सुर्खेत, १५ मंसिर । जाजरकोटमा मोटर साइकल ठक्करले एक जना महिलाको ज्यान गएको छ । भेरी नगरपालिका ४ की ६१ वर्षीया विजया शाहीको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । भेरी नगरपालिका ३ तल्लो थाप्लेमा पैदल हिँडिरहेकी शाहीलाई प ३–०२००१ प ७८८६ नम्बरको मोटर साइकलले ठक्कर दिएको थियो । उहाँ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो ।
उहाँलाई उपचारका लागि नेपालगन्ज लैजाँदैगर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताउनुभयो । आज बिहान सदरमुकामस्थित तल्लो थाप्लेमा पैदल यात्रा गरिरहेकी शाहीलाई विपरीत दिशाबाट आउँदैगरेको मोटरसाइकलले ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।
भेरी नगरपालिका ३ का २७ वर्षीय विनोद विकले चलाएको मोटरसाइकलले शाहीलाई ठक्कर दिएको थियो । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको प्रहरी प्रमुख निरौलाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्