काठमाडौं, १२ पुस । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन् । भण्डारीले यसअघि पनि जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरेका थिए ।
नवनियुक्त प्रवक्ता भण्डारीले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
यसअघि सहायक रथी भण्डारी झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत हुनुहुन्थ्यो । तत्कालीन प्रवक्तामा सहायक रथी नारायण सिलवाल मुख्यालयकै अर्को विभागमा सरुवा हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्