद्ध छ, ती कुराहरू यस भागमा छन्।
५) भाग ४ मा, पुरुषहरूलाई विवाह र यसका प्रकारहरू बारे व्याख्या गरिएको छ। यसका साथै असल कन्याको पहिचान र कन्याको सहज अवस्था कसरी चिन्ने भन्ने पनि बताइएको छ । यस भागमा स्नातक जीवनयापन गर्ने तरिकाहरू पनि छलफल गरिएको छ।
६) अर्को भागमा पत्नीले कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानकारी दिइएको छ। यसबाहेक, बहुविवाहको अवस्थामा विभिन्न पत्नीहरूले कस्तो व्यवहार गर्नुपर्छ, यी सबै कुराहरू यस खण्डमा चर्चा गरिएको छ ।
७) भाग ५ पुरुष र महिला बीचको अन्तरक्रियाको बारेमा कुरा गर्दछ । महिला र पुरुषले एकअर्कालाई कसरी चिन्ने, एकअर्काको भावनालाई कसरी मूल्याङ्कन गर्ने, महिलाको व्यवहारको बारेमा पनि यस भागमा चर्चा गरिएको छ ।
८) भाग ६ मा महिलाहरूको लागि जानकारी मुलक सामाग्री दिइएको छ। यसमा महिलाले प्रेमी छनोट गर्दा कुन– कुरामा ध्यान दिनुपर्छ भनिएको छ । राम्रो प्रेमी कसरी छनौट गर्ने पूर्व प्रेमीसँग कसरी व्यवहार गर्ने, कसरी मित्रता रिचार्ज गर्ने, आदि यस खण्डमा विस्तृत रूपमा चर्चा गरिएको छ।
९) अन्तिम भागमा, शारीरिक आकर्षण कसरी बढाउने र यौन क्षमताको कमीलाई कसरी हटाउने जस्ता कुराहरू चर्चा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्