जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार १०:५७

चुनावले फेरिदियो जस्को परिचय


काठमाडौं, मंसिर १९ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको नतिजा आइसकेको छ । यसपटकको चुनावमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आउँदा केही जनप्रतिनिधिको परिचय भने निकै कलंकित रुपमा फेरिएको छ ।

मुलुकभरको १६५ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र र तीन जिल्लाका निर्वाचित प्रतिनिधि जनताको मतबाट नभई गुण्डागर्दीबाट बुथ लुटेर जितेका गुण्डानाइकेका रुपमा आफ्नो परिचय बदल्नु भएको हो ।

यसअघिसम्म राजनीतिमा निकै सम्मानित रुपमा नाम लिइने नेपाली कांग्रेसका नेताद्वय धनराज गुरुङ र बद्रि पाण्डे तथा त्यागी र इमान्दारका रुपमा आफूलाई परिचित गराउनु भएका नेकपा माओवादी केन्द्रका नेता गंगाबहादुर कार्की बिश्वको परिचयबुथ कब्जा गरी चुनाव जितेर गुण्डा नाइकेका रुपमा फेरिएको हो । प्रतिनिधिसमा सदस्यमा निर्वाचित तिनै जना सांसदले जनताको मत लुटेर जीत निकाल्नु भएको तथ्य मतगणनाकै क्रममा प्रष्ट भएको छ ।

जनताको मतबाट होइन, बुथ कब्जाबाट जितेको प्रमाणित भएपछि उहाँहरुको परिचय फेरिएको छ । स्यांजा २ को चापाकोटमा धनराजले बुथ कब्जा गरेर पितृको नाममा भोट हालेर जित्नुभयो । बाजुरामा मान्छे मारेर बुथ लुटेर कांग्रेसकै बद्रिले जित्नुभयो भने दोलखाको ११ वटा बुथ लुटेर गंगाले जित्नुभयो ।

कार्कीले ७ हजारभन्दा बढी मत बुथ कब्जा गरी खसालेर जम्मा ३१७ मतले जित्नुभएको छ । धनराज र बद्रीलेपनि बुथ कब्जाकै मतले जित्नुभएको हो ।

सांसद बनेपनि उहाँहरुले जीवनभरको आदर्श र त्यागलाई दाहसंस्कार गर्दै आफूलाई गुण्डा नाइकेका रुपमा कलंकित गर्नुभएको छ । अन्य १६२ निर्वाचन क्षेत्रका जनप्रतिनिधिभन्दा फरक परिचय बोक्नुभएका यी तीन सांसद जनताका नजरमा भने सदाका लागि गिर्नुपरेको छ ।