जनता टाइम्स

१ माघ २०७९, आईतवार १४:२१

दुर्घटनाग्रस्त बिमानमा सवार थिए पोखराका चर्चित पत्रकार त्रिभुवन पौडेल


काठमाडौं, माघ १ । पोखरामा अवतरण गर्नै लागेको बेला दुर्घटनामा परेको यति एअरलाइन्सको बिमानमा युवा पत्रकार पनि सवार रहेको पाइएको छ ।

प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पोखराका तिख्खर पत्रकार त्रिभुवन पौडेल सोही बिमानमा सवार रहेको पाइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई भेटन शनिवार मात्रै काठमाडौं आउनु भएका पत्रकार पौडेल आज भेटने समय केही ढिला भएपछि अर्काै पटक आउने भन्दै टिकट सारेर पोखरा फर्किनु भएको थियो ।

पोखराका लागि अपरान्ह १२. २० को टिकट लिनुभएका पौडेलले टिकट सारेर सो बिमानमा यात्रा गर्नुभएको पाइएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको अवस्थाबारे अहिलेसम्म आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।

पत्रकार पौडेल सो बिमानमा रहेको सूचना बाहिर आएपछि मुलुकभरका सञ्चारकर्मी दुर्घटनालाई जितेर आउन सुभकामना दिइरहेका छन ।